रवि लामिछाने जेल फर्कने « Khabarhub

रवि लामिछाने जेल फर्कने


२८ भाद्र २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


513
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – शंकास्पद कागजात लिएर जेन-जी प्रदर्शनको मौका छोपी जेलबाट बाहिर निस्किएका रवि लामिछाने फेरि जेल फर्कने भएका छन्‌ । लामिछाने सहकारी ठगीमा अदालतको आदेशले पुर्पक्षमा बसिरहेका कैदी हुन्‌ ।

गत मङ्गबार (भदौ २६ गते) जेन-जी प्रदर्शन क्रममा पार्टीकै नेताहरू सङ्लग्न भीडले नख्खु कारागार घेरेको मौका छोपी लामिछाने जेलबाट हिँडेका थिए ।

लामिछानेले जेलबाट निस्किएपछि २६ कारागार र सुधार गृहहरूमा तोडफोड गर्दै झण्डै १५ हजार कैदीबन्दी भागेका थिए ।

नागरिक तहबाट चर्को आलोचना भएपछि र नख्खु कारागार प्रशासनले तत्काल सम्पर्कमा आउन निर्देशन दिएपछि लामिछाने जेल फर्कन लागेका हुन्‌ । फरार भएका कैदीबन्दीलाई सम्पर्कमा आउन नख्खु कारागार प्रशासनले शुक्रबार सूचना जारी गरेको थियो ।

जन्मदिन काराबासमै !

लामिछानेले शनिबार परेको जन्मदिनको अवसरमै आफू नख्खु कारागार जान लागेको बताएका छन्‌ ।

‘संयोगले आज मेरो जन्मदिन परेछ । म आफूलाई जन्मदिनको उपहारस्वरूप फेरि कारागारमा पठाउँदैछु,’ फेसबुकमा भिडियो अपलोड गर्दै रविले भनेका छन् । पछिल्लो सरकारले आफूमाथि चरम राजनीतिक प्रतिशोध साँधेर आफ्ने ‘जिना हराम’ गरेको पनि उनको गुनासो छ ।

सर्वोच्च अदालतकी पूर्वप्रधानन्यायाधीश सुशीला कार्की अन्तरिम सरकारको प्रधानमन्त्री नियुक्त भएपछि अब आफूमाथि अन्याय नहुने आशासहित कारागार जान लागेको उनले तर्क गरेका छन्‌ ।

‘आज यस देशको नेतृत्वमा न्यायकी प्रतिमूर्ति स्वयम्‌ प्रधानमन्त्री बन्नुभएको छ। अब चाहिँ अन्याय हुन्न भन्ने आशासहित म कारागार जाँदैछु,’ उनले भिडियोमा भनेका छन् ।

यसअघि उनी आफू सचिवस्तरीय निर्णयबाट कारागारबाट बाहिर निस्किएको दाबी गरिरहेका थिए । तर, कारागार प्रशासनले भने हुलहुज्जतको स्थिति निम्त्याइ तत्कालै कागज बनाउन लगाइ लामिछाने जेलबाट गएको बताइसकेको छ ।

नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ)ले काठमाडौंका विभिन्न ठाउँका पर्खालमा ‘कैदी भागेको सूचना’ भन्दै रविको तस्बिर टाँस्ने अभियान चलाएका छन्‌ ।

प्रकाशित मिति : २८ भाद्र २०८२, शनिबार  ५ : ४३ बजे

बदनाम गर्न मविरुद्ध संगठित रूपमै अफवाह फैलाइयो : अर्थमन्त्री वाग्ले

काठमाडौँ – अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आफूविरुद्ध संगठित रूपमा अफवाह

एसीसी महिला प्रिमियर कपमा थाइल्यान्डले नेपाललाई दियो १३१ रनको चुनौती

काठमाडौँ – मलेसियामा जारी एसीसी महिला प्रिमियर कपमा थाइल्यान्डले नेपाललाई

सुकुम्वासीको नयाँ सङ्कट: आश्रयस्थलमा बढ्दै लागुऔषध दुर्व्यसनी

काठमाडौँ – थापाथलीस्थित बागमती नदी किनारबाट विस्थापित भई कीर्तिपुरको राधास्वामीस्थित

वसन्त ऋतुको हिमाल आरोहण सकियो, एक अर्ब २६ करोड राजस्व सङ्कलन

काठमाडौँ– सन् २०२६ को वसन्त ऋतुमा विश्वको सर्वोच्च शिखर सगरमाथासहित

०८३ को सुरुवात : दयनीय बक्स अफिस कलेक्सन

काठमाडौँ- ०८३ सालको सुरुवाती दुई महिना नबित्दै ११ वटा फिल्म