लहानमा ९० जना सुत्केरी र गर्भवतीलाई पोषण सामग्री वितरण « Khabarhub

लहानमा ९० जना सुत्केरी र गर्भवतीलाई पोषण सामग्री वितरण


२२ भाद्र २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

सिरहा– मातृ तथा नवजात शिशुको स्वास्थ्य प्रवर्द्धन गर्ने उद्देश्यले यहाँको लहान नगरपालिका–१८ का ९० जना सुत्केरी र गर्भवतीलाई पोषण सामग्री वितरण गरिएको छ । नगरप्रमुख महेशप्रसाद चौधरीले आइतबार एक कार्यक्रमबीच पोषण सामग्री वितरण गरेका हुन् । 

नगरपालिकाले प्रत्येक महिना फरक–फरक वडामा पुगेर यस्तो कार्यक्रम सञ्चालन गर्दै आएको छ । पोषण ‘प्याकेज’मा चामल, दाल, नुन, तेल, चनालगायत खाद्य सामग्रीका साथै लामखुट्टेको टोकाइबाट हुने डेङ्गीलगायत रोगबाट बच्न झूलसमेत प्रदान गरिन्छ ।

नगरप्रमुख चौधरीले भने, ‘गर्भवती र सुत्केरीको स्वास्थ्य सुरक्षा गर्नु हाम्रो प्रमुख प्राथमिकता हो । यस्ता कार्यक्रममार्फत उनीहरूको पोषणस्तर सुधार गर्नाका साथै स्वास्थ्य सेवामा सहज पहुँचका लागि काम गरिरहेका छौँ । आगामी दिनमा यसलाई अझ प्रभावकारी ढङ्गले विस्तार गरिनेछ ।’

नगर स्वास्थ्य शाखाप्रमुख विन्देश्वर चौधरीका अनुसार पोषण प्याकेज नियमित स्वास्थ्य परीक्षण गराउने महिलालाई लक्षित गरेर वितरण गरिएको हो । 

महिला स्वास्थ्य स्वयंसेविकाले वडामा रहेका गर्भवती र सुत्केरीको प्रारम्भिक तथ्याङ्क सङ्कलन, व्यवस्थापन तथा सेवा सहजीकरणमा महत्त्वपूर्ण भूमिका खेलेको उनले बताए । 
 

प्रकाशित मिति : २२ भाद्र २०८२, आइतबार  ६ : १९ बजे

पछिल्लो २४ घण्टामा कास्कीको पञ्चासेमा सबैभन्दा बढी वर्षा

काठमाडौं– पछिल्लो २४ घण्टामा कास्कीको पञ्चासे क्षेत्रमा सबैभन्दा बढी १८९

आपत्कालीन अवस्थामा रोकथाम, तयारी र प्रतिकार्य केन्द्रमा राख्नुपर्छ : परराष्ट्रमन्त्री खनाल

काठमाडौं– परराष्ट्रमन्त्री शिशिर खनालले महामारी तथा जनस्वास्थ्य आपतकालको रोकथाम, तयारी र

देशभर अधिकांश निर्वाचन क्षेत्रमा आज कांग्रेसको क्षेत्रीय अधिवेशन हुँदै

काठमाडौं– नेपाली कांग्रेसको महाधिवेशनअन्तर्गत आज अधिकांश सङ्घीय निर्वाचन क्षेत्र र

पहिरोले घर पुरिँदा एक जनाको मृत्यु

बागलुङ– बिहीबारदेखि परेको अविरल वर्षाका कारण ताराखोलामा एक जनाको पहिरोमा

उर्लियो कालीगण्डकी, मोदीवेणीमा चेतावनी तह नाघ्यो (तस्बिरहरू)

बागलुङ- निरन्तरको भारी वर्षाका कारण कालीगण्डकी नदीमा पानीको बहाव बढेपछि नदी