देशभरका अस्पतालमा आकस्मिकबाहेकका सबै सेवा ठप्प, बिरामी मर्कामा  « Khabarhub

देशभरका अस्पतालमा आकस्मिकबाहेकका सबै सेवा ठप्प, बिरामी मर्कामा 


२३ असार २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


96
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– उपभोक्ता अदालतको फैसलाबिरुद्ध आन्दोलनरत नेपाल चिकित्सक संघले सोमबार देशभरका अस्पताल तथा स्वास्थ्य संस्थामा आकस्मिकबाहेकका सम्पूर्ण सेवा ठप्प पारको छ । 

उपचारमा लापरबाही गर्ने डाक्टर र अस्पतालहरूलाई उपभोक्ता अदालतले क्षतिपूर्ति तिराउन थालेपछि सङ्घले चरणबद्ध आन्दोलन थालेको हो ।

देशभरका डाक्टर तथा स्वास्थ्यकर्मीहरुले अघिल्लो हप्तादेखि हातमा कालोपट्टी बाँधेर काम गर्दै आएकोमा सङ्घले आज आकस्मिक बाहेकका सेवा बन्द गरेको हो । सङ्घले चिकित्सकीय मुद्दा हेर्ने अधिकार मेडिकल काउन्सिलमा मात्रै सीमित गरिनुपर्ने माग गर्दै आवश्यक परे थप कडा आन्दोलनका कार्यक्रम ल्याउने चेतावनीसमेत दिएको छ । डाक्टरहरूको आन्दोलनका कारण बिरामी मर्कामा परेका छन् । 

नेपाल चिकित्सक संघका महासचिव डा. सन्जिव तिवारीलाई अदालतको अवहेलना गरेको भन्दै पाटन उच्च अदालतले सात दिनभित्र अदालतमा उपस्थित हुन भनेपछि चिकित्सकहरूले आन्दोलन सुरु गरेका हुन् । 

नेपाल चिकित्सक संघको आह्वानमा भएको यो आन्दोलनमा नौ वटा स्वास्थ्य संस्थाले ऐक्यबद्धता जनाएका छन् ।

प्रकाशित मिति : २३ असार २०८२, सोमबार  १२ : १८ बजे

निर्धारित समयमा हुन सकेन चेसको राष्ट्रिय च्याम्पियनसिप छनोट

काठमाडौँ – नेपाल बुद्धिचाल महासङ्घको आन्तरिक विवादको असर झापामा ११

रामायण सर्किट बन्न सक्छ नेपाल-भारत सम्बन्धको सेतु

नेपाल–भारत मैत्री सम्बन्धका कतिपय अपरिहार्य तत्त्वमध्ये सांस्कृतिक समानतालाई प्रमुख घटकका

लुम्बिनी प्रदेशसभा बस्दै, नीति तथा कार्यक्रममाथि छलफल हुने

लुम्बिनी– लुम्बिनी प्रदेशसभाको आठौँ अधिवेशनअन्तर्गत सातौँ बैठक आजदेखि आगामी आर्थिक

कानुनी झमेलामा पर्दै युवा कमेडियन

काठमाडौँ- नेपालमा कमेडी विधा बाउन्स ब्याक भएको अवस्थामा छ ।

हावाहुरीले घर भत्किँदा एक महिलाको मृत्यु

रौतहट– रौतहटमा सोमबार साँझ आएको हावहुरीले घर भत्किएर थिच्दा एक