स्वास्थ्य केन्द्र माग्दै शुक्लागण्डकीका मेयरको कार्यकक्षमा ताला  « Khabarhub

स्वास्थ्य केन्द्र माग्दै शुक्लागण्डकीका मेयरको कार्यकक्षमा ताला 


२४ बैशाख २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


75
Shares
  • change font
  • change font
  • change font

पोखरा– तनहुँको शुक्लागण्डकी नगरपालिका–१०, लोकदीटारका स्थानीयवासीले आफ्नै वडामा आधारभूत स्वास्थ्य केन्द्र स्थापना हुनुपर्ने माग गर्दै मेयर कृष्णराज पण्डितको कार्यकक्षमा ताला लगाएका छन् ।

मंगलबार पहिलो चरणमा नगरपालिकाको मुख्य प्रवेशद्वारमा ताला लगाइएको थियो । बुधबार दिउँसो २ बजेपछि उक्त ताला खोल्दै आन्दोलित स्थानीयले मेयरको कार्यकक्षमा ताला लगाएका हुन् ।

स्वास्थ्य मन्त्रालयमा आधारभूत स्वास्थ्य केन्द्रका लागि लोकदीटारवासीले निवेदन दिएका थिए। सो निवेदनमा वडा कार्यालय र नगरपालिकाले समेत सिफारिस गरेका थिए । मन्त्रालयबाट बजेट प्राप्त भए पनि निर्माण स्थलबारे सहमति नजुट्दा विवाद चुलिएको हो ।

हाल आधारभूत स्वास्थ्य केन्द्र वडा नं. १० को मुकाम छब्दीमा अवस्थित भाडाको भवनमा सञ्चालन भइरहेको छ। तर स्थानीयले प्राप्त बजेटले सो भवन नबनाईकन लोकदीटारमै नयाँ भवन निर्माण गरिनुपर्ने माग गर्दै आन्दोलन चर्काएका छन् ।

स्थानीय आन्दोलनरत रहे पनि मेयर कृष्णराज पण्डित वार्ताका लागि उपस्थित भएनन् । उपमेयर खुमबहादुर विक ‘राजु’, प्रमुख प्रशासकीय अधिकृत रामचन्द्र लामगादे र स्वास्थ्य शाखा प्रमुख ढालबहादुर थापा (डिबी) ले आन्दोलनकारीहरूसँग वार्ता गरे पनि कुनै निष्कर्षमा पुग्न सकेनन् ।

नगरपालिकाले एउटै वडाभित्र दुई वटा आधारभूत स्वास्थ्य केन्द्र निर्माण गर्न नीतिगत प्रतिबन्ध रहेको बताउँदै, विकल्पस्वरूप लोकदीटारमा शहरी स्वास्थ्य केन्द्र स्थापना गर्ने प्रतिबद्धता जनाएको थियो । तर, आन्दोलित स्थानीयहरूले सो प्रस्ताव अस्वीकार गर्दै मेयर स्वयंले जबाफदेही बन्नुपर्ने माग गरेका छन् ।

प्रकाशित मिति : २४ बैशाख २०८२, बुधबार  ७ : १७ बजे

भोटेकोशी बाढीः ट्रमा सेन्टरमा उपचाररत ३८ घाइते डिस्चार्ज, १२ जनाको उपचार जारी

काठमाडौँ – रसुवास्थित भोटेकोशी नदीमा यही भदौ १० गते आएको

न्युजिल्यान्डलाई नेपाल ‘ए’ले दियो २१२ रनको लक्ष्य

काठमाडौँ – अष्ट्रेलियामा जारी शृङ्खलाको अन्तिम एकदिवसीय खेलमा नेपाल ‘ए’

एसिसी प्रिमियर कप : साउदीले नेपाललाई दियो १९१ रनको चुनौती

काठमाडौँ – एसियन क्रिकेट काउन्सिल (एसिसी) प्रिमियर कप अन्तर्गत आइतबार

वैकल्पिक मार्गबाट काठमाडौँ आइपुग्यो ५८ हजारभन्दा बढी ग्यास सिलिन्डर

काठमाडौँ – पृथ्वी राजमार्गको कृष्णभिर खण्डमा सडक भासिएपछि नेपाल आयल

युट्युब हेरेर ड्रागन फ्रुट खेती: घरबाटै बिक्री, प्रतिकिलो ४ सयसम्म आम्दानी

कपिलवस्तु – सामाजिक सञ्जालमा कृषि प्रविधिसम्बन्धी सामग्री हेरेर सिकेको ज्ञानलाई