प्रहरीमाथि गाउँपालिका अध्यक्षको आमाचकारी, जनतालाई दुःख दिएको आरोप « Khabarhub

सामाजिक सञ्जालमा भाइरल

प्रहरीमाथि गाउँपालिका अध्यक्षको आमाचकारी, जनतालाई दुःख दिएको आरोप


२४ जेठ २०८२, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


2.8k
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – प्रहरीले जनतालाई दुःख दिएको आरोप लगाउँदै कोशी गाउँपालिकाका अध्यक्ष ऐयुब अन्सारीले तथानाम गाली गरेको भिडिओ सामाजिक सञ्जालमा भाइरल भएको छ ।

भिडिओमा प्रहरीमाथि असन्तुष्टि व्यक्त गर्दै गाउँपालिका अध्यक्ष तथानाम गालीगलोजमा उत्रिएको देखिन्छ ।

दूध किसानलाई प्रहरीले अनावश्यक दुःख दिएको गाउँपालिका अध्यक्ष अन्सारीले आरोप लगाइरहेका छन् । प्रहरीले पैसा असुल्ने काम गरिरहेको उनको आरोप छ ।

‘मेरो राजमा…घुस !’ अगाडि उनले भनेका छन्, ‘ जनता ल्याएर कुटेर…मारिदिन्छु अहिले म…‘पैसा उठाउने यहाँ…कोशीमा…जनतालाई दुःख दिन्छस्, मेरै नून खाएर…मेरै मान्छेलाई दुःख दिन्छ ।’

‘तेल माग्न जान्छ, तेल पनि दिऊँ, घुस माग्न जान्छ घुस पनि दिऊँ ? सबै कुरा दिऊँ…कुनै पुलिसलाई तेलसेल दिन्नँ म,’ थप आक्रामक हुँदै अन्सारीले बोलेका छन्‌, ‘चेक हुँदैन यहाँ, ट्राफिकको काम छैन यहाँ, जाऊ !’

गाउँपालिका अध्यक्ष बोलिरहेको भिडिओमा स्थानीयले समेत ट्राफिकले दुःख दिने गरेको गुनासो गर्दै गरेको सुनिन्छ ।

सामाजिक सञ्जाल प्रयोगकर्ताले गाउँपालिका अध्यक्ष अन्सारीलाई बहादुरको संज्ञा दिएका छन् । भिडिओमा मिश्रित प्रतिक्रिया दिएका अधिकांश सामाजिक सञ्जाल प्रयोगकर्ताले ‘जे बोलेको छ – ठीक बोलेको छ’ भनेका छन् ।

एक सामाजिक सञ्जाल प्रयोगकर्ता प्रतिक्रियामा लेख्छन्, ‘गाली गर्नु गलत हो । म पनि मान्छु यो कुरो । तर ट्राफिकले पनि हद गरेको छ । ओभरलोड भन्दै महिनावारी पैसा लिँदै…कुन चाहिँ गाडीवालाले पैसा कमाएको छ ? पैसा बाँड्दै ठिक्क हुन्छ । त्यो कुरो पनि विचार गर्नुस् । भण्टाबारीबाट इटहरी पुग्नलाई सात ठाउँ चेकिङ हुन्छ । लाइसेन्स चेक बिलबुक चेक भएर…लोड यो के हो ?’

‘त्यसै त बोल्दैन यो मान्छे सारै दुःख दियो कि के हो ?’ एक प्रयोगकर्ताले प्रतिक्रिया दिएका छन् ।

गाउँपालिका अध्यक्ष अन्सारीले पूर्व–पश्चिम महेन्द्र राजमार्गस्थित कोशी कटानमा रहेको अस्थायी प्रहरी बिट तथा अस्थायी ट्राफिक पोस्टमा पुगेर शुक्रबार दिउँसो प्रहरीलाई ज्यान मार्ने धम्की दिँदै तथानाम गाली गरेका हुन् । सामाजिक सञ्जालमा गाउँपालिका अध्यक्ष अन्सारीलाई ‘कानुनी कारबाही हुन्छ कि हुँदैन ?’ भनी प्रश्न पनि उठेको छ ।

सामाजिक सञ्जालमा भाइरल भिडिओ सुरक्षित छ । उक्त भिडिओ सुनसरी डायरी फेसबुक पेजमा प्रकाशित छ ।

प्रकाशित मिति : २४ जेठ २०८२, शनिबार  ५ : २३ बजे

स्वास्थ्य अवस्थाका कारण कृष्णबहादुर महराले सक्रिय राजनीतिबाट लिए विश्राम

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टीका नेता कृष्णबहादुर महराले स्वास्थ्य अवस्थालाई कारण

विश्वकपमा समूह चरणको पहिलो राउण्डका खेलहरू सकिए, मेसी सर्वाधिक गोलकर्ता

काठमाडौं- फिफा विश्वकप फुटबल अन्तर्गत समूह चरणको पहिलो राउण्डका खेलहरू

स्टार्टअपलाई दुई दिनभित्रै दर्ता गरिने, सरकारले ल्यायो ‘फास्ट ट्रयाक’ कार्ययोजना

काठमाडौं– नेपाल सरकारले उद्यमशीलता प्रवर्धन र लगानीको वातावरणमा सुधार गर्न

झोलामा खोलाको प्रवृत्ति अन्त्य गरेरै छाड्छु : ऊर्जामन्त्री श्रेष्ठ

काठमाडौं– ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठले झोलामा खोलाको

यस्तो छ अमेरिका-इरानबीच भएको १४ बुँदे समझदारीपत्र (पूर्णपाठ)

काठमाडौं- अमेरिका र इरानबीच युद्धविरामको अवधि थप गर्ने सहमति कार्यान्वयनमा