बैतडीमा काफल टिप्दा रुखबाट खसेर एक किशोरीको मृत्यु  « Khabarhub

बैतडीमा काफल टिप्दा रुखबाट खसेर एक किशोरीको मृत्यु 


२४ बैशाख २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


138
Shares
  • change font
  • change font
  • change font

धनगढी – बैतडीमा काफल टिप्दा रुखबाट खसेर किशोरीको मृत्यु भएको छ । पुर्चौडी नगरपालिका-९ बथ्थोला तल्लादेहीकी १४ वर्षीय किशोरी सिमा भण्डारीको काफल टिप्ने क्रममा रुखबाट खसेर मृत्यु भएको स्थानीयले बताएका छन् ।

उनी बुधबार बिहान करिब साढे १० बजेतिर आमासँग स्थानीय जंगलमा काफल टिप्न गएकी थिइन् । उनको काफलको रुखबाट खसेर घटनास्थलमै मृत्यु भएको स्थानीय शिक्षक नरबहादुर भण्डारीले जानकारी दिए ।

 उनी खेति मावि तल्लादेहीमा कक्षा ८ मा अध्ययनरत थिइन् ।

प्रकाशित मिति : २४ बैशाख २०८२, बुधबार  ५ : ४३ बजे

‘फेक रेस्क्यू’को नक्कली कागजात बनाएर करोडौँ ठगी, ६ जना पक्राउ

काठमाडौं – नेपाल प्रहरीले ‘फेक रेस्क्यू’ गरी नक्कली कारोबार गर्ने

देउवाको निर्णय गगनले कार्यान्वयन गर्दा राष्ट्रिय सभामा पहिलो दल बन्यो कांग्रेस

काठमाडौं– राष्ट्रियसभाको रिक्त १९ मध्ये १८ सिटका लागि आइतबार आएको

उपचारका क्रममा किशोरीको मृत्यु भएपछि अवस्था तनावग्रस्त

बरहथवा– सर्लाहीको लालबन्दी नगरपालिकास्थित नवलपुरमा एक किशोरीको उपचारका क्रममा मृत्यु भएपछि

घरदैलोमा पुगिसके उम्मेदावर, अझै तयार भएनन् दलका घोषणापत्र

काठमाडौं- आगामी फागुन २१ का लागि तोकिएको निर्वाचन आउन अब