नेता नेपालको आदर्शबाट प्रेरणा लिइरहने छौँ : एमाले  « Khabarhub

नेता नेपालको आदर्शबाट प्रेरणा लिइरहने छौँ : एमाले 


२४ बैशाख २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


96
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले नेपाली कम्युनिष्ट आन्दोलनका अग्रणी नेता प्रदीप नेपालको निधनले नेपालको कम्युनिष्ट आन्दोलन, लोकतान्त्रिक आन्दोलन र साहित्यिक क्षेत्रका लागि अपुरणीय क्षति भएको जनाएको छ । 

एमाले महासचिव शंकर पोखरेलले आज विज्ञप्ति जारी गरी नेता नेपालको निधनबाट पार्टी अत्यन्त दुःखित भएको बताए। उनले स्वर्गीय नेता नेपालका असल गुणहरू, योगदान र आदर्शबाट निरन्तर प्रेरणा लिइरहने संकल्पसमेत पार्टीले लिएको बताएका छन्। 

केही वर्षदेखि पार्किन्सन रोगबाट पीडित नेता नेपालको उपचारका क्रममा काठमाडौँस्थित नर्भिक अस्पतालमा मंगलबार साँझ निधन भएको थियो । 

सिर्जनात्मकता, अथक क्रियाशीलता र ऊर्जा कमरेड प्रदीप नेपालको व्यक्तित्वका विशेषताहरू रहेको उल्लेख गर्दै मदन–आश्रित स्मृति प्रतिष्ठानका अध्यक्षका रुपमा उनले जननेता मदन भण्डारी र कुशल सङ्गठक जीवराज आश्रितका विचार, आदर्शलाई स्थापित गर्न उल्लेखनीय भूमिका निर्वाह गरेको महासचिव पोखरेलले बताए । 

महासचिव पोखरेलले पटकपटक संसद् सदस्यका रुपमा जनप्रतिनिधिको भूमिकामा रहनुभएका प्रदीप नेपालले सूचना तथा सञ्चार, शिक्षा, जलस्रोतलगायत विभिन्न मन्त्रालयको कुशल नेतृत्व गरेको उल्लेख गरे । 
    
विसं २०१० पुस २८ मा भोजपुर गोगनेमा जन्मिएका प्रदीप नेपाल त्रिचन्द्र क्याम्पसमा अध्ययन गर्दैगर्दा स्वतःस्फूर्त रुपमा विद्यार्थी आन्दोलनमा सहभागी हुँदै हिरासत र जेलजीवनको सामना गर्नुपरेको विज्ञप्तिमा उल्लेख छ ।

प्रकाशित मिति : २४ बैशाख २०८२, बुधबार  ७ : ३२ बजे

चितवनबाट अवैध लागूऔषधसहित तीन जना पक्राउ

चितवन– माडी नगरपालिका-२ ढिकोन टोलबाट नियन्त्रित लागूऔषध ट्रामाडोल १ सय १३ ट्याब्लेट

उत्तरपूर्वी पाकिस्तानमा आक्रमण, पाँच जना प्रहरीको मृत्यु

एजेन्सी – पाकिस्तानको उत्तरपश्चिमी खैबर पख्तुनख्वा प्रान्तमा मंगलबार अज्ञात आतंककारीहरूले

केन्द्रिकृत मानसिकताले परिणाम दिन सकिएन : मुख्यमन्त्री पाण्डे

काठमाडौं– गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले राजनीतिक र प्रशासनिक नेतृत्वको

मटिहानीमा एकीकृत घुम्ती सेवा शिविर सञ्चालन

महोत्तरी– स्थानीय तह तथा वडाबाट प्रदान गरिने सम्पूर्ण सेवाहरू जनताको

शहिदका सुपुत्र सन्दिप बने प्रगतिशील लोकतान्त्रिक पार्टीको विद्यार्थी संगठन संयोजक

काठमाडौं– प्रगतिशील लोकतान्त्रिक पार्टीको विद्यार्थी संगठनको संयोजकमा सन्दिप पुन चयन