साम्बाको ह्याट्रिकमा गुइगाम्पा विजयी « Khabarhub

साम्बाको ह्याट्रिकमा गुइगाम्पा विजयी


२४ बैशाख २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.8k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाली राष्ट्रिय फुटबल टोलीकी चर्चित स्ट्राइकर सावित्रा भण्डारी ‘साम्बा’को ह्याट्रिकमा फ्रेञ्च क्लब एन एभेन्ट गुइगाम्पाले सान्त्वना जित हात पारेको छ ।

डिभिजन १ फेमिनिनमा रेलिगेसनमा परिसकेको गुइगाम्पाले अन्तिम खेलमा सेन्ट–एटिएन फेमिनिन्सविरुद्ध ३–२ जित निकालेको हो । गुइगाम्पाका लागि तीनै गोल साम्बाले गरिन् । सेन्ट–एटिएनका अमान्डाइन पियरे–लुइस र एडेल कोनेसनले एक एक गोल फर्काए ।

खेलको ५४ औं मिनेटमा लुइसले गोल गर्दै सेन्ट–एटिएनलाई अग्रता दिलाएकी थिइन् । ५७ औं मिनेटमा साम्बाले गुइगाम्पाका लागि बराबरी गोल फर्काएकी थिइन् । त्यसपछि ६१ औं मिनेटमा कोनेसनकाे गोलमा सेन्ट–एटिएनले २–१ को अग्रता बनाएको थियो ।

साम्बाले खेलकाे ८५ औं मिनेट र अतिरिक्त समयमा गोल गर्दै टोलीलाई ३–२ को जित दिलाईन् । योसँगै गुइगाम्पाले २२ खेलबाट नौ अंकसहित पुछारमा रहँदै फ्रान्सको शीर्ष डिभिजन लिगको यो सिजन सक्काएको छ । यस सिजन गुइङ्ग्याम्पका लागि साम्बाले ६ गोल गरिन् ।

प्रकाशित मिति : २४ बैशाख २०८२, बुधबार  ११ : १० बजे

घोराहीमा ट्रकले स्कुटरलाई ठक्कर दिँदा छोराको मृत्यु, बुबा घाइते

दाङ – दाङको घोराहीमा ट्रकले स्कुटरलाई ठक्कर दिँदा छोराको मृत्यु

गगन थापा मुलुकको नेतृत्व गर्न तयार : उपसभापति शर्मा

झापा – नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले पार्टीका सभापति गगनकुमार

प्रधानमन्त्री कप क्रिकेटः बैतडीको शानदार सुरुआत

बैतडी – प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताको सुदूरपश्चिम छनोटमा

आगामी निर्वाचन देशको स्वाधीनताका लागि महत्त्वपूर्ण छ : उपाध्यक्ष थापा

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एमाले)का उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ले

टी–२० विश्वकपमा भारतसँगकाे खेल बहिष्कार गर्ने पाकिस्तानको निर्णय

काठमाडौं – आईसीसी टी–२० विश्वकप २०२६ मा पाकिस्तानले भारतसँग हुने