च्युरीबोटमा केन्द्रीय प्रसारण लाइनको बिजुली « Khabarhub

च्युरीबोटमा केन्द्रीय प्रसारण लाइनको बिजुली


२३ असार २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

म्याग्दी– म्याग्दीको मालिका गाउँपालिका–४ च्युरीबोटमा विद्युतीकरण भएको छ । 

नेपाल विद्युत् प्राधिकरणले सञ्चालन गरेको ‘उज्यालो म्याग्दी’ कार्यक्रमअन्तर्गत च्युरीबोटमा केन्द्रीय लाइनको विद्युत् सुविधा विस्तार भएको हो । प्राधिकरणको म्याग्दी वितरण केन्द्रका सूचना अधिकारी प्रकाश झाले च्युरीबोटका १३० घरमा विद्युतीकरण गरिएको जानकारी दिए । 

मुख्य, शाखा लाइनको पोल गाड्ने, तार तान्ने, एक सय केभिए क्षमताको ट्रान्सफर्मर जडानका साथै घरघरमा वायरिङ र मिटरबक्स जडान भएपछि विद्युत् आपूर्ति गराउन थालिएको उनले बताए।

च्युरीबोटका बासिन्दाले यसअघि उज्यालोका लागि दाजुङखोला लघुजलविद्युत् परियोजनाको विद्युत् प्रयोग गर्दै आएका थिए । केन्द्रीय लाइनको विद्युत् सुविधा भएपछि उज्यालोका साथै घरायसी काम, विद्यालयमा कम्प्युटर विषयमा पठनपाठन, मोबाइल, टेलिभिजनलगायत विद्युतीय उपकरण प्रयोग र इन्टरनेट सेवा प्रयोगमा सहज भएको च्युरीबोटका बासिन्दा रेशम पुनले बताए। 

म्याग्दीका १४ स्थानका दुई हजार १८३ घरधुरीमा राष्ट्रिय प्रसारण लाइनको विद्युत् सुविधा विस्तारका लागि प्राधिकरणले आर्थिक वर्ष २०८०-८१ देखि रु २२ करोड बजेटको योजना सञ्चालन गरेको छ । 

यस योजनामार्फत यसअघि मालिका गाउँपालिका–१ निस्कोट, २ रुम, ३ डाडागाउँ, पात्ले, वडा नं ४ ओखरबोटका ६००, धवलागिरि गाउँपालिकाको मलम्पारका ६० र बुलका ३० घरमा विद्युतीकरण भइसकेको छ । 

धवलागिरि गाउँपालिकाको लुलाङमा मिटरबक्स जडानको काम भइरहेको छ । मालिका गाउँपालिकाको महभिर र धवलागिरि गाउँपालिकाको मल्कवाङमा विद्युतीकरणको काम अन्तिम चरणमा पुगेको नेपाल विद्युत् प्राधिकरण बेनी वितरण केन्द्रका प्रमुख सत्यनारायण गामीले बताए । 

प्रकाशित मिति : २३ असार २०८२, सोमबार  १ : १८ बजे

कांग्रेस बैठकमा आज १७ जनाले राखे धारणा, भोलि पुनः बस्ने

काठमाडौं – नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक भोलि दिउँसो

प्रधानमन्त्री बालेनले असोज ८ गते राष्ट्रसंघको महासभामा सम्बोधन गर्ने

काठमाडौं- प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) ले असोज ८ गते संयुक्त

बाढीपहिरो प्रभावित क्षेत्रमा उद्धारसँगै सडक खुलाउन मुख्यमन्त्रीको निर्देशन

धनगढी– सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले बाजुरा र बैतडी जिल्लाका

इन्जिनियर दम्पतीसहित छोराछोरी बेपत्ता, पर्खाइमा परिवार

बागलुङ– बागलुङ नगरपालिका–९ तित्याङका इन्जिनियर दम्पती राजेश शर्मा र प्रमिला