‘सुशासन प्रवर्द्धन र अर्थतन्त्रको विकासका लागि नीति तथा कार्यक्रम सान्दर्भिक’ « Khabarhub

‘सुशासन प्रवर्द्धन र अर्थतन्त्रको विकासका लागि नीति तथा कार्यक्रम सान्दर्भिक’


२४ बैशाख २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


12
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सांसदहरुले सुशासन प्रवर्द्धन र अर्थतन्त्रको विकासका लागि नीति तथा कार्यक्रम सान्दर्भिक र समयसापेक्ष भएको बताएका छन् । 

राष्ट्रपति रामचन्द्र पौडेलले यही वैशाख १९ गते शुक्रबार सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकमा गरेको सम्बोधनमा उल्लिखित आगामी आर्थिक वर्ष  २०८२-८३ को सरकारको वार्षिक नीति तथा कार्यक्रममाथिको छलफलमा दलीय आधारमा भाग लिँदै सांसदहरुले राजनीतिक स्थायित्व र नीतिगत स्थिरताका लागि दलहरुबीच सहमतिका साथ अघि बढ्नुपर्नेमा जोड दिए।

नेकपा (एमाले) का सांसद एकनाथ ढकालले नीति तथा कार्यक्रमले सुशासन प्रवर्द्धन र अर्थतन्त्रको विकासलाई जोड दिएको बताए। 

उनले नीतिगत स्थायित्व, सुशासन, अर्थतन्त्रलाई अगाडि बढाउने, रोजगारीको अवसर सिर्जना गर्ने, उत्पादकत्व बढाउने, सामाजिक न्यायको प्रत्याभूति गर्दै मानवअधिकारको सम्मान तथा सङ्क्रमणकालीन न्यायको कामलाई तार्किक निष्कर्षमा पुर्‍याउने जस्ता विषय सकारात्मक रहेको बताए।

एमालेकै हेमराज राईले देशमा राजनीतिक स्थिरता कायम गर्दै सुस्त अवस्थामा रहेको मुलुकको आर्थिक गतिविधिलाई चलायमान बनाउनेखालका विषयवस्तु समेटिएको उल्लेख गरे। 

एमालेकै इश्वरी घर्तीले सरकारले आगामी आर्थिक वर्षका लागि पेस गरेको नीति तथा कार्यक्रम सटिक र कार्यान्वयनमुखी रहेको उल्लेख गरिन्। सरकारले नारा हैन सजिलै कार्यान्वयन गर्ने विषयलाई समेटेकाले गरिबी न्यूनीकरण, सामाजिक न्याय आदि विषयमा बजेटको पहुँच अभिवृद्धि गरिनुपर्नेमा जोड दिइन् ।
          
 नेपाली कांग्रेसका सांसद हृदयराम थानीले सरकारको वार्षिक नीति तथा कार्यक्रम समग्रमा राम्रो रहेको बताए। 
  
कांग्रेसकै कुसुनदेवी थापाले नीति तथा कार्यक्रममा निर्वाहमुखी कृषिलाई आधुनिकीकारण गरी व्यवसायमुखी बनाउन जरुरी भएको उल्लेख गरिन्। प्रधानमन्त्री कृषि आधुनिकीकारण परियोजनालाई निरन्तरता दिएर कृषि उत्पादन प्रवर्द्धनमा विशेष ध्यान दिनुपर्ने खाँचो औँल्याइन् । 

प्रकाशित मिति : २४ बैशाख २०८२, बुधबार  ६ : २१ बजे

राष्ट्रिय सभा निर्वाचनमा कसले कति मत ल्याए ?

काठमाडौं- राष्ट्रियसभा सदस्य पदको रिक्त १८ पदका लागि आइतबार (माघ

जसपा नेपालको चुनावी प्रतिबद्धता पत्र सार्वजनिक (पूर्णपाठसहित)

काठमाडौं – जनता समाजवादी पार्टी, नेपालले आगामी निर्वाचनलाई लक्षित गर्दै

उज्यालो नेपालका १५ जना केन्द्रीय सदस्यले छाडे पार्टी

काठमाडौं – उज्यालो नेपाल पार्टी (उनेपा)मा आन्तरिक विवाद चुलिँदै जाँदा

पूर्वप्रधानमन्त्री हसिनाको सम्बोधनलाई लिएर बङ्गलादेशद्वारा भारतको आलोचना

काठमाडाैं – बङ्गलादेशले आइतबार भारतले पूर्वप्रधानमन्त्री शेख हसिनालाई नयाँ दिल्लीमा

बीबीसी ‘भ्वाइस अफ इन्डिया’ का संस्थापक मार्क टलीको निधन

नयाँ दिल्ली – ‘भ्वाइस अफ इन्डिया’ भनेर लाखौँले चिन्ने दक्षिण