स्पेनको वृद्धाश्रममा आगलागी : एक जनाको मृत्यु, १९ घाइते « Khabarhub

स्पेनको वृद्धाश्रममा आगलागी : एक जनाको मृत्यु, १९ घाइते


२४ जेठ २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– स्पेनको उत्तरपूर्वी सहर जारागोजास्थित एक वृद्धाश्रममा शुक्रबार राति आगलागी हुँदा ९३ वर्षीय वृद्धको ज्यान गएको छ भने कम्तीमा १९ जना धुवाँको असरबाट घाइते भएका छन् ।

स्थानीय आपतकालीन सेवाहरूका अनुसार आगो राति करिब ११ बजे वृद्धाश्रमको भुइँतल्लामा रहेको एक कोठाबाट सुरु भएको थियो । वृद्धको घटनास्थलमै मृत्यु भएको हो भने अन्य घाइतेहरूलाई उपचारका लागि अस्पताल लगिएको जनाइएको छ ।

वृद्धाश्रममा १३२ जना बसोबास गरिरहेका थिए । उद्धार कार्यमा आपतकालीन सेवाका कर्मचारीसँगै स्थानीय बासिन्दाहरूले पनि सक्रिय भूमिका खेलेका थिए । स्थानीय सञ्चारमाध्यमहरूका अनुसार केही बासिन्दालाई झ्याल फोरेर बाहिर निकालिएको थियो ।

प्रहरीले घटनाबारे अनुसन्धान थालेको छ। प्रारम्भिक अनुमानअनुसार अक्सिजन ट्याङ्की विस्फोटपछि आगो लाग्न सक्ने सम्भावना रहेको बताइएको छ ।

प्रकाशित मिति : २४ जेठ २०८२, शनिबार  ६ : १७ बजे

इरानमा फेरि ठूलो सैन्य कारबाहीको तयारी गर्दै अमेरिका

वासिङ्टन- अमेरिकाले इरानमा फेरि ठूलो सैन्य कारबाहीको तयारी थालेको समाचार संस्था

हराउँदै ढिँकीको ‘ढुक…ढुक…’

लमजुङ– कुनै समय लमजुङका गाउँमा बिहानको सन्नाटालाई ढिँकीको ‘ढुक…ढुक…’ आवाजले

नोबेल शान्ति पुरस्कारमा ट्रम्पको दाबी

एजेन्सी– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सन् २०२६ को नोबेल शान्ति

सरकार गठन भएको ५५ दिनसम्म पनि बजेट नल्याएकामा कांग्रेसको आपत्ति

सुदूरपश्चिम– नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेश संसदीय दलले आपत्ति जनाएको छ । सरकार

‘राज्य, निजी क्षेत्र र समग्र समाजको साझा राष्ट्रिय संकल्पबाट मात्र समृद्ध नेपाल निर्माण सम्भव’

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले समृद्ध नेपाल निर्माण सरकार वा कुनै