काभ्रे पूर्णखोप सुनिश्चित जिल्ला घोषणा « Khabarhub

काभ्रे पूर्णखोप सुनिश्चित जिल्ला घोषणा


२३ असार २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काभ्रे– काभ्रे पूर्णखोप सुनिश्चित जिल्ला घोषित भएको छ । काभ्रेका १३ वटै स्थानीय तह पूर्णखोप सुनिश्चितता प्रक्रिया पूरा भएपछि जिल्लालाई पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा गरिएको हो ।

बागमती प्रदेशको तेस्रो पूर्ण खोप सुनिश्चित जिल्लाका रुपमा काभ्रेलाई आइतबार सदरमुकाम धुलिखेलमा घोषणा गरियो ।

जिल्ला खोप समन्वय समितिका संयोजकसमेत रहेका जिल्ला समन्वय समितिका प्रमुख दीपक गौतम, बागमती प्रदेश स्वास्थ्य मन्त्रालयका सचिव डा सुमित्रा गौतम, बागमती प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डा. नरेन्द्रकुमार झाले काभ्रेलाई पूर्णखोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा गरी जिल्लास्थित जनस्वास्थ्य कार्यालयलाई प्रमाणपत्र हस्तान्तरण गरे ।

चालु आर्थिक वर्षको चैतसम्मको अवधिमा १६ देखि २३ महिनासम्म उमेरका चार हजार दुई सय ४१ बालबालिका तथा १५ महिनासम्मका चार हजार दुई सय ५० बालबालिकाले खोप पाएको सुनिश्चित गरेपछि पूर्णखोप सुनिश्चितता जिल्ला घोषणा गरिएको जनाइएको छ ।

यसअघि विभिन्न मितिमा जिल्लाका १३ तहलाई पूर्णखोप सुनिश्चितता घोषणा गरिएको थियो । जनस्वास्थ्य कार्यालय प्रमुख रागीश्री कक्षपतिका अनुसार नमोबुद्ध नगरका चार सय १७, भुम्लुका एक सय ४२, मण्डनदेउपुर नगरका दुई सय ३६, महाभारतको चार सय ६५, पाँचखालका चार सय ४३, पनौतीका ६ सय १० तथा तेमाल गाउँपालिकाको एक सय १३ बालबालिकाले पूर्णखोप पाएका छन् ।

यसैगरी धुलिखेल नगरका चार सय २८, बनेपाका सात सय ५८, खानीखोलाका दुई सय २५, रोशीका एक सय ९१, बेथानचोकका एक सय ४६ र चौँरीदेउरालीका ६७ बालबालिकाले पूर्णखोप पाएको कार्यालयले जनायो ।

कार्यालयका अनुसार खोप सुनिश्चितता गर्न स्थानीय स्वास्थ्य स्वयंसेविकाका र स्वास्थ्यकर्मीले घरदैलो गरेका थिए ।

कार्यक्रममा स्थानीय तहका खोप कार्यकर्ता तथा जनस्वास्थ्यकर्मीलाई सम्मानसमेत गरियो । सो अवसरमा पूर्णखोप सुनिश्चितता र यसको दिगोपनाका लागि प्रतिबद्धता जाहेर गर्दै हस्ताक्षर गरिएको थियो । (रासस) 

प्रकाशित मिति : २३ असार २०८२, सोमबार  ९ : ४१ बजे

७५ वर्ष अघिका कांग्रेस १५ औँ महाधिवेशनमा सहभागी : मातृकाले बनाएका थिए सदस्य

काठमाडौँ – नेपाली कांग्रेसको जारी १५औँ महाधिवेशनको मञ्चमा एकाएक ७५

महाधिवेशनबाट गगन कांग्रेसको स्वीकार्य सभापति बन्ने एमाले महासचिवको विश्वास

काठमाडौं- नेकपा एमालेका महासचिव शंकर पोखरेले गगन थापा नै १५औं

कांग्रेसद्वारा ज्येष्ठ सदस्य मथुराप्रसाद श्रेष्ठलाई सम्मान

काठमाडौं– नेपाली कांग्रेसले पार्टीको सबैभन्दा पुरानो पार्टीको सदस्यता लिएका प्रजातन्त्र

बजेट प्रभावकारी रूपमा कार्यान्वयन गर्न मुख्यमन्त्री आचार्यको निर्देशन

दाङ– लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले स्वास्थ्य क्षेत्रमा विनियोजन भएको

रवि लामिछाने दलहरूलाई एक ठाउँमा ल्याउन प्रयत्न गर्नुहुन्छ, सरकार गर्दैन : महासचिव पोखरेल

काठमाडौं– नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति