फागुन १ बन्यो प्राइम डेट : चार फिल्मको रिलिज-डेट सेट « Khabarhub

फागुन १ बन्यो प्राइम डेट : चार फिल्मको रिलिज-डेट सेट


२३ असार २०८२, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


78
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – फागुन १ गते प्रदर्शन मिति तोक्ने फिल्मको सङ्ख्या चार पुगेको छ । फिल्म ‘जहाजैमा’ पनि फागुन १ मा प्रदर्शन हुने भएको छ । यो फिल्मले सोमबार प्रदर्शन मिति तोकेको छ । यसअघि नै तीन फिल्मले फागुन १ लाई प्रदर्शन मिति तोकिसकेका छन् ।

निर्माता अशोक शर्माले फिल्म ‘डबल ट्रिपल’ सोही मितिमा प्रदर्शनमा ल्याउने घोषणा गरेका थिए । दशैँमा चारभन्दा बढी फिल्म एक साथ हलमा लाग्ने भएपछि उनले ‘डबल ट्रिपल’ लाई फागुन १ मा पुर्‍याएका हुन् ।

यसअघि फिल्म ‘कल्ली’ र षट्कोण आर्टस्को ब्यानरमा बन्ने लागेको फिल्म ‘लालीबजार’ ले प्रदर्शन मिति फागुन १ लाई तोकेका छन् । यो वर्ष मेकरहरुले फागुन १ लाई ‘प्राइम डेट’ मानेको यी चार फिल्मको प्रदर्शन मितिले प्रष्ट पारेको छ ।

फागुन १ यसरी बन्यो प्राइम डेट

दशैँ, तिहार, नयाँ वर्ष, चाड पर्व र लामो सार्वजनिक बिदालाई मेकरहरुले ‘प्राइम डेट’ मान्दै आएका छन् ।

बिदाका दिनमा जुनसुकै फिल्मको व्यापार पनि ठीकठाक हुने भएकाले मेकरहरु यस्ता मितिमा फिल्म प्रदर्शनमा ल्याउन खोज्छन् ।

फागुन १ गते शुक्रबार परेको छ । फागुन २ गते शनिबार । ३ गते आइतबार महाशिवरात्रीको सार्वजनिक बिदा छ ।

सोमबार मंगलबार छाडेर ६ गते बुधबार ग्याल्पो ल्होछारको बिदा छ । फागुन ७ गते बिहीबार सार्वजनिक बिदा छ । २, ३, ६, ७ गते सार्वजनिक बिदा छ ।

अर्थात्, फागुन १ देखि शुक्रबार देखि फागुन ८ गते अर्को शुक्रबार ४ दिन सार्वजनिक बिदा परेको छ । यिनै सार्वजनिक बिदा उपभोग गर्न मेकरहरुले फागुन १ गते प्रदर्शन मिति तोकेका हुन् ।

जुध्ने भए सौगातका फिल्म ! अरु क-कसको क्ल्यास ?

चार फिल्मले फागुन १ लाई प्रदर्शन मिति तोक्दा नायक सौगात मल्ललाई प्रचारको सकस हुने देखिएको छ । किनभने एक मितिमा उनका दुई फिल्म ‘कल्ली’ र ‘जहाजैमा’ प्रदर्शनमा आउने भएका छन् ।

लक्ष्मण सुनारको निर्देशनमा तयार हुने मल्लटीस्टारर फिल्म ‘कल्ली’ मा सौगात शीर्ष भूमिकामा छन् । कृषा चौलागाईको निर्देशनमा बन्ने ‘जहाजैमा’ पनि सौगात शीर्ष भूमिकामै अनुबन्ध भएका छन् ।

‘कल्ली’ र ‘जहाजै’ मा एक साथ प्रदर्शनमा आएको अवस्थामा सौगातलाई फिल्म प्रचारमा हिँड्न सकस पर्ने देखिन्छ ।

‘कल्ली’ मा सौगातसहित उत्तम प्रधान, बेनिशा हमाल, नाजिर हुसेन, अर्पण थापा र वर्षा राउत शीर्ष भूमिकामा रहेको बताइएको छ ।

‘जहाजैमा’का लागि अहिले कलाकार अनुबन्धनको काम भाइरहेको छ । सौगातसहित कर्मा शाक्य, केदार घिमिरे र जापानी नायिका रुजेल इचिमिया अनुबन्ध भइसकेका छन् ।

‘डबल ट्रिपल’ मा भने अहिलेसम्म नायकहरु दयाहाङ राई, खगेन्द्र लामिछाने, मिरुना मगर र केकी अधिकारी शीर्ष भूमिकामा रहने बताइएको छ ।

यम थापाको निर्देशनमा बन्ने ‘लालीबजार’ मा नायिका स्वस्तिमा खड्का शीर्ष भूमिकामा रहने बताइएको छ । यी चार फिल्म एकै मितिमा प्रदर्शनमा आए सौगात, दयाहाङ–खगेन्द्र, स्वस्तिमाको ‘बक्स अफिस क्ल्यास’ हुनेछ ।

प्रकाशित मिति : २३ असार २०८२, सोमबार  ६ : ३६ बजे

उदयपुरमा चार हजार चार सय ३८ बालिकालाई एचपीभी खोप लगाइँदै

गाईघाट– पाठेघरको मुखको क्यान्सर रोकथामका लागि उदयपुरमा ‘एचपीभी’ खोप अभियान

अमेरिकामा नेपालीसहित तीन देशका आप्रवासीका लागि टीपीएस बाटो खुला

वासिङ्टन– संयुक्त राज्य अमेरिकाको एक अपील अदालतले नेपाल, होन्डुरस र निकारागुआका

एक करोड ३७ लाख ९१ हजार मतपत्र छापिए

काठमाडौं– प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि ४७ जिल्लाका ११० निर्वाचन क्षेत्रका

शैल्यशिखरमा वृद्धा मृत फेला, प्रहरीले भन्यो- घटना शङ्कास्पद

खलङ्गा– दार्चुलाको शैल्यशिखरमा एक वृद्धा मृत फेला परेकी छिन् । 

किथुल परम्परालाई युनेस्कोको मान्यता, श्रीलंकाको कुटीर उद्योगमा अन्तर्राष्ट्रिय ध्यान

श्रीलंका – श्रीलंकाको परम्परागत किथुल पामबाट रस संकलन र प्रशोधन गर्ने