प्रदीप नेपालको निधनमा प्रतिनिधिसभाले पारित गर्‍यो शोक प्रस्ताव « Khabarhub

प्रदीप नेपालको निधनमा प्रतिनिधिसभाले पारित गर्‍यो शोक प्रस्ताव


२४ बैशाख २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


147
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रतिनिधिसभाले बामपन्थी नेता प्रदीप नेपालको निधनप्रति शोक प्रस्ताव पारित गरेको छ ।

बुधबार बसेको प्रतिनिधिसभा बैठकमा सभामुख देवराज घिमिरेले प्रस्तुत गरेको शोक प्रस्तावलाई सर्वसम्मतले पारित गरेको हो । 

बैठकले नेपालको निधनप्रति शोक व्यक्त गर्दै श्रद्धाञ्जली अर्पण गर्नुका साथै परिवारजनमा गहिरो समवेदना प्रकट गरेको छ । 

नेपालको ७१ वर्षको उमेरमा काठमाडौंको नर्भिक अस्पतालमा उपचारका क्रममा मंगलबार निधन भएको थियो । उनी पहिलो पटक २०५० सालमा एमालेका तर्फबाट राष्ट्रियसभामा निर्वाचित भएका थिए भने विक्रम संवत् २०५६ मा काठमाडौं जिल्ला क्षेत्र नं १ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए । 

प्रकाशित मिति : २४ बैशाख २०८२, बुधबार  ६ : १८ बजे

राष्ट्रिय सभा निर्वाचनमा कसले कति मत ल्याए ?

काठमाडौं- राष्ट्रियसभा सदस्य पदको रिक्त १८ पदका लागि आइतबार (माघ

जसपा नेपालको चुनावी प्रतिबद्धता पत्र सार्वजनिक (पूर्णपाठसहित)

काठमाडौं – जनता समाजवादी पार्टी, नेपालले आगामी निर्वाचनलाई लक्षित गर्दै

उज्यालो नेपालका १५ जना केन्द्रीय सदस्यले छाडे पार्टी

काठमाडौं – उज्यालो नेपाल पार्टी (उनेपा)मा आन्तरिक विवाद चुलिँदै जाँदा

पूर्वप्रधानमन्त्री हसिनाको सम्बोधनलाई लिएर बङ्गलादेशद्वारा भारतको आलोचना

काठमाडाैं – बङ्गलादेशले आइतबार भारतले पूर्वप्रधानमन्त्री शेख हसिनालाई नयाँ दिल्लीमा

बीबीसी ‘भ्वाइस अफ इन्डिया’ का संस्थापक मार्क टलीको निधन

नयाँ दिल्ली – ‘भ्वाइस अफ इन्डिया’ भनेर लाखौँले चिन्ने दक्षिण