बाढीपहिरो पीडितको रकम गायब बनाएका गाउँपालिका अध्यक्षलाई कारबाही गर्ने कांग्रेसको चेतावनी « Khabarhub

बाढीपहिरो पीडितको रकम गायब बनाएका गाउँपालिका अध्यक्षलाई कारबाही गर्ने कांग्रेसको चेतावनी


२४ जेठ २०८२, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


1.2k
Shares
  • change font
  • change font
  • change font

सुर्खेत- कालिकोट जिल्लाको नरहरिनाथ गाउँपालिकाका बाढीपहिरो पीडितका नाममा सङ्कलन भएको रकम हिनामिना भएपछि नेपाली कांग्रेसले आपत्ति जनाएको छ ।

बाढीपहिरो पीडितका लागि इन्द्रेणीले दिएको रकम पालिका अध्यक्षको खाताबाटै गायब भएपछि नेपाली कांग्रेस कालिकोटले रकम नबाँडे कारबाही गर्ने चेतावनी दिएको छ ।

इन्द्रेणी टेलिभिजन कार्यक्रम र इन्द्रेणी समाजले बाढीपहिरो पीडितका लागि भनेर २०८० साल माघ २० गते पाँच लाख ४३ हजार पाँच रुपैयाँ गाउँपालिका अध्यक्ष नगेन्द्र विष्टलाई हस्तान्तरण गरेका थिए ।

राहत अझैसम्म वास्तविक पीडितसम्म पुग्न सकेको छैन । २०७७–०७८ सालमा आएको बाढीपहिरोले नरहरिनाथ गाउँपालिकाको वडा नं. ५, ६ र ९ मा ठूलो धनजनको क्षति पुर्‍याएको थियो । काठमाडौंस्थित इन्द्रेणी कार्यक्रमका सञ्चालक कृष्ण कँडेलले राहत सङ्कलन गरेर चेक अध्यक्ष विष्टलाई सार्वजनिक कार्यक्रममार्फत् हस्तान्तरण गरेका थिए ।

विष्ट कांग्रेसबाट निर्वाचित गाउँपालिका अध्यक्ष हुन् । उनी नेपाली कांग्रेस कालिकोटको पार्टी सचिवको जिम्मेवारीमा छन् । पार्टीले लामो समयदेखि राहत रकम बाँड्न निर्देशन दिए पनि अटेर गरेका कारण पार्टीले कारबाही गर्ने चेतावनी दिएको हो ।

पार्टीले बेला–बेला दिएको निर्देशनलाई अटेर गरेपछि नेपाली कांग्रेस जिल्ला कमिटी कालीकोटले बाढीपहिरो पीडितको राहत खानेलाई कारबाही गर्ने चेतावनी दिएको उपसभापति मीनबहादुर बोगटीले बताए ।

‘पटक पटक दिएको निर्देशनलाई पार्टी सचिव तथा गाउँपालिका अध्यक्षले मान्न तयार हुनु भएन,’ स्थानीय कांग्रेस नेताले भने, ‘सभापतिले सामाजिक सञ्जालमार्फत चेतावनी दिनुभएको छ ।’

गाउँपालिका प्रवक्ता तथा वडा नं. ९ का वडाध्यक्ष प्रदीप बोहोराले बाढीपहिरोका कारण ज्यान गुमाउने, घर गुमाउने र विस्थापित हुने घरपरिवारको लागि जम्मा इन्द्रेणीले पाँच लाख ४३ हजार पाँच रुपैयाँ राहत रकम जम्मा गरेको थियो । उनका अनुसार इन्द्रेणीका सञ्चालक कँडेलले गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष र नौ वटै वडाध्यक्षसमक्ष रकम हस्तान्तरण गरेको रकमका विषयमा अहिलेसम्म आफूले कुरा उठाउँदै आएको बताए ।

‘रकम हस्तान्तरणको क्रममा गाउँपालिकाको खातामा जम्मा गर्ने कि भन्ने छलफल भएको हो । तर, गाउँपालिकाको खातामा जम्मा गर्दा आम्दानी बाँधी भुक्तानी गर्दा प्रक्रिया निकै झन्झटिलो हुने भएकाले अध्यक्ष विष्टको नाममा चेक काटी हस्तान्तरण गरिएको थियो,’ उनले भने, ‘चेक हस्तान्तरणपश्चात् चेक कहाँ ? कसरी साटियो हामी जानकार छैनौँ ?’

प्रकाशित मिति : २४ जेठ २०८२, शनिबार  २ : ५६ बजे

 च्याउखेतीबाट रोजगारी दिन र मनग्य आम्दानी लिन सफल मङ्गल

अत्तरिया– कैलालीको धनगढी उपमहानगरपालिका–११, जोकैयाका मङ्गल चौधरीले व्यावसायिक च्याउखेती गर्दै

सुकुम्वासीको उचित बन्दोबस्त गर्न सांसदहरूको माग

काठमाडौं– प्रतिनिधिसभाको आजको बैठकमा श्रम संस्कृति पार्टीका सांसद हर्कराज राईले नेपाल–भारत

सभामुखलाई कांग्रेसको प्रश्न : रास्वपासँगको नाभी काट्न सक्नुभएको छैन कि क्या हो ?

काठमाडौं- नेपाली कांग्रेसले सभामुख डोल प्रसाद अर्यालको भूमिकाप्रति प्रश्न उठाएको

अतिविपन्न परिवारलाई सुरक्षित आवास बनाउँदै बागमती सरकार

बागमती– बागमती प्रदेश सरकारले प्रदेशका अतिविपन्न कम्तीमा एक हजार परिवारलाई

बाढीले बगाएको फोक्सिङटार पुल पुनर्निर्माणको पहल

खोटाङ- खोटेहाङ गाउँपालिकाले खोटाङ र उदयपुर जोड्ने सुनकोशीस्थित फोक्सिङटारमा पक्की