नीति, कार्यक्रममा महाकाली कोरिडोर समावेश गर्न माग « Khabarhub

नीति, कार्यक्रममा महाकाली कोरिडोर समावेश गर्न माग


२४ बैशाख २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– भारत र चीनलाई जोड्ने महाकाली कोरिडोरलाई आगामी वर्षको नीति तथा कार्यक्रममा समावेश गर्न सांसदहरुले माग गरेका छन् ।

 नीति तथा कार्यक्रममाथिको जारी छलफलमा सांसद दिलेन्द्रप्रसाद बडूले गौरवको योजनामा महाकाली कोरिडोर छुटेको, यसले भारत र चीनलाई पनि जोड्ने भएकाले यसलाई नीति तथा कार्यक्रममा राखिनुपर्ने बताए। यो योजनालाई राष्ट्रिय गौरवको योजनामा समावेश गर्न पनि उनले माग गरे। 
   
चालु आर्थिक वर्षको नीति तथा कार्यक्रममा फजुल खर्च रोक्ने भनी राखिएकामा विगत वर्षमा पनि राखिएका यही कार्यक्रममा कति प्रगति भयो भन्ने समीक्षा गर्नुपर्ने सांसद बडूले बताए। प्रसारण लाइनमा निजी क्षेत्रलाई समावेश गराउने र प्रसारण लाइनको दूरी छोट्याउने नीति पनि बनाउन उनले सुझाव दिए।
 
सांसद रेखा यादवले युवा रोजगार कार्यक्रम विगतदेखि नै आए पनि कार्यान्वयन हुन नसक्दा युवा विदेशिनु परेको, महिला घरेलु श्रमिकको अवस्थाका बारेमा नीति तथा कार्यक्रम नबोलेको बताइन्।

सांसद लालप्रसाद साँवा लिम्बूले तीन हजार २०० मेगावाट विद्युत् उत्पादन हुनसक्ने भएकाले निजी क्षेत्रलाई सहभागी गराउने नीति राम्रो भएको बताए। वैदेशिक रोजगारमा जाने युवालाई सस्तो, सहज र सुलभरुपमा पठाउनुपर्ने उनले बताए। मलेसिया पठाउने बिचौलिया लागिपरेकाले त्यसलाई रोक्नुपर्नेमा पनि उनले जोड दिए । 

 सांसद गङ्गा कार्कीले आर्थिक द्रुतगतिको कारक बनेको भ्रष्टाचार न्यूनीकरण गर्ने गरी नीति तथा कार्यक्रममा व्यवस्था गरिनुपर्ने बताइन्। तीन सयभन्दा धेरै सहकारी ठगीमा कति जनालाई कारबाही भयो भनी सरकारले समीक्षा गर्नुपर्ने उनको विचार थियो ।

सांसद रामकृष्ण यादवले वर्तमान सरकार गठनका बेला नेपाली कांग्रेस र नेकपा (एमाले) बीच भएको सहमतिका सात बुँदा पनि नीति तथा कार्यक्रममा आउनुपर्ने बताए। खेतबारीमा बाँदर, हात्तीलगायत जंगली जनावरले दुःख दिइरहेकाले त्यसबाट किसानलाई मुक्ति दिने कार्यक्रम आउनुपर्नेमा उनले जोड दिए ।

 हुलाकी राजमार्ग बजेट अभावले पूरा हुन नसकेकाले यसतर्फ ध्यान दिन पनि उनले अनुरोध गर्नुभयो । सोह्र वर्षदेखि सडक नबन्दा अस्तव्यस्त भएर नागरिकले दुःख पाएको उनले बताए। नीति र कार्यक्रममा उल्लेख भएका विषयलाई कार्यान्वयन गर्ने गरी कार्ययोजना बनाउन पनि उनले आग्रह गरे।

प्रकाशित मिति : २४ बैशाख २०८२, बुधबार  ५ : १४ बजे

फिल्मबाट राजनीतिमा होमिएका विजयको चमत्कार, पहिलो निर्वाचनमै तामिलनाडुमा बहुमततिर टीभीके

नयाँदिल्ली- दक्षिण भारतीय सुपरस्टार जोसेफ विजय चन्द्रशेखरले राजनीतिमा पनि चमत्कारिक

सुदूरपश्चिमलाई हराउँदै बागमतीलाई राष्ट्रिय बेसबलको उपाधि

काठमाडौँ – बागमती प्रदेशले दोस्रो राष्ट्रिय बेसबल फाइभ च्याम्पियनसिपको उपाधि

पश्चिम बंगालको प्रारम्भिक रुझानमा भाजपा बहुमततर्फ, पछ्याउँदै टीएमसी, भवानीपुरबाट ममताको अग्रता

कोलकाता- नेपालको पूर्वी सीमासँग जोडिएको भारतको पश्चिम बंगाल राज्यका २९३

पोखराका सुकुम्बासी त्रसित: वैकल्पिक व्यवस्था नभएसम्म बस्ती नछाड्ने अडान (फोटो फिचर)

पोखरा – काठमाडौँका सुकुम्बासी बस्तीमा डोजर चल्न थालेपछि पोखराका सुकुम्बासीहरू

कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै

ललितपुर – नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्दै