बूढानीलकण्ठ नगरपालिका : स्वास्थ्य क्षेत्रमा यसरी गर्दैछ सुधारको प्रयास | Khabarhub Khabarhub

बूढानीलकण्ठ नगरपालिका : स्वास्थ्य क्षेत्रमा यसरी गर्दैछ सुधारको प्रयास


२३ असार २०८२, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– काठमाडौंको बूढानीलकण्ठ नगरपालिकाले चालु आर्थिक वर्ष २०८१–८२ मा स्वास्थ्य क्षेत्रमा उल्लेखनीय काम गर्न सफल भएको छ ।

नगरपालिकाले विपन्न नागरिक औषधोपचार सेवादेखि विद्यालयमा लागुऔषधसम्बन्धी सचेतना र प्रशिक्षणमूलक कार्यक्रम सञ्चालन गर्दै आएको छ । यो वर्ष नगरपालिकाले ११ करोड ३० लाख रुपैयाँ बजेट विनियोजन स्वास्थ्यक्षेत्रमा गरेको थियो ।

विपन्न नागरिक औषधोपचार सेवामार्फत् नगरका १ सय ७६ जना विपन्न बिरामीले १ लाख रुपैयाँ बराबरको उपचार सेवा पाएका छन् । चालु आर्थिक वर्षमा ८० जना क्यान्सरका बिरामीले उक्त सेवा लिएका छन् ।

त्यस्तै मुटुरोगका बिरामी २३ जना, मिर्गौलाका ३६ जना, स्पाइनल एञ्जुरीका तीन जना र एक जना हेडइञ्जुरीको बिरामीले उक्त सेवा लिएको नगरपालिकाका स्वास्थ्य महाशाखा प्रमुख जनस्वास्थ्य अधिकृत कुमारप्रसाद दाहालले जानकारी दिए ।

स्वास्थ्य शाखाका अनुसार क्यान्सर, पक्षघात, मेरुदण्डलगायत घातक रोगका बिरामीले उपचार खर्चबापत् पाउने मासिक ५ हजार रुपैयाँ पनि वडाको सिफारिसका आधारमा प्राप्त गर्दै आएका छन् ।

कुष्ठ र क्षयरोगमा उल्लेखनीय काम

नगरको स्वास्थ्य शाखाले कुष्ठरोग, क्षयरोगलगायत सरुवा रोग तथा नसर्ने रोग नियन्त्रणका लागि कार्यक्रम गर्दै आएको छ ।

स्वास्थ्य शाखाकी क्षयरोग कार्यक्रम संयोजक प्रतिभा रेग्मीका अनुसार एकपटक क्षयरोग मुक्त पालिका घोषणा भइसकेको बुढानीलकण्ठमा गत वर्ष ६ सय जनाको स्वास्थ्य परीक्षण गर्दा ४ जनामा पोजेटिभ देखिएको थियो ।

यस वर्ष फेरि शङ्का लागेका ७ सय ३२ जनाको स्वास्थ्य परीक्षण गर्दा कसैलाई पनि क्षयरोग नभएको संयोजक रेग्मीले बताइन् ।

रेग्मीका अनुसार नगरपालिकाले विभिन्न संस्थाको सहयोगमा झण्डै १ सय बढी कुष्ठरोगी तथा उनीहरूको परिवारलाई आश्रय दिएको छ । उनीहरूको उचित उपचार तथा सरसफाइ र पौष्टिक आहारको समेत व्यवस्था भइरहेको संयोजक रेग्मीले बताइन् ।

विद्यार्थी र शिक्षकलाई जनचेतना तालिम

नगरमा १९ वटा सामुदायिक विद्यालय छन् । झण्डै २ सय निजी विद्यालय । सबै सामुदायिक विद्यालय र केही निजी विद्यालयका शिक्षक तथा विद्यार्थीका लागि चेतनामूलक कार्यक्रम गर्ने गरिएको जनस्वास्थ्य अधिकृत उपमा दाहालले बताइन् ।

उनका अनुसार लागुऔषधबारे शिक्षकलाई प्रशिक्षणसँगै सचेत गराइएको छ । विद्यार्थीको चेतना वृद्धिका लागि डेंगीबारे हप्तामा एउटा कक्षा राखिएको छ । जसअन्तर्गत हरेक शनिबार ‘खोज र नष्ट गर’ अभियान सञ्चालन गरिएको छ ।

त्यस्तै मुटुरोग विशेषज्ञ डा. भगवान कोइराला नेतृत्वको टोलीद्वारा हरेक विद्यालयमा विद्यार्थीको मुटुरोगसम्बन्धी परीक्षण गरिएको अधिकृत दाहालले जानकारी दिइन् । विद्यार्थीमा नाक, कान, घाँटीसम्बन्धी रोगको परीक्षणसमेत गरिएको छ ।

आ.व. २०८२–८३ मा स्वास्थ्य क्षेत्रका लागि १२ करोड बढी

नगरले आगामी आर्थिक वर्ष २०८२–८३ का लागि स्वास्थ्य क्षेत्रमा १२ करोड ८५ लाख ८० हजार रुपैयाँ विनियोजन गरेको छ ।

सुशासनमा जोड

बुढानीलकण्ठले सुशासन, प्रशासन र सेवा प्रवाहलाई केन्द्रबिन्दु बनाएर काम गरिहरेको जनाएको छ ।

जनताको सहज पहुँच र प्रविधिमैत्री सेवा प्रवाहलाई प्राथमिकता दिँदै नगरवासीको आवश्यकता पूरा गर्न स्थानीय सरकारको बलियो उपस्थिति छ । १० वटा महाशाखा रहेको नगरपालिकामा २९ शाखा छन् ।

१३ वटा वडा कार्यालय रहेको नगरपालिकाका सवै वडामा स्वास्थ्य संस्था सञ्चालित छन् । शिक्षा, कृषि, खेलकुद क्षेत्रमा राम्रो काम गर्दै आएइरहेको नगरपालिकाले विगत ३ वर्षदेखि संघीय सरकारको स्थानीय तह संस्थागत क्षमता स्वमूल्यांकन प्रणालीअनुसार राम्रो अंक प्राप्त गरिरहेको छ ।

जस अन्तर्गत आर्थिक वर्ष २०७८-०७९ मा नगरपालिकाले ८० दशमलव २५ प्रतिशत अंक प्राप्त गरेको थियो भने आर्थिक वर्ष २०७९÷०८० मा ८३ प्रतिशत अंक प्राप्त गरेको थियो यो अंक बर्सेनि बढ्दै गइरहेको नगरपालिकाले जनाएको छ ।

त्यस्तै स्वास्थ्य क्षेत्रमा पनि राम्रो काम गरिरहेको नगरपालिका स्वास्थ्य महाशाखा प्रमुख जनस्वास्थ्य अधिकृत कुमारप्रसाद दाहालले बताए ।

प्रकाशित मिति : २३ असार २०८२, सोमबार  ७ : ०८ बजे

लापसे गरी सवारी चलाएका नौ चालक बनेपा प्रहरीको नियन्त्रणमा

काठमाडौँ – लागुपदार्थ सेवन (लापसे) गरी सवारीसाधन चलाइरहेका नौ चालकलाई

गाजामा इजरायलको क्रुरता : पाँच वर्ष मुनिका १२ हजार बालबालिका चरम कुपोषणले छट्पटाउँदै

एजेन्सी – गाजापट्टीमा उग्रवादी सङ्गठन हमास निमिट्यान्न पार्ने बहानामा इजरायलले

बहादुरसिंह लामाले पनि बानियाँलाई मत दिएपछि…

काठमाडौँ – नेपाली कांग्रेसका शीर्ष नेताहरूले संयुक्त निर्णय गरेर बागमती

कारागार व्यवस्थापनमा सुधार गर्न आयोगको निर्देशन

काठमाडौँ – राष्ट्रिय मानव अधिकार आयोगले कारागार व्यवस्थापन र कारागारभित्रको

सुक्खाग्रस्त सङ्कट झेलेका पर्साका कृषकलाई मलखादको पिरलो

वीरगञ्ज (पर्सा) : पर्साको जिराभवानी गाउँपालिका–५ कुडौलीका कृषक अलखदेवप्रसाद थारूले