साम्बाले भनिन्- उज्वेकिस्तानसँग पेनाल्टीमा चुकेको कुराले पछिसम्म पिरोलिरहनेछ « Khabarhub

साम्बाले भनिन्- उज्वेकिस्तानसँग पेनाल्टीमा चुकेको कुराले पछिसम्म पिरोलिरहनेछ


२३ असार २०८२, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


342
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाली राष्ट्रिय महिला फुटबल टोली उज्वेकिस्तानबाट फर्किएको छ । एएफसी क्वालिफायर प्रतियोगिता खेलेर नेपाली टोली सोमबार मध्यान्ह स्वदेश फर्किएको हो ।

नेपाली महिला टोलीले प्रतियोगिताभर उत्कृष्ट प्रदर्शन गरे पनि अन्तिम खेलको नतिजाले चुकचुकाउनु परेकव छ। खेललाई पेनाल्टीसम्म लगे पनि दुईवटा सट गोलमा परिणत नहुँदा नेपालले पीडा बोकेर फर्किनु परेको छ ।

सोमबार त्रिभुवन विमानस्थलमा ओर्लिएपछि नेपाली स्ट्राइकर सावित्री भण्डारी ‘साम्बा’ले चाहेअनुसारको नतिजा नआउँदा थकथकी लागेको बताइन् ।

त्रिभुवन विमानस्थलमा सञ्चारकर्मीलाई जवाफ दिने क्रममा निराश मुद्रामा देखिएकी उनले उज्वेकिस्तानविरुद्धको खेलको नतिजाले आफूहरूलाई खेलाडीका रुपमा भविष्यसम्म पिरोलिरहने बताइन् ।

‘तीन गोलले पछि पर्दा पनि हामीले अन्तिमसम्म फाइट गरेर खेललाई पेनाल्टीसम्म लग्यौँ तर हामी त्यहीँ चुक्दा निराश हुनुपरेको छ,’ उनले भनिन्, ‘हामीले अवसर पाएर पनि आफ्नो पक्षमा नतिजा ल्याउन सकेनौँ । यो खेलको कुराले खेलाडीका रुपमा हामीलाई भविष्यसम्म पिरोलिरहनेछ ।’

उक्त प्रतियोगिता खेल्न उज्वेकिस्तान पुग्दा त्यहाँको मौसममा केही असहज भए पनि श्रीलंका र लाओसविरुद्धको नतिजा शानदार आएको उनले बताइन् । उनले उज्वेकिस्तानविरुद्धको खेलमा सुरुवाती १० मिनेट टोलीले सम्हालिएर नखेल्दा समस्या भएको बताइन् । यद्यपि कोचबाट पाएको निरन्तरको मोटिभेशनले काम गरेको उनको भनाइ थियो ।

साम्बा आफैं पनि तीनवटै खेलको रात सुत्न नसकेको बताइन् । उनले कप्तानलाई लिएर भएको विवादकमा कारण केही समस्या देखिएको स्वीकारिन् । तर सबैले जिम्मेवारी निर्वाह गरेर खेलेको उनको भनाइ थियो।

उनले आफ्नो खेल जीवनकै ठूलो प्रतियोगिता खेल्न पाउँदा धेरै सिकेको पनि बताइन् । उज्वेकिस्तान नेपालभन्दा धेरै राम्रो टोली भएको बताउँदै उनले त्यहाँबाट धेरै कुरा सिकेर आएको सुनाइन् ।

प्रकाशित मिति : २३ असार २०८२, सोमबार  १२ : ४५ बजे

सोह्रश्राद्धमा सुनसान कागबेनी (तस्बिरहरू)

कागबेनी– सोह्रश्राद्धका बेला पितृतर्पणका लागि दैनिक हजारौँ तीर्थालु आउने मुस्ताङको

सडक दुर्घटना न्यूनीकरण चालकदेखि नागरिकसम्मको साझा जिम्मेवारी : प्रहरी प्रमुख

काठमाडौं– काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रमुख सुशीलसिंह राठौरले सडक दुर्घटना

सम्पदा संरक्षणका लागि आवश्यक कानुन निर्माणमा पहल गर्छु : सभामुख अर्याल

ललितपुर- प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्यालले नेवार समुदायको भाषा, कला, संस्कृति तथा

कांग्रेसलाई क्रान्तिभूमिको खबरदारी– शहीदको सन्देश नभुल्नू

ओखलढुङ्गा श्री चम्पादेवी र जलजलेश्वर महादेवको धार्मिक आस्थाले रक्षित पवित्र

जी-७ राष्ट्रद्वारा १० करोड ब्यारेल तेल बजारमा ल्याउने सहमति

एजेन्सी– विश्वव्यापी ऊर्जा आपूर्ति संकट र बढ्दो इन्धन मूल्यलाई नियन्त्रण