‘सुशासन प्रवर्द्धन र अर्थतन्त्रको विकासका लागि नीति तथा कार्यक्रम सान्दर्भिक’ « Khabarhub

‘सुशासन प्रवर्द्धन र अर्थतन्त्रको विकासका लागि नीति तथा कार्यक्रम सान्दर्भिक’


२४ बैशाख २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


12
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सांसदहरुले सुशासन प्रवर्द्धन र अर्थतन्त्रको विकासका लागि नीति तथा कार्यक्रम सान्दर्भिक र समयसापेक्ष भएको बताएका छन् । 

राष्ट्रपति रामचन्द्र पौडेलले यही वैशाख १९ गते शुक्रबार सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकमा गरेको सम्बोधनमा उल्लिखित आगामी आर्थिक वर्ष  २०८२-८३ को सरकारको वार्षिक नीति तथा कार्यक्रममाथिको छलफलमा दलीय आधारमा भाग लिँदै सांसदहरुले राजनीतिक स्थायित्व र नीतिगत स्थिरताका लागि दलहरुबीच सहमतिका साथ अघि बढ्नुपर्नेमा जोड दिए।

नेकपा (एमाले) का सांसद एकनाथ ढकालले नीति तथा कार्यक्रमले सुशासन प्रवर्द्धन र अर्थतन्त्रको विकासलाई जोड दिएको बताए। 

उनले नीतिगत स्थायित्व, सुशासन, अर्थतन्त्रलाई अगाडि बढाउने, रोजगारीको अवसर सिर्जना गर्ने, उत्पादकत्व बढाउने, सामाजिक न्यायको प्रत्याभूति गर्दै मानवअधिकारको सम्मान तथा सङ्क्रमणकालीन न्यायको कामलाई तार्किक निष्कर्षमा पुर्‍याउने जस्ता विषय सकारात्मक रहेको बताए।

एमालेकै हेमराज राईले देशमा राजनीतिक स्थिरता कायम गर्दै सुस्त अवस्थामा रहेको मुलुकको आर्थिक गतिविधिलाई चलायमान बनाउनेखालका विषयवस्तु समेटिएको उल्लेख गरे। 

एमालेकै इश्वरी घर्तीले सरकारले आगामी आर्थिक वर्षका लागि पेस गरेको नीति तथा कार्यक्रम सटिक र कार्यान्वयनमुखी रहेको उल्लेख गरिन्। सरकारले नारा हैन सजिलै कार्यान्वयन गर्ने विषयलाई समेटेकाले गरिबी न्यूनीकरण, सामाजिक न्याय आदि विषयमा बजेटको पहुँच अभिवृद्धि गरिनुपर्नेमा जोड दिइन् ।
          
 नेपाली कांग्रेसका सांसद हृदयराम थानीले सरकारको वार्षिक नीति तथा कार्यक्रम समग्रमा राम्रो रहेको बताए। 
  
कांग्रेसकै कुसुनदेवी थापाले नीति तथा कार्यक्रममा निर्वाहमुखी कृषिलाई आधुनिकीकारण गरी व्यवसायमुखी बनाउन जरुरी भएको उल्लेख गरिन्। प्रधानमन्त्री कृषि आधुनिकीकारण परियोजनालाई निरन्तरता दिएर कृषि उत्पादन प्रवर्द्धनमा विशेष ध्यान दिनुपर्ने खाँचो औँल्याइन् । 

प्रकाशित मिति : २४ बैशाख २०८२, बुधबार  ६ : २१ बजे

दोधारा-चाँदनी झोलुङ्गे पुल मर्मतका लागि एक करोड बजेट

कञ्चनपुर – सुदूरपश्चिम प्रदेश सरकारले कञ्चनपुरको भीमदत्त र दोधारा-चाँदनी जोड्ने

शक्तिशाली भूकम्पका परकम्पपछि पानामामा सङ्कटकाल घोषणा

काठमाडाैं – शक्तिशाली भूकम्पपछि लगातार आएका परकम्पले बस्ती हल्लाएसँगै पानामा

इरान र ओमानद्वारा क्षेत्रीय शान्ति र स्थिरताप्रति प्रतिबद्धता

तेहरान – इरानका राष्ट्रपति मसूद पेजेसिकयान र ओमानका सुल्तान हैथम

‘पुरानै ढर्राले अब पार्टी चल्दैन’ : ८१ वर्षे कांग्रेस प्रतिनिधि शोभाचन्द्र बराल

काठमाडौँ – नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा कास्की क्षेत्र नं. २