दाङबाट आएको गोलभेडामा विषादी भेटियो « Khabarhub

दाङबाट आएको गोलभेडामा विषादी भेटियो


२४ बैशाख २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


138
Shares
  • change font
  • change font
  • change font

सुर्खेत– कर्णालीकै ठूलो तरकारी बजार सुर्खेतस्थित बुलबुले कृषि थोक बजारमा भित्रिएको गोलभेडा र काँक्रामा खान नहुने विषादी भेटिएको छ। दाङदेखि आज बिहान सुर्खेतको वीरेन्द्रनगरस्थित बुलबुले कृषि थोक बजारमा भित्रिएको गोलभेडा र काँक्राको नमुना परीक्षण गर्दा खान नहुने विषादी भेटिएको हो । 

केन्द्रीय कृषि प्रयोगशाला अन्तर्गत वीरेन्द्रनगरस्थित बुलबुले कृषि थोक बजारमा रहेको द्रुत विषादी विश्लेषण प्रयोगशालाबाट परीक्षणपछि आएको रिपोर्टका आधारमा एक सय ७६ केजी गोलभेडा र ९० केजी काँक्रा नष्ट गरिएको वीरेन्द्रनगर नगरपालिकाका कृषि शाखा प्रमुख हेमराज केसीले बताए ।

‘प्रयोगशालाका रिपोर्ट अनुसार दाङबाट आएको गोलभेडा र सुर्खेतको झुप्राबाट ल्याइएको काँक्राको नमुना परीक्षण गर्दा विषादी रोकावट दरको ६१ प्रतिशत बढी भेटिएको छ,’ उनले भने, ‘प्रयोगशालाले उक्त गोलभेडा र काँक्रा उपभोग गर्दा स्वास्थ्यमा गम्भीर असर गर्ने विषादीको मात्रा पाइएको भन्दै तुरुन्त नष्ट गर्न बुलबुले कृषि थोक बजारमा रहेको समितिलाई आग्रह गरिएको छ ।’

बुलबुले कृषि थोक बजारमा दैनिक करिब ५० टन भन्दा बढी हरियो तरकारी भित्रिने गरेको छ । चालू आर्थिक वर्ष २०८१-८२ को कार्तिक १५ देखि वैशाख ८ गतेसम्म बुलबुले कृषि थोक बजारको द्रुत विषादी विश्लेषण एकाइमा एक हजार तीन सय ८५ वटा नमुना परीक्षण गरिएकोमा १७ वटामा विषादी रोकावटको दर ४६ प्रतिशतभन्दा माथि पाइएको छ ।

प्रकाशित मिति : २४ बैशाख २०८२, बुधबार  ६ : ४६ बजे

सोमबार दिउँसोसम्म विद्यार्थीले ताला नखोले प्रहरी लगाएर फुटाउने टियूको चेतावनी

काठमाडौँ – त्रिभुवन विश्वविद्यालयले विभिन्न विभागहरूमा विद्यार्थी संगठनले लगाएको ताला

सिड्नी सिक्सर्सलाई हराउँदै पर्थ स्कार्चर्सले जित्यो बीबीएलको उपाधि

काठमाडौं – बिग ब्यास लिग (बीबीएल) को फाइनल खेलमा पर्थ

खोलामा माछा मार्न जाल हान्ने क्रममा एकजना बेपत्ता

तनहुँ– तनहुँको म्याग्दे गाउँपालिका–४ सेतीखोलामा माछा मार्न जाल हान्ने क्रममा

अवैध रुपमा बालगृह चलाउने अमेरिकन र होटल चलाउने चिनियाँ पक्राउ

काठमाडौं- भिसाको उद्देश्य विपरीत नेपालमा बसी शंकास्पद क्रियाकलापमा संलग्न दुई

राष्ट्रिय सभा निर्वाचनमा कसले कति मत ल्याए ?

काठमाडौं- राष्ट्रियसभा सदस्य पदको रिक्त १८ पदका लागि आइतबार (माघ