प्रभु बैंकका अध्यक्ष कार्कीद्वारा पदभार ग्रहण | Khabarhub Khabarhub

प्रभु बैंकका अध्यक्ष कार्कीद्वारा पदभार ग्रहण


२३ असार २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


78
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रभु बैंक लिमिटेडका सञ्चालक समितिका नवनियुक्त अध्यक्ष किशोर जङ्ग कार्कीले नेपाल राष्ट्र बैंकका गभर्नर विश्वनाथ पौडेलसमक्ष पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् ।

सोमाबार बसेको बैंकको सञ्चालक समितिको ३०१औं बैठकको अध्यक्षता गरी कार्कीले सञ्चालक समितिको अध्यक्षको पदभार ग्रहण गरेका हुन् । 

नेपाल राष्ट्र बैंक वालुवाटारमा सम्पन्न शपथ ग्रहण कार्यक्रममा डेपुटी गभर्नर निलम बुझना र डेपुटी गभर्नर बम बहादुर मिश्र तथा बैंक सुपरीवेक्षण विभागका प्रमुख दीर्घ रावललगायत बैंकका सञ्चालकहरू र प्रमुख कार्यकारी अधिकृतको उपस्थिति रहेको थियो । 

 २०८१सात पौष २९ गते सम्पन्न बैंकको २३ औँ वार्षिक साधारणसभामा सर्वसाधारण समूहका शेयरधनीहरुको प्रतिनिधित्व गर्दै बैकको सञ्चालकमा निर्वाचित भएका कार्की असार १९ गते सम्पन्न बैंकको सञ्चालक समितिको २०औं बैठकबाट सञ्चालक समितिको अध्यक्ष पदमा चयन भएका हुन् । 

प्रकाशित मिति : २३ असार २०८२, सोमबार  ५ : ३५ बजे

बढीले रसुवा क्षेत्रका तीन फिडर अवरुद्ध

रसुवा– भोटेकोशी (त्रिशूली) नदीमा मंगलबार बिहान आएको बाढीका कारण रसुवास्थित

रसुवाको बाढीमा १२ नेपाली र ६ चिनियाँ बेपत्ता, ९ जनाको उद्धार

रसुवा– रसुवामा आएको बाढीमा परी १२ नेपाली र ६ चिनिया

भोटेकोशी बाढी : राहत र उद्धारमा सक्रिय बन्न कार्यकर्तालाई प्रचण्डको निर्देशन

काठमाडौं – पूर्व प्रधानमन्त्री एवम् नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल

बाढीले २ सय मेगावाट बिजुली रोकियो, रसुवागढी र त्रिशूली थ्री ‘ए’ तत्काल सञ्चालनमा नआउने 

रसुवा– चीनतर्फबाट केरुङ र लेन्देखोलामा आएको भीषण बाढीका कारण रसुवास्थित

भोटेकोशीको बाढीको असर : कहाँ-कहाँ हुन्छ जोखिम ?

काठमाडौं – चीनको तिब्बत क्षेत्रमा भारी वर्षापछि भोटेकोशी नदीमा ठुलो