जनतालाई निराश बनाउनु अपराध हो : प्रधानमन्त्री « Khabarhub

जनतालाई निराश बनाउनु अपराध हो : प्रधानमन्त्री


२४ बैशाख २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


177
Shares
  • change font
  • change font
  • change font

ललितपुर – प्रधानमन्त्री केपी शर्मा ओलीले जनतालाई अनावश्यक रूपमा निराश बनाउनु एक प्रकारको अपराध हुने बताएका छन् ।

‘लोकान्तर डटकम’ को नवौँ वार्षिकोत्सवका अवसरमा आज आयोजित विशेष संवादमा प्रधानमन्त्री ओलीले देशलाई बर्बादीतिर धकेल्ने होइन आशावादीतामा फर्काउनुपर्नेमा जोड दिएका हुन् ।

मुलुकमा विकास र समृद्धिका प्रयास भइरहे पनि मानिसहरूमा निराशा छाउनुको कारण के होला ? भन्ने प्रस्तोता विमल गौतमको प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री ओलीले भने, “केही फेसबुक र युट्युब र आँखामा कालो पट्टी बाँधेर हेर्ने दृष्टिकोण भएकाहरूका कारण निराशा छ, भनेर मुलुकलाई बदनाम गर्न खोजिएको छ । त्यो यथार्थ होइन ।”

विगतमा आफू प्रधानमन्त्री हुँदा थालेका महत्त्वपूर्ण आयोजना र चालिएका कदमलाई तीव्रताका साथ पूरा गर्ने दृढता लिएर सरकार अघि बढिरहेकाले युवाहरूलाई निराश होइन, हामी आँफैले आफ्नो देश बनाउन सक्छौँ भन्ने आशावादका साथ देशभित्रै केन्द्रित हुन आग्रह गरे।

“यहाँ काम गर्ने मान्छे छैन, मान्छेहरू काम पाइन्छ भनेर देश बाहिर गइरहेका छन् । यस देशमा केही भएन भन्ने मिसनका साथ सञ्चालित र पुरातनवादी तत्त्वहरू छटपटाएका छन् । उसले दुई सय पचास वर्ष शासक भएर खाएको सम्झिएको छ । उनीहरू यो लोकतान्त्रिक प्रणालीको चुनावबाट आउने सम्भावना नदेखेर मुलुकमा केही पनि भएन भन्दैछन्” उनले भने ।

प्रकाशित मिति : २४ बैशाख २०८२, बुधबार  ८ : ४९ बजे

राष्ट्रिय सभा निर्वाचनमा कसले कति मत ल्याए ?

काठमाडौं- राष्ट्रियसभा सदस्य पदको रिक्त १८ पदका लागि आइतबार (माघ

जसपा नेपालको चुनावी प्रतिबद्धता पत्र सार्वजनिक (पूर्णपाठसहित)

काठमाडौं – जनता समाजवादी पार्टी, नेपालले आगामी निर्वाचनलाई लक्षित गर्दै

उज्यालो नेपालका १५ जना केन्द्रीय सदस्यले छाडे पार्टी

काठमाडौं – उज्यालो नेपाल पार्टी (उनेपा)मा आन्तरिक विवाद चुलिँदै जाँदा

पूर्वप्रधानमन्त्री हसिनाको सम्बोधनलाई लिएर बङ्गलादेशद्वारा भारतको आलोचना

काठमाडाैं – बङ्गलादेशले आइतबार भारतले पूर्वप्रधानमन्त्री शेख हसिनालाई नयाँ दिल्लीमा

बीबीसी ‘भ्वाइस अफ इन्डिया’ का संस्थापक मार्क टलीको निधन

नयाँ दिल्ली – ‘भ्वाइस अफ इन्डिया’ भनेर लाखौँले चिन्ने दक्षिण