मानव विकासको गति सुस्त, ३५ वर्षयताकै न्यून प्रगति « Khabarhub

मानव विकासको गति सुस्त, ३५ वर्षयताकै न्यून प्रगति


२४ बैशाख २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

एजेन्सी – संयुक्त राष्ट्रसंघ विकास कार्यक्रम (यूएनडीपी)ले हालै सार्वजनिक गरेको प्रतिवेदनअनुसार, मानव विकासको प्रगति सन् १९९० यताकै सबैभन्दा सुस्त रहेको देखिएको छ।

संयुक्त राष्ट्र महासचिवका उपप्रवक्ता  फरहान हकज्यूले मंगलबार आयोजित नियमित पत्रकार सम्मेलनमा भने, ‘सन् २०२०–२०२१ को गम्भीर संकटपछि विश्वले अपेक्षाअनुसार द्रुत गतिमा सुधार गर्ने विश्वास गरिएको थियो, तर त्यो सम्भव हुन सकेन।’ उनले ‘विकल्पको कुरा : कृत्रिम बुद्धिमत्ताको युगमा मानिस र सम्भावना’ भन्ने शीर्षकको २०२५ को मानव विकास प्रतिवेदन उद्धृत गरे।

प्रतिवेदनमा सन् २०२४ को प्रक्षेपण अनुसार विश्वका सबै क्षेत्रहरूमा मानव विकास सूचकांकमा उल्लेखनीय सुधार नदेखिएको उल्लेख गरिएको छ। यदि यही अवस्था दीर्घकालीन रूपमा कायम रह्यो भने, संसार अझ असुरक्षित, विभाजित र आर्थिक तथा वातावरणीय संकटहरूप्रति झनै संवेदनशील बन्ने सम्भावना रहेको चेतावनी दिइएको छ।

स्वास्थ्य, शिक्षा र आयजस्ता सूचकहरूमार्फत गरिएको विश्लेषणले कम विकास सूचकांक भएका मुलुकहरू र उच्च सूचकांक भएका मुलुकहरूबीचको खाडल लगातार चौथो वर्ष पनि अझ फराकिलो बन्दै गएको देखाएको छ। विशेषतः न्यून सूचकांक भएका देशहरू व्यापारिक तनाव, ऋण संकट र प्रविधिमा आधारित बेरोजगार औद्योगिकीकरणका कारण थप समस्यामा परेका छन्।

यद्यपि, प्रतिवेदनमा गरिएको सर्वेक्षण अनुसार, धेरैजसो नागरिकहरू कृत्रिम बुद्धिमत्ताको प्रभावप्रति यथार्थवादी तर आशावादी दृष्टिकोण राख्ने देखिएका छन्। सर्वेक्षणमा सहभागी १० मध्ये ६ जनाले प्रविधिले रोजगार क्षेत्रमा सकारात्मक परिवर्तन ल्याउने र भविष्यमा नयाँ प्रकारका रोजगारी सिर्जना गर्ने विश्वास व्यक्त गरेका छन्।
 

प्रकाशित मिति : २४ बैशाख २०८२, बुधबार  ६ : १४ बजे

५ हजार ५ सय मत गणना हुँदा कसले कति मत ल्याए ? (सूचीसहित)

काठमाडाैं – नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत जारी मतगणनामा उपसभापतिमा चन्द्रकान्त

सुनका गरगहना चोरीमा संलग्न पाँच जना पक्राउ

काठमाडौं – भक्तपुरको मध्यपुरथिमि नगरपालिका-१ लोकन्थलीस्थित एउटा घरबाट सुनका गरगहना,

बूढीगण्डकी बाढी : पाँच जना सम्पर्कविहीन, ८२ जनाको उद्धार

काठमाडौं – गोरखाको बूढीगण्डकी नदीमा आएको आकस्मिक बाढीका कारण पाँच

दोधारा-चाँदनी झोलुङ्गे पुल मर्मतका लागि एक करोड बजेट

कञ्चनपुर – सुदूरपश्चिम प्रदेश सरकारले कञ्चनपुरको भीमदत्त र दोधारा-चाँदनी जोड्ने

शक्तिशाली भूकम्पका परकम्पपछि पानामामा सङ्कटकाल घोषणा

काठमाडाैं – शक्तिशाली भूकम्पपछि लगातार आएका परकम्पले बस्ती हल्लाएसँगै पानामा