आगलागीबाट भएको क्षति निरीक्षण गर्न गृहजिल्ला बाजुरा पुगे संस्कृतिमन्त्री पाण्डे « Khabarhub

आगलागीबाट भएको क्षति निरीक्षण गर्न गृहजिल्ला बाजुरा पुगे संस्कृतिमन्त्री पाण्डे


२४ जेठ २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


99
Shares
  • change font
  • change font
  • change font

बाजुरा – संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्रीप्रसाद पाण्डेले आगलागीबाट नष्ट भएको आफ्नै गृहजिल्ला बाजुराको बाम्का बजार क्षेत्रको निरीक्षण गरेका छन् ।

आगलागीको जानकारी लगत्तै काठमाडौँबाट बाजुरा आइपुगेका मन्त्री पाण्डेले आगलागीबाट क्षति पुगेको बाम्का बजार क्षेत्र स्थलगत अवलोकन गरे । निरीक्षणका क्रममा उनले जलेर ध्वस्त भएका घर, पसललगायत संरचनाको अवस्थाबारे जानकारी लिएका छन् ।

शुक्रबार बाम्का बजारस्थित नवदुर्गा होटलमा ग्यास सिलिन्डर विस्फोट भई भीषण आगलागी भएको थियो । आगलागीमा परेर बाम्का बजारका झण्डै ४० पसल पूर्ण रूपमा नष्ट भएका छन् ।

स्थानीय बासिन्दाहरूले ठूलो आर्थिक क्षति भएको जनाउँदै सरकारसँग राहत तथा पुनर्निर्माणमा सहयोगको माग गरेका छन् ।

प्रकाशित मिति : २४ जेठ २०८२, शनिबार  १ : ५६ बजे

क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

काठमाडौं – कोशी प्रदेशका प्रतिभाशाली क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

‘पर्वले एकता र मेलमिलापको वातावरण बनाउँछ’

काठमाडौं– नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पर्वहरूले सामूहिक भावना

तनहुँमा ५९ हजार कुखुराको बीमा

तनहुँ– तनहुँमा ७१ हजारभन्दा बढी पशुको बीमा गरिएको छ ।

‘पाँडे’ टिमको फिल्ममा बालेनले फेरि गाउलान् गीत ?

काठमाडौं – प्रचार रणनीतिले कन्टेन्टमा दम भएका फिल्मलाई दर्शक सहज

भेडापालक किसानलाई अनुदान

बागलुङ– बागलुङको निसीखोला गाउँपालिकाले भेडापालक किसानलाई प्रविधिसँग जोड्न थालेको छ