प्रधानमन्त्रीको अनौठो तर्क : भगवान् शिव चाम्लिङ हुन सक्छन् « Khabarhub

प्रधानमन्त्रीको अनौठो तर्क : भगवान् शिव चाम्लिङ हुन सक्छन्


२३ असार २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


126
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले भगवान् शिव (महादेव) बारेमा अनौठो तर्क गरेका छन् ।

काठमाडौंमा सोमबार नेकपा एमालेको पर्यटन तथा नागरिक उड्डयन विभागद्वारा आयोजित कार्यक्रमलाई सम्बोधनका क्रममा उनले भगवान् शिव चाम्लिङ (किरात राई जातिको एक थर) हुनसक्ने तर्क गरेका हुन् ।

उनले उक्त सम्बोधनका क्रममा भगवान् शिवलेले खेलेका ओढारहरूलाई अहिले हलेसी भन्ने गरिएको तर्क गरे ।

उनले खोटाङस्थित हलेसी महादेवको मन्दिर रहेको स्थान क्षेत्र चाम्लिङहरूको उद्गम थलो भएको दाबी गरे । उनले त्यही आधारमा भगवान् शिव पनि चाम्लिङ थरका भएको हुन सक्ने कुरा सुनाए । ओलीले यो विषयमा आफूले किटानसहित दाबी नगरेको उनले जिकिर गरेका छन् ।

‘शिवजीले खेलेका ओढारहरूलाई अहिले हामी हलेसी भन्छौँ । शिवजी चाम्लिङ थिए की जस्तो लाग्छ कहिलेकाहीँ । त्यो हलेसी भनेको चाम्लिङहरूको थलो हो,’ ओलीले भने, ‘भगावन् शिवजी चाम्लिङ पनि हुनसक्छन् । म दाबी त गर्दिनँ, अनुमान मात्रै हो ।’

उनले आफूले भनेको जस्तो नभएर अरू पनि हुन सक्ने बताए । उनले माइग्रेशन हुने क्रममा अरू चिजको मिश्रण भएको पनि हुन सक्ने बताए । उनले शिवजीले खेलेको भेग भने त्यही रहेको दाबी गरेका छन् ।

ओलीले वेदव्यास, कपिलमुनी र गौतम बुद्ध नेपालमै जन्मिएको पनि बताइसकेका छन् । उनले यसअघि नै भगवान् राम पनि चितवनको ठोरीमा जन्मेको भनेर नयाँ बहस थालेका थिए ।

प्रकाशित मिति : २३ असार २०८२, सोमबार  ५ : ५६ बजे

भोटेकोशी बाढीमा ज्यान गुमाएकाको सम्मानमा आज राष्ट्रिय शोक, राष्ट्रिय झण्डा आधा झुकाइने

काठमाडौँ – रसुवाको भोटेकोशी नदीमा गएको बाढीमा परी अकालमा ज्यान

लन्डन डर्बीमा आर्सनलको पुनरागमन जित : चेल्सी २-१ ले पराजित

लन्डन – नयाँ स्ट्राइकर नभए पनि साबिक विजेता आर्सनलको लयमा

कर्णाली राजमार्ग अवरुद्ध हुँदा पीडामा स्याउ व्यापारी

कर्णाली – यतिबेला जुम्ला, मुगु तथा हुम्लामा उत्पादित स्याउ निर्यातको

आजको माैसम पूर्वानुमान : देशका केही ठाउँमा भारी वर्षा

काठमाडौँ – सोमबार देशका केही ठाउँमा भारी वर्षाको सम्भावना रहेको

रसुवामा ७८ प्रतिशत घरमा विद्युत् सेवा पुनः सञ्चालन

काठमाडौँ – भोटेकोशी बाढीका कारण विद्युत् पूर्वाधारमा क्षति पुगेपछि प्रभावित