नेता नेपालको आदर्शबाट प्रेरणा लिइरहने छौँ : एमाले  « Khabarhub

नेता नेपालको आदर्शबाट प्रेरणा लिइरहने छौँ : एमाले 


२४ बैशाख २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


96
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले नेपाली कम्युनिष्ट आन्दोलनका अग्रणी नेता प्रदीप नेपालको निधनले नेपालको कम्युनिष्ट आन्दोलन, लोकतान्त्रिक आन्दोलन र साहित्यिक क्षेत्रका लागि अपुरणीय क्षति भएको जनाएको छ । 

एमाले महासचिव शंकर पोखरेलले आज विज्ञप्ति जारी गरी नेता नेपालको निधनबाट पार्टी अत्यन्त दुःखित भएको बताए। उनले स्वर्गीय नेता नेपालका असल गुणहरू, योगदान र आदर्शबाट निरन्तर प्रेरणा लिइरहने संकल्पसमेत पार्टीले लिएको बताएका छन्। 

केही वर्षदेखि पार्किन्सन रोगबाट पीडित नेता नेपालको उपचारका क्रममा काठमाडौँस्थित नर्भिक अस्पतालमा मंगलबार साँझ निधन भएको थियो । 

सिर्जनात्मकता, अथक क्रियाशीलता र ऊर्जा कमरेड प्रदीप नेपालको व्यक्तित्वका विशेषताहरू रहेको उल्लेख गर्दै मदन–आश्रित स्मृति प्रतिष्ठानका अध्यक्षका रुपमा उनले जननेता मदन भण्डारी र कुशल सङ्गठक जीवराज आश्रितका विचार, आदर्शलाई स्थापित गर्न उल्लेखनीय भूमिका निर्वाह गरेको महासचिव पोखरेलले बताए । 

महासचिव पोखरेलले पटकपटक संसद् सदस्यका रुपमा जनप्रतिनिधिको भूमिकामा रहनुभएका प्रदीप नेपालले सूचना तथा सञ्चार, शिक्षा, जलस्रोतलगायत विभिन्न मन्त्रालयको कुशल नेतृत्व गरेको उल्लेख गरे । 
    
विसं २०१० पुस २८ मा भोजपुर गोगनेमा जन्मिएका प्रदीप नेपाल त्रिचन्द्र क्याम्पसमा अध्ययन गर्दैगर्दा स्वतःस्फूर्त रुपमा विद्यार्थी आन्दोलनमा सहभागी हुँदै हिरासत र जेलजीवनको सामना गर्नुपरेको विज्ञप्तिमा उल्लेख छ ।

प्रकाशित मिति : २४ बैशाख २०८२, बुधबार  ७ : ३२ बजे

दोधारा-चाँदनी झोलुङ्गे पुल मर्मतका लागि एक करोड बजेट

कञ्चनपुर – सुदूरपश्चिम प्रदेश सरकारले कञ्चनपुरको भीमदत्त र दोधारा-चाँदनी जोड्ने

शक्तिशाली भूकम्पका परकम्पपछि पानामामा सङ्कटकाल घोषणा

काठमाडाैं – शक्तिशाली भूकम्पपछि लगातार आएका परकम्पले बस्ती हल्लाएसँगै पानामा

इरान र ओमानद्वारा क्षेत्रीय शान्ति र स्थिरताप्रति प्रतिबद्धता

तेहरान – इरानका राष्ट्रपति मसूद पेजेसिकयान र ओमानका सुल्तान हैथम

‘पुरानै ढर्राले अब पार्टी चल्दैन’ : ८१ वर्षे कांग्रेस प्रतिनिधि शोभाचन्द्र बराल

काठमाडौँ – नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा कास्की क्षेत्र नं. २