सीपसहितको सक्षम जनशक्ति उत्पादनमा विद्यालयले ध्यान दिनुपर्छ : उपप्रधानमन्त्री सिंह « Khabarhub

सीपसहितको सक्षम जनशक्ति उत्पादनमा विद्यालयले ध्यान दिनुपर्छ : उपप्रधानमन्त्री सिंह


२४ जेठ २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


102
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– उपप्रधानमन्त्री एवम् शहरी विकास मन्त्री प्रकाशमान सिंहले विद्यालयहरूले सीपसहितको सक्षम जनशक्ति उत्पादनमा ध्यान दिनुपर्ने बताएका छन् ।

श्री रत्नराज्य माध्यमिक विद्यालय, नयाँ बानेश्वर काठमाडौँ ६४ औँ वार्षिकोत्सव तथा सम्मान, प्रमाणपत्र र पुरस्कार वितरण समारोहमा बोल्दै उनले अहिले शैक्षिक बेरोजगारको सङ्ख्या धेरै भएकोमा चिन्ता व्यक्त गर्दै अब सीपसहितको शिक्षा हुनुपर्ने धारणा राखे।

विद्यालयबाट शैक्षिक बेरोजगार बेरोजगार उत्पादन गर्ने क्रम रोक्नुपर्नेमा जोड दिँदै सिंहले भने, ‘शैक्षिक प्रमाणपत्रसँगै सीपको प्रमाणपत्र दिएर विद्यार्थीले चाहेको लक्ष्यमा पुग्न सक्ने सक्षम  बनाउनेतर्फ अब विद्यालयहरूले ध्यान दिनुपर्छ ।’

आफ्नै निर्वाचन क्षेत्र काठमाडौं- १ मा पर्ने यस विद्यालयको भौतिक विकासमा जनप्रतिनिधिका रूपमा आफूसहितका जनप्रतिनिधिले भूमिका खेलेको स्मरण गरे। उनले विद्यालयले ६४ वर्षको इतिहासमा  पुर्याएको योगदान प्रसंशनीय रहेको बताए।

त्यस्तै उपप्रधानमन्त्री सिंहले असल जनप्रतिनिधि छाने राम्रो काम हुन्छ भन्ने उदाहरण काठमाडौं १ भएको पनि बताए। ०६४ अघि र अहिलेको अवस्था तुलना गर्न आग्रह गर्दै क्षेत्रमा विकासले गति लिएको दाबी गरे।  

‘झण्डा फरफराउन । सांसद हुन जनप्रतिनिधि बनेका होइनौँ । देश र समाजको, देशको, जनताको  सेवा गर्न राजनीतिमा लागेका हौँ,’ उपप्रधानमन्त्री सिंहले भने, ‘त्यसैले जनप्रतिनिधिले आफ्नो निर्वाचन क्षेत्रमा शिक्षा, स्वास्थ्य, खानेपानी र अन्य पूर्वाधार विकाससँगै कुनै समस्या परेको बेलामा समाधानका लागि पहल गर्नुपर्छ ।’

उपप्रधानमन्त्री सिंहले कमजोरीको गीत गाएर मात्रै नहुने भन्दै कमजोरी औँल्याउने र भएका काम भयो पनि भन्नुपर्ने बताए। अहिलेको संघीय लोकतान्त्रिक गणतन्त्र कसैको दयामायामा प्राप्त नभएको भन्दै प्राप्त उपलब्धिलाई जनता र सरकार मिलेर संस्थागत गर्नुपर्ने धारणा राखे। 

उनले अहिले सरकारले नागरिकको जीवन र जिविका सहज होस् भन्ने चाहना पूरा गर्न प्रयास गरिरहेको बताए।

प्रकाशित मिति : २४ जेठ २०८२, शनिबार  १ : २९ बजे

च्याउखेतीबाट रोजगारी दिन र मनग्य आम्दानी लिन सफल मङ्गल

अत्तरिया– कैलालीको धनगढी उपमहानगरपालिका–११, जोकैयाका मङ्गल चौधरीले व्यावसायिक च्याउखेती गर्दै

सुकुम्वासीको उचित बन्दोबस्त गर्न सांसदहरूको माग

काठमाडौं– प्रतिनिधिसभाको आजको बैठकमा श्रम संस्कृति पार्टीका सांसद हर्कराज राईले नेपाल–भारत

सभामुखलाई कांग्रेसको प्रश्न : रास्वपासँगको नाभी काट्न सक्नुभएको छैन कि क्या हो ?

काठमाडौं- नेपाली कांग्रेसले सभामुख डोल प्रसाद अर्यालको भूमिकाप्रति प्रश्न उठाएको

अतिविपन्न परिवारलाई सुरक्षित आवास बनाउँदै बागमती सरकार

बागमती– बागमती प्रदेश सरकारले प्रदेशका अतिविपन्न कम्तीमा एक हजार परिवारलाई

बाढीले बगाएको फोक्सिङटार पुल पुनर्निर्माणको पहल

खोटाङ- खोटेहाङ गाउँपालिकाले खोटाङ र उदयपुर जोड्ने सुनकोशीस्थित फोक्सिङटारमा पक्की