अधिकृत र व्यवसायीमाथि हातपात गर्ने वडाअध्यक्ष पक्राउ « Khabarhub

अधिकृत र व्यवसायीमाथि हातपात गर्ने वडाअध्यक्ष पक्राउ


२४ बैशाख २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


396
Shares
  • change font
  • change font
  • change font

पोखरा– महानगरपालिका वडा नम्बर ४ का वडाध्यक्ष देवकृष्ण पराजुली पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय कास्कीले व्यवसायीमाथि कुटपिट गरेपछि पक्राउ गरिएको डिएसपी हरिबहादुर बस्नेत जानकारी दिए । 

पराजुलीलाई प्रहरीले लामाचौरबाट पक्राउ गरेको हो । ‘व्यवसायी माथि कुटपिट गरेपछि नियन्त्रणमा लिएका हौँ । थप अनुसन्धान गर्दैछौं,’ सूचना अधिकारीसमेत रहेका डिएसपी बस्नेतले भने । पराजुलीले मंगलबार नै पोखराको सर्वेश्वर मार्गका लेखनाथ सुवेदीमाथि हातपात गरेका थिए । सुवेदीले प्रहरी कार्यालयमा उजुरीसमेत दिएका छन् ।

वडाध्यक्ष पराजुलीले मंगलबार पोखरा महानगरपालिकाका प्रशासन महाशाखाका सातौँ तहका अधिकृतमाथि प्रमुख प्रशासकीय अधिकृतकै सामुन्ने हातपात गरेका थिए । पराजुलीले अधिकृत ईश्वरीप्रसाद पोखरेलमाथि पनि हातपात गरेका हुन् ।  

यो पनि पढ्नुहोस् :


प्रकाशित मिति : २४ बैशाख २०८२, बुधबार  ६ : ०९ बजे

दोधारा-चाँदनी झोलुङ्गे पुल मर्मतका लागि एक करोड बजेट

कञ्चनपुर – सुदूरपश्चिम प्रदेश सरकारले कञ्चनपुरको भीमदत्त र दोधारा-चाँदनी जोड्ने

शक्तिशाली भूकम्पका परकम्पपछि पानामामा सङ्कटकाल घोषणा

काठमाडाैं – शक्तिशाली भूकम्पपछि लगातार आएका परकम्पले बस्ती हल्लाएसँगै पानामा

इरान र ओमानद्वारा क्षेत्रीय शान्ति र स्थिरताप्रति प्रतिबद्धता

तेहरान – इरानका राष्ट्रपति मसूद पेजेसिकयान र ओमानका सुल्तान हैथम

‘पुरानै ढर्राले अब पार्टी चल्दैन’ : ८१ वर्षे कांग्रेस प्रतिनिधि शोभाचन्द्र बराल

काठमाडौँ – नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा कास्की क्षेत्र नं. २