बाजुरामा दलीय सहकार्य र समृद्धिका लागि बुढीगंगाले विकास बहस गर्ने  | Khabarhub Khabarhub

बाजुरामा दलीय सहकार्य र समृद्धिका लागि बुढीगंगाले विकास बहस गर्ने 


२४ बैशाख २०८२, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


66
Shares
  • change font
  • change font
  • change font

धनगढी – दलहरुबीचको आपसी सहकार्य र समृद्धिको नारा दिएर बाजुराको बुढीगंगा नगरपालिकाले विकास बहस आयोजना गर्न लागेको छ । पालिकाको समृद्ध र विकासका लागि नयाँ अभ्यास स्वरूप विकास बहस गर्न लागेको हो । आगामी २७ गतेदेखि २९ गतेसम्म बुढीगंगा नगरपालिकाको केन्द्रमा कार्यक्रमको आयोजना गरिएको नगर प्रमुख रामबहादुर बानियाँले जानकारी दिए ।

सबै राजनीतिक दल र सरोकारवालाहरूलाई एकै ठाउँमा ल्याएर बुढिगंगाको विकास र समृद्धिको अघि बढाउन ‘समृद्धिको आधारका लागि बुढीगंगा विकास कचहरी’ आयोजना गर्न लागिएको हो ।

जिल्लाको विकास निर्माणका लागि जिल्लाको सबै राजनीतिक दल र जनप्रतिनिधि एक ठाउँमा ल्याउने कार्यक्रमको योजना रहेको छ ।

‘बाजुरामा समस्या मात्रै छैन समस्या भन्दा धेरै सम्भावना छ । बाजुरामा विभेद र विवाद मात्रै छैन त्यो भन्दा धेरै एकता र अपनत्व छ । बाजुरामा संकट मात्रै छैन त्यो भन्दा धेरै अवसरहरू छन् ’ नगर प्रमुख बानियाँले भने ‘हामीले सम्भावना, एकता अपनत्व र अवसर देखाउन कार्यक्रम आयोजना गर्न लागेका हौँ । ’

स्वास्थ्य, शिक्षा, कृषि, पर्यटन र सुरक्षित पूर्वाधारको सम्भावना तीन दिनको कार्यक्रमले प्रस्ट पार्ने उनले बताए । आगामी २० वर्षसम्मको स्वरूप तयारी गर्ने कार्यक्रम आयोजना गरिएको प्रमुख बानियाँको भनाइ छ ।

‘अबको २० वर्षमा बुढीगंगा नगरपालिका कस्तो बनाउने भन्ने मुख्य उद्देश्य र संकल्पसहित कार्यक्रम आयोजना गरिएको हो ’ उनले भने, ‘जिल्लामा यस्तो कार्यक्रम पहिलो र नयाँ हो । ’

बाजुराको विकासमा यहाँका राजनीतिक दलहरूको साझा सहमति र बुझाई लगायतका विषयमा बहस तथा संवाद कार्यक्रम हुने छ ।विकास कचहरी कार्यक्रममा बुद्धिजीवी, समाजसेवी, राजनीतिक दल, सरकारी तथा गैरसरकारी सङ्घसंस्थाका प्रतिनिधि, पत्रकार र विषयगत क्षेत्रका विज्ञद्वारा अवधारणा पत्र बनाएर सोही अवधारण पत्रका आधारमा संवाद छलफल र बहस गरिने छ ।

स्थानीय तहमा रहेको विकास सम्बन्धी समस्या, आवश्यकता र प्राथमिकतालाई पहिचान गरेर यथार्थमा आधारित समाधानहरू लगायत विषयमा छलफल बहस तथा संवाद गर्ने तयारी छ । सबै राजनीतिक दललाई विकास र समृद्धिको विषयमा एक ठाउँमा ल्याउन कार्यक्रमले ठुलो भूमिका खेल्ने अपेक्षा गरिएको छ ।

बहसमा प्रमुख राजनीतिकदलबाट संसद् र सरकारमा रहेका सहभागि नेता र बौद्धिक व्यक्तित्वको सहभागि रहने पालिका उपप्रमुख माया खड्काले जानकारी दिइन् । यो जिल्लाकै नयाँ अभ्यास हो । केहि फरक सन्देश र विकासमा दलीय सहकार्य गर्ने गरि गर्न लागिएको काम प्रति स्थानीयले सकारात्मक प्रतिक्रिया दिएका छन् ।

कार्यक्रममा पूर्व प्रदेश प्रमुख देवराज जोशी, पूर्व मन्त्री कर्णबहादुर थापा, पूर्व प्रतिनिधि सभा सदस्य लालबहादुर थापा, प्रदेश सभा सदस्य पदम शाही सहित दलका नेता, जनप्रतिनिधी सबै सहभागि हुनेछन् । तयारी भब्य गरिएको छ।

प्रकाशित मिति : २४ बैशाख २०८२, बुधबार  ७ : २८ बजे

फलामले लागेर क्रेन अपरेटरको मृत्यु

बारा– बाराको जीतपुर सिमरा उपमहानगरपालिका–९ स्थित नारायणी स्पार्क प्रालिमा गए

भारत–अमेरिका व्यापार वार्ता असफलताको अन्तर्य

काठमाडौं- पाँच चरणको व्यापार वार्तापछि भारतीय अधिकारीहरू अमेरिकासँग अनुकूल सम्झौता

हिरोसिमा र नागासाकी पुगेर जापानीले सम्झिए आणविक हतियारको पीडा

आजभन्दा ठिक ८० वर्षअघि। अगस्ट महिनाको महिनाको ६ देखि ९

मृत्यु संस्कारमा कनकाई नगरले नगद सहयोग गर्ने

झापा– झापाको कनकाई नगरपालिकाले नगरवासीलाई मृत्यु संस्कारमा सहयोग गर्ने उद्देश्यले

४१ स्थानमा सशस्त्रको मनसुन प्रतिकार्य अस्थायी बेस स्थापना

काठमाडौं– सशस्त्र प्रहरीले काठमाडौं उपत्यकासहित देशभर ४१ स्थानमा मनसुन प्रतिकार्य