विविधताभित्रको एकता नै नेपाली हुनुको पहिचान : राष्ट्रियसभा अध्यक्ष | Khabarhub Khabarhub

विविधताभित्रको एकता नै नेपाली हुनुको पहिचान : राष्ट्रियसभा अध्यक्ष


२४ जेठ २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


12
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले विभिन्न जातजाति, धर्म र समुदायअनुसारका आआफ्नै संस्कृति, परम्परा र चाडपर्वले राष्ट्रिय एकतालाई थप मजबुत बनाउन महत्वपूर्ण योगदान पुर्‍याएकाे बताएका छन् ।

इस्लाम धर्मावलम्बीको विशेष पर्व बकर ईदको अवसरमा  शुभकामना व्यक्त गर्दै उनले बकर ईद पर्वले राष्ट्रिय एकता, सामाजिक सद्भाव एवं धार्मिक सहिष्णुता कायम गर्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरेका छन् ।

दाहालले भनेका छन्– ‘पर्वहरूले हाम्रो विविधतालाई प्रतिबिम्बित गरेका छन्, विविधताभित्रको एकता नै हामी नेपाली हुनुको पहिचान हो, यस्ता विविधतायुक्त विशेषता बोकेका धार्मिक एवं सांस्कृतिक चाडपर्वले सांस्कृतिक एकता, सामाजिक सद्भाव, धार्मिक सहिष्णुता कायम राखी राष्ट्रिय एकतालाई थप मजबुत बनाउन महत्त्वपूर्ण योगदान पुर्‍याएका छन् ।’

यस पर्वले मुस्लिम समुदायमा आपसी मेलमिलाप, एकता र त्यागको भावना जागृत गर्नुका साथै अन्य धर्म र समुदायबीच सामाजिक सांस्कृतिक सद्भाव कायम गर्न महत्त्वपूर्ण भूमिका खेल्दै आएको अध्यक्ष दाहालको भनाइ छ । 

बकर ईदमा नमाज पढ्नुका साथै अल्लाहको प्रार्थना गरी हर्षोल्लास पूर्वक मनाउने गरिन्छ । भाइचारा, पारिवारिक एकता र सद्भावका रूपमा मनाइने यो पर्वमा पवित्रस्थल साउदी अरबको मक्कामा हज गर्न हरेक वर्ष विश्वभरबाट लाखौँ इस्लाम धर्मावलम्बी पुग्दछन् ।

नेपाली जनताको ठूलो त्याग र बलिदानबाट २०७२ सालमा सङ्घीय गणतान्त्रिक व्यवस्थासहितको संविधान निर्माण भएको उल्लेख गर्दै उनले संविधानले नै नेपाललाई बहुधार्मिक, बहुभाषिक, बहुसांस्कृतिक र बहुजातीय विशेषतायुक्त स्वाधीन राष्ट्रको रूपमा परिभाषित गरेको उल्लेख गरेका छन् ।

प्रकाशित मिति : २४ जेठ २०८२, शनिबार  ९ : १३ बजे

‘ग्रेण्डर मेसिन’ले खुट्टा काटिएर मृत्यु

झापा– ‘ग्रेण्डर मेसिन’ले राँगा काट्ने तयारीका क्रममा आफ्नै खुट्टा काटिँदा

च्याङ्ग्रा व्यापारीका दुःख : दशैँ खर्च जोहो गर्न डोल्पादेखि बागलुङसम्म

बागलुङ– अघिअघि एक सय सङ्ख्यामा च्याङ्ग्रा । पछिपछि हातमा लौरो,

दशैँले छोएन कञ्चनपुर वनहराका भूमिहीनलाई

कञ्चनपुर– दशैँ घरआँगनमै छ । मीठो मसिनो खाने, नयाँ लुगा

इंग्लिस प्रिमियर लिग : एभर्टन र वेष्टह्यामले खेले बराबरी

काठमाडौं– इंग्लिस प्रिमियर लिग फुटबलमा एभर्टन र वेष्टह्याम युनाइटेडले बराबरी खेलेका

मुटु रोगीका लागि मासु र मदिरा विष समान

काठमाडौं – नेपालीको महान् चाडका रुपमा मनाइने दशैँ विशेषगरी खानपानसँग