रोहित शर्माद्वारा टेस्ट क्रिकेटबाट सन्न्यास लिएको घोषणा « Khabarhub

रोहित शर्माद्वारा टेस्ट क्रिकेटबाट सन्न्यास लिएको घोषणा


२४ बैशाख २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


516
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – भारतीय क्रिकेट टिमका कप्तान रोहित शर्माले टेस्ट क्रिकेटबाट सन्यास लिएको घोषणा गरेका छन् । सामाजिक सञ्जालमा इन्स्टाग्राममार्फत उनले टेस्ट क्रिकेट करिअरलाई अन्त्य गरेको घोषणा गरेका हुन् ।

उनले लेखेका छन्, ‘म यो भन्न चाहन्छु की टेस्ट क्रिकेटबाट सन्यास लिएको छ । भारतीय जर्सीमा टेस्ट क्रिकेट खेल्न पाउँदा गर्व महसुस गरेको छ । देशको प्रतिनिधित्व गर्नु मेरा लागि ठूलो सम्मान हो ।’ उनले एकदिवसीय क्रिकेट भने खेल्ने छन् ।

३८ वर्षीय शर्मा भारतीय क्रिकेट टोलीका सफल कप्तान मध्ये एक हुन् । उनले भारतका लागि ६७ टेस्ट खेलेका छन् । जसमा चार हजार ३०१ रन बनाएका छन् । यसमा १२ शतक र १८ अर्धशतक सामेल छन् । उनले सन् २०१३ मा वेस्ट इन्डिजविरुद्ध भारतका लागि टेस्टमा डेब्यु गरेका थिए ।

शर्माले पहिलो र दोस्रो टेस्टमा लगातार शतक बनाएका थिए । यसअघि रोहितले विश्वकप जितेपछि टी–२० अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्यास लिएका थिए ।

प्रकाशित मिति : २४ बैशाख २०८२, बुधबार  ९ : ५२ बजे

आईपीएल : शतक बनाउन ९ रनले चुके इशान, हैदरावादको चौथो विकेट पतन

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपीएल) को १९औँ संस्करण अन्तर्गत

मुस्ताङको टुकुचे र जापानको तोगा सिटीबीचको मितेरी सम्बन्ध २० वर्षपछि पुनःस्थापित

गण्डकी – मुस्ताङको थासाङ गाउँपालिका–१ स्थित टुकुचे गाउँ र जापानको

फुटसल कपको उपाधि बैंकर्स क्लबलाई

सुदूरपश्चिम – नयाँ वर्षको अवसरमा धनगढीमा आयोजित ‘सन्तति आइभिएफ फ्ल्याटल्याण्ड

नागरिकप्रति इमान्दार भएर काम गर्नु आजको आवश्यकता : गृहमन्त्री गुरुङ

काठमाडौं – गृहमन्त्री सुधन गुरुङले राष्ट्र र नागरिकप्रति इमान्दार, उत्तरदायी

इजरायलले इरानमा नौसैनिक नाकाबन्दीमा अमेरिकालाई सहयोग गर्छ : नेतन्याहु

जेरुसलेम – इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको