प्रधानमन्त्री कार्कीको नियुक्ति संविधानविपरीत : पत्रकार महासंघ « Khabarhub

प्रधानमन्त्री कार्कीको नियुक्ति संविधानविपरीत : पत्रकार महासंघ


२८ भाद्र २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


807
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल पत्रकार महासंघले प्रधानमन्त्री सुशीला कार्कीको प्रधानमन्त्री पदमा भएको नियुक्तिलाई संविधानविपरितको प्रावधान भनेको छ ।

महासंघले संविधानविपरित नियुक्त प्रधानमन्त्रीले संसद् विघटनका लागि गरेको सिफारिस सदर गरिनुलाई जनमतको अपमान भएको ठहर गरेको छ ।  

‘हिजो राष्ट्रपतिबाट संविधानको प्रावधान विपरीत प्रधानमन्त्री नियुक्त गरियो, प्रधानमन्त्रीले मध्यरातमा गरेको प्रतिनिधि सभा विघटन सिफारिस सदर गरियो,’ महासंघका महासचिव रामप्रसाद दाहालद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘यसबाट जनमतको अपमान भएको छ । यो अलोकतान्त्रिक र असंवैधानिक कदमको महासंघ घोर निन्दा र भर्त्सना गर्दछ ।’

संविधानविपरितको कदमले लोकतान्त्रिक प्रणाली, संवैधानिक सर्वोच्चता, नागरिक अधिकार, मानव अधिकार, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतालगायत संविधानले व्यवस्थित गरेका गणतन्त्र, संघीयता, समावेशिताजस्ता उपलब्धिमा आघात पुग्ने महासंघको भनाइ छ ।

महासंघले भनेको छ, ‘महासंघ वर्तमान संविधान र यसबाट प्राप्त उपलब्धिको रक्षार्थ दृढतापूर्वक अगाडि बढन सबै पक्षलाई आह्वान गर्दछ ।’

प्रकाशित मिति : २८ भाद्र २०८२, शनिबार  ५ : १९ बजे

म्याग्दीका सबै स्थानीय तहमा कांग्रेसको नयाँ नेतृत्व चयन

म्याग्दी– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत म्याग्दीका सबै स्थानीय तहमा नेतृत्व

जलवायु वित्त तथा वन शासनमा आदिवासी जनजाति युवा तथा महिलाको भूमिका विषयक कार्यशाला सम्पन्न

सुर्खेत– नेपाल ग्रामीण पुनर्निर्माण संस्था (आरआरएन) अन्तर्गत सञ्चालित डिजिएम नेपाल

एक साताभित्र स्ट्रेट अफ होर्मुज खोल्न सकिने अमेरिकालाई इरानको प्रस्ताव

काठमाडौँ– इरानले एक साताभित्र स्ट्रेट अफ होर्मुज खोल्न सकिने अमेरिकासामु

एसियन गेम्समा सन्दीप र लोकेशकाे अर्धशतक : नेपालले जापानलाई दियो १५० रनको चुनौतीपूर्ण लक्ष्य

काठमाडौँ – ऐसियन गेम्स अन्तर्गत क्रिकेट प्रतिस्पर्धामा आयोजक जापानलाई नेपालले

एसियन गेम्स क्रिकेट : जापानविरुद्ध नेपालका सन्दीप जोराले बनाए अर्धशतक

काठमाडौँ – एसियन गेम्स अन्तर्गत क्रिकेट प्रतिस्पर्धामा आयोजक जापानविरुद्ध नेपालका