अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिलको सीईओमा सञ्जोग गुप्ता | Khabarhub Khabarhub

अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिलको सीईओमा सञ्जोग गुप्ता


२३ असार २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


198
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले सञ्जोग गुप्तालाई प्रमुख कार्यकारी अधिकृत (सीईओ) नियुक्त गरेको छ । 

आईसीसीका सातौँ सीईओका रूपमा नियुक्त गुप्ता भारतीय सञ्चारमाध्यम, मनोरञ्जन र खेल जगतका परिचित अनुहार हुन् । 

विभिन्न क्षेत्रको दुई दशक लामो अनुभव लिएका गुप्ता यसअघि ‘जियोस्टार’ का ‘सीईओ–स्पोट्र्स’ पदमा कार्यरत थिए । 

‘सञ्जोग गुप्तालाई आईसीसीको सीईयो नियुक्त गरिएको घोषणा गर्दा म खुशी छु,’ आईसीसीका अध्यक्ष जय शाहले भनेका छन्, ‘सञ्जोगसँग खेल र बिजनेसको व्यापक अनुभव छ । जुन आईसीसीका लागि फाइदाजनक हुनेछ ।’ 

गुप्ताले आफना्े करियरको सुरुवात एक पत्रकारका रूपमा गरेका थिए । सन् २०१० मा उनी स्टार इन्डिया (हाल जियोस्टार) मा आवद्ध भएका थिए । गुप्ता सन् २०२४ नोभेम्बर मा जियोस्टार स्पोर्ट्सका सीईओ नियुक्त भएका थिए ।

प्रकाशित मिति : २३ असार २०८२, सोमबार  ३ : ०० बजे

रवि लामिछाने जेल फर्कने

काठमाडौँ – शंकास्पद कागजात लिएर जेन-जी प्रदर्शनको मौका छोपी जेलबाट

दलाई लामाले दिए सुशीला कार्कीलाई बधाई

काठमाडौं– तिब्बतका धर्मगुरु दलाई लामाले नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीलाई बधाई

प्रधानमन्त्री कार्कीको नियुक्ति संविधानविपरीत : पत्रकार महासंघ

काठमाडौं– नेपाल पत्रकार महासंघले प्रधानमन्त्री सुशीला कार्कीको प्रधानमन्त्री पदमा भएको

संसद् विघटन फिर्ता लिन राष्ट्रपतिलाई ८ दलको आग्रह

काठमाडौं– आठ राजनीतिक दलहरूले राष्ट्रपति रामचन्द्र पौडेलसँग संसद् विघटनको निर्णय

प्रधानमन्त्रीले ट्रमा सेन्टर पुगेर घाइतेको स्वास्थ्यबारे लिइन् जानकारी

काठमाडौं- प्रधानमन्त्री सुशीला कार्कीले ‘जेनजी’ आन्दोलनमा घाइते भएका युवालाई भेटेर