गर्मीबाट छाला जोगाउन अपनाउनुहोस् यी पाँच घरेलु उपाय « Khabarhub

गर्मीबाट छाला जोगाउन अपनाउनुहोस् यी पाँच घरेलु उपाय


२३ असार २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


123
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– गर्मीमा छालाको अधिकतम हेरचाह गर्न आवश्यक छ। कडा घाम र प्रदूषणले छालामा धेरै नराम्रो असर गर्छ। जसका कारण छालाको रंग कालो देखिन थाल्छ । 

टेनिङले छालाको प्राकृतिक चमक पनि कम गर्छ। अनुहारमा नीरसताका कारण आत्मविश्वास पनि कम हुन थाल्छ। यस्तो अवस्थामा गर्मीमा छालाको हेरचाह गर्ने सही दिनचर्या पालना गर्नुहोस् ।

कतिपयले टेनिङको समस्याबाट बच्न ब्यूटी क्रिमको प्रयोग गर्छन तर यसमा पाइने केमिकलले छालालाई हानी पुर्‍याउँछ। छालाको टेनिङ हटाउन प्राकृतिक चीजहरू प्रयोग गर्न सक्नुहुन्छ। यसले छालामा कुनै नराम्रो असर पर्दैन । हामी तपाइलाई केही सरल टिप्सहरूका बारेमा जानकारी दिनेछौँ ।

कागतीको रस
कागती एक प्राकृतिक ब्लीच हो र यसमा भिटामिन सी प्रचुर मात्रामा हुन्छ, जसले टोनिङ कम गर्न मद्दत गर्छ। कागतीको रसले छालाको सतहबाट मृत कोशिकाहरू हटाउँछ। गुलाब जलमा कागतीको रस मिसाएर टोनिङ भएको ठाउँमा लगाउन सक्नुहुन्छ। १० देखि १५ मिनेटपछि मनतातो पानीले अनुहार सफा गर्नुहोस्।

एलोवेरा जेल
एलोभेरा छालाको लागि धेरै लाभदायक छ। यसले छालालाई हाइड्रेट मात्र गर्दैन, टोनिङ पनि कम गर्छ। तपाईँले ताजा एलोवेरा जेल निकालेर छालामा १५–२० मिनेट लगाएर धुनुहोस्।

दही र बेसार
दही र बेसारको फेस प्याक छालाका लागि निकै फाइदाजनक हुन्छ । दहीमा ल्याक्टिक एसिड हुन्छ, जसले छालालाई एक्सफोलिएट गर्छ र बेसारमा एन्टिअक्सिडेन्ट हुन्छ, जसले छालाको रंगलाई सुधार गर्छ। एक चम्चा दहीमा एक चिम्टी बेसार मिसाएर अनुहारमा लगाउनु होस् र १५–२० मिनेटपछि धुनुहोस् । यो प्याकले छालालाई टोनिङबाट राहत प्रदान गर्न मद्दत गर्नेछ।

ओटमिल स्क्रब
ओटमिल एक राम्रो स्क्रब हो, जसले छालालाई गहिरो सफा गर्छ। दूधमा मिसाएर पेस्ट बनाउनुहोस् र टोनिङ भएको ठाउँमा हल्का मसाज गर्नुहोस्। यसले टोनिङ मात्र कम गर्दैन, छालालाई मुलायम पनि बनाउँछ।

टमाटर
टमाटरमा लाइकोपीन हुन्छ, जसले छालालाई सूर्यको किरणबाट हुने क्षतिबाट बचाउँछ। टमाटरको रस छालामा लगाउनाले छालामा चमक आउँछ । यसले छालालाई निकै नरम र चम्किलो पनि बनाउँछ । एजेन्सीबाट साभार
 

प्रकाशित मिति : २३ असार २०८२, सोमबार  ४ : ३३ बजे

शिक्षा मन्त्रालयले सातवटै प्रदेशमा शिक्षा संवाद गर्दै, पहिलो कार्यक्रम आज विराटनगरमा

काठमाडौँ– शिक्षा मन्त्रालयले प्रस्तावित शिक्षा ऐन ल्याउनुअघि सातवटै प्रदेशमा पुगेर

नेपाल आयल निगमले काठमाडौँका यी पाँच ठाउँबाट खाना पकाउने ग्यास वितरण गर्दै

काठमाडौँ– नेपाल आयल निगमले आज काठमाडौँका विभिन्न पाँच ठाउँबाट खाना

बाढीपहिरोले देशका विभिन्न राजमार्ग अवरुद्ध

काठमाडौँ– अविरल वर्षाका कारण देशका विभिन्न स्थानका सडक अवरुद्ध भएका

देशभर मनसुन सक्रिय, केही प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

१५ जनामा औलो रोगको सङ्क्रमण

चितवन– गत आर्थिक वर्षमा चितवनका विभिन्न अस्पतालमा उपचारका लागि आएका