नेपाल स्टुडेन्ट्स आईटी क्लबले आयोजना गर्दै ‘ह्याक फर नेपाल’ ह्याकाथन « Khabarhub

नेपाल स्टुडेन्ट्स आईटी क्लबले आयोजना गर्दै ‘ह्याक फर नेपाल’ ह्याकाथन


२४ बैशाख २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


99
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाल स्टुडेन्ट्स आईटी क्लबले ‘ह्याक फर नेपाल’ ह्याकाथन आयोजना गर्दै छ ।

कार्यक्रम जेठ १५, १६ र १७ गते नेपाल कलेज अफ इन्फरमेसन टेक्नोलोजी, बालकुमारीमा सम्पन्न हुने भएको छ।

‘४८ घण्टा, १ लक्ष्य, अनगिन्ती नवप्रवर्तन’ भन्ने मूल नाराका साथ सञ्चालन हुने उक्त ह्याकाथनले नेपाली प्रविधि क्षेत्रका युवाहरुलाई नविन समाधानको सिर्जनामा संलग्न गराउने उद्देश्य राखेको छ।

कार्यक्रमको मुख्य चारवटा विषयवस्तुहरु स्वास्थ्य सेवा, कृषि, खुला नवप्रवर्तन, र ई-शासन रहेका छन्। प्रतिस्पर्धामा सहभागीहरूले यीमध्ये कुनै पनि क्षेत्रमा आधारित समस्या समाधानका लागि नवीन प्रोजेक्ट वा समाधान विकास गर्नुपर्नेछ।

यो ह्याकाथनमा उत्कृष्ट प्रोजेक्टहरुका लागि १ लाख ६० हजार रुपैयाँ बराबरको पुरस्कार राशी समेत घोषणा गरिएको छ। आयोजक टोलीका अनुसार, यस कार्यक्रमले स्थानीय स्तरमा समाधानमूलक प्रविधिहरूको विकासलाई प्रबर्द्धन गर्नुका साथै युवाहरूलाई देशमै नवप्रवर्तक गर्न प्रेरित गर्नेछ।

सपोटीङ पार्टनरको रुपमा नेविसंघ (नेपाल विद्यार्थी संघ) आवद्ध रहेको छ।

नेपाल स्टुडेन्ट्स आईटी क्लबले यस कार्यक्रमबाट आउने नवप्रवर्तनले नेपालका दीर्घकालीन सामाजिक र प्राविधिक समस्याहरूको समाधानमा सकारात्मक योगदान पुर्‍याउने अपेक्षा राखेको छ।

प्रकाशित मिति : २४ बैशाख २०८२, बुधबार  ७ : ४२ बजे

कांग्रेसका पदाधिकारीको दाबी : ‘शेखर र पूर्णबहादुर अन्तिमसम्म हाम्रोतिरै जोडिनुहुन्छ’

काठमाडौं– नेपाली कांग्रेसमा पूर्वसभापति शेरबहादुर देउवा र सभापति गगन थापाबीच

थेराङ खोला बाढीपछि स्थानीय भन्छन्- गाउँबाट तलमाथि जाने पुल बगायो, नाकाबन्दीमा पर्‍यौँ

गोरखा– उत्तरी गोरखाको चुमनुब्री गाउँपालिका–४ नाम्रुङस्थित बूढीगण्डकी र थेराङ खोलाको

रसुवामा हैजाको जोखिम: सेनाको हेलिकप्टरबाट २१ हजार डोज खोप पठाइयो

काठमाडौँ – भोटेकोशी नदीमा आएको विनाशकारी बाढी तथा पहिरोपछि हैजाको

क्यासिनोमा नेपाली प्रवेश गराई जुवा खेलाउने आठजना पक्राउ

पर्सा– वीरगञ्ज महानगरपालिका–१४ गण्डकस्थित क्यासिनोमा नेपालीलाई प्रवेश गराई जुवा खेलाउने

देवीघाटमा ६० मिटर लामो एक्रोब्रिज बन्दै, चाँडै सञ्चालनमा आउने (तस्बिरहरू)

काठमाडौं– भदौ १० गते आएको बाढीले त्रिशूली नदीमा रहेका अधिकांश