जेठ ३० गतेदेखि दलित गोलमेच सम्मेलन हुने | Khabarhub Khabarhub

जेठ ३० गतेदेखि दलित गोलमेच सम्मेलन हुने


२४ जेठ २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


174
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– यही जेठ ३० गतेदेखि काठमाडौंमा दलित गोलमेच सम्मेलन हुने भएको छ । आयोजक राष्ट्रिय दलित गोलमेच सम्मेलनले शनिबार पत्रकार सम्मेलन गरी पछिल्लो समयमा दलित समुदायमाथि उत्पीडन बढ्दै गएको उल्लेख गर्दै त्यसलाई रोक्न तथा मुक्तिका लागि सम्मेलनको आयोजना गरिएको जनाएको छ । सम्मेलन असार १ गतेसम्म काठमाडौँको प्रज्ञा प्रतिष्ठानमा हुने छ । 

सम्मेलनका संयोजक डा निर्मल विश्वकर्माले विश्व परिवेशमा गोलमेच सम्मेलनको अभ्यास भइसकेको सफल विधि भए पनि नेपालको लागि पहिलो हुने बताए। शदियौँदेखिको दलित समुदायमाथिको उत्पीडन र त्यसबाट मुक्तिको प्रयास वा सङ्घर्ष अभियानको समीक्षा गर्दै संयोजक विश्वकर्माले राज्यसत्तामा पूर्ण रुपमा समानुपातिक प्रतिनिधित्व, राज्यका स्रोतहरूमा हिस्सेदारी र धर्म सुधारलगायतका मुख्य ३ वटा एजेन्डामा बहस हुने संयोजक विश्वकर्माले जानकारी दिए। 

सम्मेलनका सचिवालय सदस्य तथा प्रवक्ता राजेश मयाल विक (अग्नी शिखा)ले देशका ७ प्रदेश र ७७ वटै जिल्लाहरुबाट सम्मेलनका लागि काठमाडौं आउने क्रम जारी रहेको बताए। उनले सम्मेलन दलित मुक्तिको लागि कोसेढुङ्गा सावित हुने विश्वास व्यक्त गरे । 
    
राष्ट्रिय दलित गोलमेच सम्मेलन मूल आयोजक समिति सचिवालय सदस्य राजेश नेपालीले सात दशक लामो दलित आन्दोलन र संविधान सभाबाट निर्मित २०७२ को संविधान कार्यान्वयनको १० वर्षीय समीक्षा गर्दै वैचारिक र नवीन आन्दोलनको आवश्यकता रहेको बताए। 

प्रकाशित मिति : २४ जेठ २०८२, शनिबार  ५ : ०५ बजे

दुई अर्धशतक र आदिलको उत्कृष्ट पुनरागमनसँगै नेपालले जित्यो ऐतिहासिक सिरिजको उपाधि

काठमाडौं- लगातार दुई खेल जित्दै नेपालले टेस्ट राष्ट्र वेस्ट इण्डिजसँगको

सुनकोशीमा पुल नहुँदा खोटाङ जानेलाई सास्ती

उदयपुर- सुनकोशी नदीमा पुल नहुँदा यात्रुहरूलाई सास्ती भएको छ ।

करेन्ट लागेर महिलाको मृत्यु

कञ्चनपुर- कञ्चनपुरको पुनर्वास नगरपालिका–१० देरालीटोलमा करेन्ट लागेर एक जनाको मृत्यु

मधेसमा दशैं – प्रदेशभरका शक्तिपीठमा पूजाअर्चना र मेला

धनुषाधाम– मधेस प्रदेशका आठ वटै जिल्लामा बडादशैंको रौनक छाएको छ

आशिफ शेख र सन्दीप जोराले अर्धशतक हानेपछि वेस्ट इन्डिजलाई नेपालले दियो १७४ रनको लक्ष्य

काठमाडौं- वेस्ट इन्डिजविरुद्धको युनिटी कप टी २० आई सिरिजअन्तर्गत दोस्रो