हाम्रा दिदीबहिनीको सिन्दूर मेटाउनेको मेटिने पनि निश्चित हुन्छ : मोदी « Khabarhub

हाम्रा दिदीबहिनीको सिन्दूर मेटाउनेको मेटिने पनि निश्चित हुन्छ : मोदी


२४ बैशाख २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

नयाँ दिल्ली – भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी दुई दिने गुजरात भ्रमणमा गएका छन् । उनले भुजमा सम्बोधन गर्दै भारतमाथि आँखा उठाउने जो कोहीलाई पनि कुनै पनि हालतमा नछोडिने बताए । उनले पाकिस्तानलाई शान्तिपूर्वक बस्न, आफ्नो भागको खाना खान चेतावनी दिँदै नत्र आफ्नो गोली भएकोसमेत बताए ।

यसअघि दाहोदमा प्रधानमन्त्रीले अपरेशन सिन्दूरको बारेमा उल्लेख गरेका थिए । उनले भने, ‘जम्मू कश्मीरको पहलगाममा आतंककारीहरूले १४० करोड भारतीयहरूलाई चुनौती दिएका थिए। हामीले आतंककारी लुक्ने ठाउँहरू पनि ध्वस्त पार्यौं ।’

मोदीले भने, ‘तपाईं नै भन्नुहोस् के यस्तो अवस्थामा मोदी चुप लागेर बस्न सक्छन् ? जब कसैले हाम्रा दिदीबहिनीहरूको सिन्दूर मेटाउँछ, तब उसको मेटिने पनि निश्चित हुन्छ । आतंक फैलाउनेहरूले सपनामा पनि कल्पना गरेका थिएनन् कि मोदीसँग प्रतिस्पर्धा गर्न कति गाह्रो हुनेछ ।’

मोदी सोमबार बिहान पहिले बडोदरा, त्यसपछि दाहोद र त्यसपछि भुज पुगे । उनले तीनै ठाउँमा रोड शो गरे । दाहोद र भुजमा सार्वजनिक सभाहरूलाई सम्बोधन गरे । प्रधानमन्त्रीले भुजमा ५३,४०० करोड भारु बराबरका ३१ वटा परियोजनाहरूको शिलान्यास र ई–उद्घाटन पनि गरे ।

प्रकाशित मिति : २४ बैशाख २०८२, बुधबार  ९ : ०९ बजे

राष्ट्रिय सभा निर्वाचनमा कसले कति मत ल्याए ?

काठमाडौं- राष्ट्रियसभा सदस्य पदको रिक्त १८ पदका लागि आइतबार (माघ

जसपा नेपालको चुनावी प्रतिबद्धता पत्र सार्वजनिक (पूर्णपाठसहित)

काठमाडौं – जनता समाजवादी पार्टी, नेपालले आगामी निर्वाचनलाई लक्षित गर्दै

उज्यालो नेपालका १५ जना केन्द्रीय सदस्यले छाडे पार्टी

काठमाडौं – उज्यालो नेपाल पार्टी (उनेपा)मा आन्तरिक विवाद चुलिँदै जाँदा

पूर्वप्रधानमन्त्री हसिनाको सम्बोधनलाई लिएर बङ्गलादेशद्वारा भारतको आलोचना

काठमाडाैं – बङ्गलादेशले आइतबार भारतले पूर्वप्रधानमन्त्री शेख हसिनालाई नयाँ दिल्लीमा

बीबीसी ‘भ्वाइस अफ इन्डिया’ का संस्थापक मार्क टलीको निधन

नयाँ दिल्ली – ‘भ्वाइस अफ इन्डिया’ भनेर लाखौँले चिन्ने दक्षिण