खोलामा डुबेर बालिकाको मृत्यु « Khabarhub

खोलामा डुबेर बालिकाको मृत्यु


२४ जेठ २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


99
Shares
  • change font
  • change font
  • change font

मध्यविन्दु – नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिवेणी गाउँपालिका–५ देउरालीस्थित खोलामा डुबेर एक बालिकाको आज मृत्यु भएको छ । स्थानीय विनयी खोला र खग्रास खोलाको दोभानमा पौडी खेल्ने क्रममा डुबेर उमादेवी रखालकी ८ वर्षीय छोरी रोषना रखालको मृत्यु भएको हो ।

डुबेर अचेत भएकी बालिकालाई स्थानीयले उद्धार गरी मध्यविन्दु प्रादेशिक अस्पताल डण्डा ल्याएकामा चिकित्सकले मृत घोषित गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक मधु नेपालले बताए।

चार–पाँचजना बालबालिकाहरू पौडी खेल्न गएकामा रोषना डुबेको जनाइएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २४ जेठ २०८२, शनिबार  ९ : ५८ बजे

मौसम खुलेपछि अन्नपूर्ण आधार शिविरमा पर्यटक भरिभराउ

कास्की– विश्वप्रसिद्ध अन्नपूर्ण आधार शिविर (एबीसी) पदयात्रामा जाने पर्यटकको सङ्ख्या

गगनले अघि सारे ‘राष्ट्रिय पुनर्जागरण र समुन्नतिको आगामी दशक’को दृष्टिकोण

काठमाडौँ– नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले देश, लोकतन्त्र र कांग्रेसको

विश्व अण्डा दिवसमा नेपालमा सप्ताहव्यापी कार्यक्रम

चितवन– अण्डाको पोषण तथा स्वास्थ्यसम्बन्धी महत्वबारे जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले

यूईएफए नेसन्स लिग : नर्वेमाथि पोचुगलको जित

काठमाडौँ– यूईएफए नेसन्स लिगमा पोर्चुगलले नर्वेलाई हराएको छ । गएराति

सलमानजस्तै देखिने सुफयान को हुन् ? बलिउडमा बढ्यो चर्चा

बलिउडमा कलाकारका सन्तान चर्चामा आउनु सामान्यजस्तै हो। कसैले अभिनयमा डेब्यु