रवि लामिछाने जेल फर्कने « Khabarhub

रवि लामिछाने जेल फर्कने


२८ भदौ २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


513
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – शंकास्पद कागजात लिएर जेन-जी प्रदर्शनको मौका छोपी जेलबाट बाहिर निस्किएका रवि लामिछाने फेरि जेल फर्कने भएका छन्‌ । लामिछाने सहकारी ठगीमा अदालतको आदेशले पुर्पक्षमा बसिरहेका कैदी हुन्‌ ।

गत मङ्गबार (भदौ २६ गते) जेन-जी प्रदर्शन क्रममा पार्टीकै नेताहरू सङ्लग्न भीडले नख्खु कारागार घेरेको मौका छोपी लामिछाने जेलबाट हिँडेका थिए ।

लामिछानेले जेलबाट निस्किएपछि २६ कारागार र सुधार गृहहरूमा तोडफोड गर्दै झण्डै १५ हजार कैदीबन्दी भागेका थिए ।

नागरिक तहबाट चर्को आलोचना भएपछि र नख्खु कारागार प्रशासनले तत्काल सम्पर्कमा आउन निर्देशन दिएपछि लामिछाने जेल फर्कन लागेका हुन्‌ । फरार भएका कैदीबन्दीलाई सम्पर्कमा आउन नख्खु कारागार प्रशासनले शुक्रबार सूचना जारी गरेको थियो ।

जन्मदिन काराबासमै !

लामिछानेले शनिबार परेको जन्मदिनको अवसरमै आफू नख्खु कारागार जान लागेको बताएका छन्‌ ।

‘संयोगले आज मेरो जन्मदिन परेछ । म आफूलाई जन्मदिनको उपहारस्वरूप फेरि कारागारमा पठाउँदैछु,’ फेसबुकमा भिडियो अपलोड गर्दै रविले भनेका छन् । पछिल्लो सरकारले आफूमाथि चरम राजनीतिक प्रतिशोध साँधेर आफ्ने ‘जिना हराम’ गरेको पनि उनको गुनासो छ ।

सर्वोच्च अदालतकी पूर्वप्रधानन्यायाधीश सुशीला कार्की अन्तरिम सरकारको प्रधानमन्त्री नियुक्त भएपछि अब आफूमाथि अन्याय नहुने आशासहित कारागार जान लागेको उनले तर्क गरेका छन्‌ ।

‘आज यस देशको नेतृत्वमा न्यायकी प्रतिमूर्ति स्वयम्‌ प्रधानमन्त्री बन्नुभएको छ। अब चाहिँ अन्याय हुन्न भन्ने आशासहित म कारागार जाँदैछु,’ उनले भिडियोमा भनेका छन् ।

यसअघि उनी आफू सचिवस्तरीय निर्णयबाट कारागारबाट बाहिर निस्किएको दाबी गरिरहेका थिए । तर, कारागार प्रशासनले भने हुलहुज्जतको स्थिति निम्त्याइ तत्कालै कागज बनाउन लगाइ लामिछाने जेलबाट गएको बताइसकेको छ ।

नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ)ले काठमाडौंका विभिन्न ठाउँका पर्खालमा ‘कैदी भागेको सूचना’ भन्दै रविको तस्बिर टाँस्ने अभियान चलाएका छन्‌ ।

प्रकाशित मिति : २८ भदौ २०८२, शनिबार  ५ : ४३ बजे

जेडी भान्सको राष्ट्रपति उम्मेदवारीबारे अहिले नै भन्नु हतार हुन्छ : ट्रम्प

काठमाडौं – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उपराष्ट्रपति जेडी भान्सको भावी

दसैँका लागि सेलरोटी पकाउने चटारो

पर्वत – बडादसैँ नजिकिएसँगै पर्वतको फलेबास नगरपालिका–२ मा घरघरमा सेलरोटी

सौराहामा विदेशी पर्यटकले नेपालीसँगै मनाए बडादसैँ

चितवन- नेपालको प्रमुख पर्यटकीय गन्तव्य चितवनको सौराहा घुम्न आएका विदेशी

इराकले इरानसँगको शालमचेह सीमा नाका अर्को सूचना नभएसम्म बन्द गर्ने

काठमाडौं– इराकका प्रधानमन्त्री अली अल जैदीले इरानसँग जोडिएको शालमचेह सीमा

उपराष्ट्रपतिले गरे बडादसैँको टीका ग्रहण

काठमाडौँ– उपराष्ट्रपति रामसहायप्रसाद यादवले आज बिहानको शुभसाइतमा विजयादशमीको टीका, प्रसाद