काठमाडौं – एसिया मोडल फेस्टिवल फेस अफ नेपाल २०२५ का लागि आवेदन खुला गरिएको छ।
आयोजक एमएस प्रोडक्सन नेपालले शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै आवेदन खुला गरिएको जानकारी दिएको हो । प्रतियोगीहरुले अनलाइन मार्फत आवेदन दिने सकिने आयोजले बताएको छ ।
आयोजका अनुसार यसपटक प्रतियोगीहरूको मापदण्डमा केही परिवर्तन गरिएको छ । प्रतियोगीहरू पुरुष र महिला दुवैका लागि यसपटकबाट उचाइमा कुनै पनि मापदण्ड राखिएको छैन ।
फेस अफ नेपाल की नेशनल डिरेक्टर मेनुका माझीले उचाइका कारण इच्छुक व्यक्तिहरु पनि प्रतियोगितामा सहभागी हुन नपाउने अवस्थाको अन्त्य गर्ने मापदण्ड परिवर्तन गरिएको बताइएको छ ।
उनले उमेरमा भने १८ वर्ष पूरा भएको र ३० वर्षभन्दा कम उमेरको मापदण्ड यथावत रहेको उनले जानकारी गराइन्।
प्रतिक्रिया