बागमती प्रदेशसभा बैठक बस्दै « Khabarhub

बागमती प्रदेशसभा बैठक बस्दै


२३ असार २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

बागमती– बागमती प्रदेशसभा बैठक आज (सोमबार) बस्दैछ । बैठकमा बागमती प्रदेश सरकारद्वारा प्रस्तुत आगामी आर्थिक वर्ष २०८२–०८३ को बजेटमाथि छलफल जारी राख्ने कार्यसूची छ ।

यही असार १ गते बसेको प्रदेशसभा बैठकमा प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री कुन्दनराज काफ्लेले आगामी आव २०८२–०८३ को नीति तथा कार्यक्रम कार्यान्वयनका लागि ६७ अर्ब ४७ करोड ७३ लाख २७ हजार रुपैयाँको बजेट प्रदेशसभा समक्ष प्रस्ताव गरेका थिए । सो बजेटमाथि असार २० गतेदेखि प्रदेशसभा बैठकमा छलफल जारी छ ।

आइतबार बसेको प्रदेशसभा बैठकमा २३ जना प्रदेशसभा सदस्यहरुले सरकारद्वारा प्रस्तुत बजेटमाथि आफ्ना धारणा राखेका थिए । प्रदेशसभा सचिवालयका सचिव रामकुमार पौडेलका अनुसार बोल्न बाँकी प्रदेशसभा सदस्यहरुले सोमबार धारणा राख्ने छन् ।

बजेट वक्तव्यमाथि छलफल गरेर विनियोजन विधेयक पेस गरे पनि प्रतिपक्षी दलले बजेटको पूरक प्रस्ताव माग गरेपछि स्थगित भएको थियो ।

शनिबार बिहानै दलहरुबीच छलफल गरेपनि सहमति जुट्न नसकेपछि अन्ततः सरकारले शनिबार साँझ प्रदेशसभामा बजेटको पूरक प्रस्ताव दर्ता गराएको थियो ।

यसैबीच, नेपाली कांग्रेस संसदीय दलले आफ्ना प्रदेशसभा सदस्यलाई ह्वीप जारी गरेको छ । संसदीय दलका प्रमुख सचेतक गोविन्द लम्सालले प्रदेशसभा बैठकमा अनिवार्य रूपमा उपस्थित हुन र पार्टीको निर्देशनअनुसार मतदान गर्न निर्देशन दिएका छन् ।

प्रकाशित मिति : २३ असार २०८२, सोमबार  ९ : ०३ बजे

भोटेकोशी बाढी : एक हजार २९३ शव फेला

काठमाडौं– रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण आज अपराह्नसम्म एक

चीनले नेपालसँग जलविज्ञान अनुगमनसम्बन्धी सूचना निरन्तर आदानप्रदान गर्ने

काठमाडौँ- चीनले नेपालसँग आपत्कालीन जलविज्ञान अनुगमनसम्बन्धी सूचना निरन्तर आदानप्रदान गर्ने

बाढीका कारण प्रभावित १३ हजारभन्दा बढीको उद्धार

काठमाडौं– रसुवाको भोटेकोशीमा आएको बाढीका कारण प्रभावित १३ हजारभन्दा बढीको

सुरुङबाट उद्धार गरिएका दुवैको आईसीयूमा उपचार हुँदै, कबीरले सुरुमा चिनेनन् आफन्त

काठमाडौं– रसुवास्थित त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङबाट जीवित उद्धार गरिएका

दोस्रो विश्वयुद्धपछि इटालीमा सबैभन्दा लामो समय प्रधानमन्त्रीको पद सम्हाल्ने कीर्तिमान मेलोनीको नाममा

काठमाडौं- जर्जिया मेलोनीले दोस्रो विश्वयुद्धपछि इटालीमा सबैभन्दा लामो समय प्रधानमन्त्रीको