साम्बाको ह्याट्रिकमा गुइगाम्पा विजयी « Khabarhub

साम्बाको ह्याट्रिकमा गुइगाम्पा विजयी


२४ बैशाख २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.8k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाली राष्ट्रिय फुटबल टोलीकी चर्चित स्ट्राइकर सावित्रा भण्डारी ‘साम्बा’को ह्याट्रिकमा फ्रेञ्च क्लब एन एभेन्ट गुइगाम्पाले सान्त्वना जित हात पारेको छ ।

डिभिजन १ फेमिनिनमा रेलिगेसनमा परिसकेको गुइगाम्पाले अन्तिम खेलमा सेन्ट–एटिएन फेमिनिन्सविरुद्ध ३–२ जित निकालेको हो । गुइगाम्पाका लागि तीनै गोल साम्बाले गरिन् । सेन्ट–एटिएनका अमान्डाइन पियरे–लुइस र एडेल कोनेसनले एक एक गोल फर्काए ।

खेलको ५४ औं मिनेटमा लुइसले गोल गर्दै सेन्ट–एटिएनलाई अग्रता दिलाएकी थिइन् । ५७ औं मिनेटमा साम्बाले गुइगाम्पाका लागि बराबरी गोल फर्काएकी थिइन् । त्यसपछि ६१ औं मिनेटमा कोनेसनकाे गोलमा सेन्ट–एटिएनले २–१ को अग्रता बनाएको थियो ।

साम्बाले खेलकाे ८५ औं मिनेट र अतिरिक्त समयमा गोल गर्दै टोलीलाई ३–२ को जित दिलाईन् । योसँगै गुइगाम्पाले २२ खेलबाट नौ अंकसहित पुछारमा रहँदै फ्रान्सको शीर्ष डिभिजन लिगको यो सिजन सक्काएको छ । यस सिजन गुइङ्ग्याम्पका लागि साम्बाले ६ गोल गरिन् ।

प्रकाशित मिति : २४ बैशाख २०८२, बुधबार  ११ : १० बजे

करण केसीले जापान प्रिमियर लिग खेल्ने

काठमाडौं- नेपाली राष्ट्रिय क्रिकेट टिमका बलर करण केसीले जापान प्रिमियर

रास्वपालाई चीनको पत्र : आपसी सम्बन्ध प्रगाढ हुने विश्वास

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)लाई चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी)ले

जितु र मुन्नीले सके ‘कार्की साइँला’को सुटिङ

काठमाडौं – कलाकार जितु नेपाल र नायिका प्रियना आचार्य (मुन्नी)ले

बालेन सरकारमा जान तम्तयार यी ३० अनुहार

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीले संविधानको धारा ७६ (१) अनुसार एकल