‘करिब चार लाख ५० हजार अफगानी इरानबाट स्वदेश फिर्ता’ « Khabarhub

‘करिब चार लाख ५० हजार अफगानी इरानबाट स्वदेश फिर्ता’


२३ असार २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

एजेनसी –इरानबाट करिब चार लाख ५० हजार अफगानीहरू फर्केको संयुक्त राष्ट्रसङ्घको आप्रवासन एजेन्सी (आइओएम) ले  सोमबार बताएको छ ।  इरानले आवश्यक कागजात नभएका व्यक्तिहरूलाई जुलाई ६ सम्म देश छोड्न आदेश दिएपछि जुन महिनाको सुरुदेखि सो संख्यामा अफगानीहरू स्वदेश फर्किएका हुन् ।

गत मे महिनाको अन्त्यमा, इरानले जुलाई ६ सम्ममा कागजातविहीन अफगानहरूले देश छोड्नुपर्ने बताएको थियो । जुनको मध्यदेखि सीमा पार गर्ने मानिसहरूको सङ्ख्या बढेको र केही दिनहरूमा पश्चिमी हेरात प्रान्तको इस्लाम काला सीमाबाट करिब ४० हजार मानिसहरू स्वदेश भित्रिएको संयुक्त राष्ट्रसङ्घीय निकायले बताएका छन् । 

जुन १ देखि जुलाई ५ सम्म चार लाख ४९ हजार २१८ अफगानहरू इरानबाट फर्केको  आप्रवासनका लागि अन्तर्राष्ट्रिय सङ्ठनका प्रवक्तालाई लक्षित गर्दै एएफपीले जनाएको छ ।  

संयुक्त राष्ट्रसङ्घ, अन्तर्राष्ट्रिय गैरसरकारी समूह र तालिवान अधिकारीहरूले फर्कनेहरूलाई सहयोग गर्न थप कोषको आह्वान गर्दै विदेशी सहायता कटौतीले संकट व्यवस्थापनमा असर पारेको जनाएका छन् ।  

संयुक्त राष्ट्रसङ्घले यो आगमनले गरिबी, बेरोजगारी र जलवायु परिवर्तनसँग सम्बन्धित समस्यासँग जुझिरहेको देशलाई अस्थिर बनाउन सक्ने चेतावनी दिँदै सम्बन्धित राष्ट्रहरूलाई अफगानहरूलाई जबरजस्ती फिर्ता नगर्न आग्रह गरेको छ ।

अफगानहरूलाई फिर्ता गर्न बाध्य पार्नु वा दबाब दिनुले यस क्षेत्रमा थप अस्थिरता ल्याउनुका साथै युरोपतर्फ अघि बढ्ने जोखिम रहेको संयुक्त राष्ट्रसङ्घको शरणार्थी एजेन्सी युएनएचसीआरले  विज्ञप्तिमार्फत जनाएको छ ।  
 

प्रकाशित मिति : २३ असार २०८२, सोमबार  ४ : ५५ बजे

सरकारका प्रवक्ताको दौडधुप, देउवापछि ओली भेट्न पुगे गुन्डू

काठमाडौं- सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले

चीनको उच्चगतिको रेल नेटवर्कले ५० हजार किलोमिटर पार गर्‍यो

एजेन्सी– जनवादी गणतन्त्र चीनको उच्च गतिको रेल नेटवर्कले शुक्रबार नयाँ

ऐतिहासिक र पुरातात्वक दृष्टिले महत्त्वपूर्ण रहेको मकवानपुर गढी (तस्बिरहरू)

काठमाडौं– ऐतिहासिक र पुरातात्वक दृष्टिले महत्त्वपूर्ण रहेको मकवानपुर गढी मकवानपुर

आमनिर्वाचन कांग्रेसको पहिलो प्राथमिकता हो : सभापति देउवा

काठमाडौं– नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफ्नो पार्टी आगामी फागुन

रायोको सागमा आज पनि भेटियो विषादी 

काठमाडौं– कालीमाटी फलफूल तथा तरकारी बजारमा बिक्रीका लागि राखिएको रायोको