मस्कसँग लफडा परेपछि टेस्ला बेच्दै ट्रम्प | Khabarhub Khabarhub

मस्कसँग लफडा परेपछि टेस्ला बेच्दै ट्रम्प


२४ जेठ २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.5k
Shares
  • change font
  • change font
  • change font

एजेन्सी – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफूसँग लफडा गरेका विश्वकै धनाढ्य व्यापारी एलन मस्कको कम्पनीबाट खरिद गरेको कार नै बेचिदिने भएका छन्‌ ।

ट्रम्पले तीन महिना पहिले आफूले एलन मस्कको कम्पनी टेस्लाको एक कार खरिद गरेको बताएका थिए । राष्ट्रपति कार्यालय ह्वाइट हाउसको लेनमा राखिएको रातो रङ्गको कार पत्रकारहरूलाई देखाउँदै उनले उक्त कारको क्रेता आफू रहेको भनेका थिए ।

तर, ट्रम्पले अब उक्त कार बेच्ने भएका हुन्‌ । मस्कसँग मनमुटाव भएपछि उनको कम्पनीबाट खरिद गरिएको कार नै बेच्ने योजना ट्रम्प पुगेका बीबीसीमा खबर छ ।

आर्थिक मामिलामा ट्रम्प प्रशासनको हर्ताकर्ता भएर मस्कले अमेरिकाबाट विश्वभर प्रवाह भइरहेको सहायतामा डिपार्टमेन्ट अफ गभर्मेन्ट इफिसियन्सी (डज)मार्फत कैँची चलाएका थिए । अमेरिकी अर्थ-राजनीतिक विश्लेषकहरूले ट्रम्प राष्ट्रपति भए पनि अमेरिकी सङ्घीय सत्ताको हर्ताकर्ता खर्बपति व्यापारी एलन मस्क नै रहेको बताउने गर्थे ।

तर, १२९ दिनसम्म विश्वभरका अमेरिकी सहयोगापेक्षीलाई हराभरा खेलाएका मस्क एकाएक डजबाट बाहिरिएका थिए । राष्ट्रपति ट्रम्पले ल्याएको कर र खर्चसम्बन्धी विधेयकप्रति असन्तुष्टि जनाउँदै उनले आफ्नो जिम्मेवारीबाट बिदा लिएका थिए ।

त्यसयता उनले सामाजिक सञ्जालमार्फत ट्रम्पलाई सत्तोसराप गरिरहेका छन्‌ । ट्रम्पबाट पनि उनले उस्तै जवाफ पाइरहेका छन्‌ ।

ट्रम्पले बिहीबार ‘मस्कले आफ्नो कम्पनी टेस्लालाई घाटा हुने भएर आफूले ल्याएको खर्च विधेयकको विरोध गरेको’ आरोप लगाएका थिए । विद्युतीय गाडी (ईभी) ले पाइरहेको कर छुट विधेयकमार्फत अन्त्य गर्न खोजेकाले मस्क चिढिएको उनको दाबी थियो ।

पछिल्लो समय भनाभन भएपछि ट्रम्पले मस्कका कम्पनीसँग अमेरिकी संस्थानहरूले गर्ने व्यापार सम्झौता तोड्नेसम्मको धम्की दिएका छन्‌ । यस्तो धम्की आएपछि मस्कले ट्रम्पविरुद्ध महाअभियोग लगाउन माग गरेका छन्‌ ।

प्रकाशित मिति : २४ जेठ २०८२, शनिबार  १ : ३४ बजे

जिरोनामाथि बार्सिलोनाको रोमाञ्चक जित

काठमाडौं – स्पेनिश लालिगा अन्तर्गत शनिबार राति भएको खेलमा बार्सिलोनाले

काठमाडौं उपत्यकामा स्वरुप परिर्वतन गरिएका २७५ बाइक नियन्त्रणमा

काठमाडौं – उपत्यका ट्राफिक प्रहरी कार्यालयले स्वरुप परिर्वतन गर्ने २७५

एभर्टनविरुद्ध म्यानचेस्टर सिटीको सहज जित, हालान्ड बने नायक

म्यानचेस्टर – इङ्लिस प्रिमियर लिग अन्तर्गत शनिबार राति भएको खेलमा

गोरखा बजारबाट २० किलोग्राम पटका बरामद

गोरखा – प्रहरीले गोरखा बजारबाट २० किलोग्राम पटका बरामद गरेको

साहित्यकार दाहाल र अधिकारी दम्पती सम्मानित

काठमाडौं – बनेपा जनगालस्थित सयपत्री प्रतिष्ठान नेपालले शिक्षाविद्, वरिष्ठ साहित्यकार