प्रधानमन्त्रीको अनौठो तर्क : भगवान् शिव चाम्लिङ हुन सक्छन् « Khabarhub

प्रधानमन्त्रीको अनौठो तर्क : भगवान् शिव चाम्लिङ हुन सक्छन्


२३ असार २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


126
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले भगवान् शिव (महादेव) बारेमा अनौठो तर्क गरेका छन् ।

काठमाडौंमा सोमबार नेकपा एमालेको पर्यटन तथा नागरिक उड्डयन विभागद्वारा आयोजित कार्यक्रमलाई सम्बोधनका क्रममा उनले भगवान् शिव चाम्लिङ (किरात राई जातिको एक थर) हुनसक्ने तर्क गरेका हुन् ।

उनले उक्त सम्बोधनका क्रममा भगवान् शिवलेले खेलेका ओढारहरूलाई अहिले हलेसी भन्ने गरिएको तर्क गरे ।

उनले खोटाङस्थित हलेसी महादेवको मन्दिर रहेको स्थान क्षेत्र चाम्लिङहरूको उद्गम थलो भएको दाबी गरे । उनले त्यही आधारमा भगवान् शिव पनि चाम्लिङ थरका भएको हुन सक्ने कुरा सुनाए । ओलीले यो विषयमा आफूले किटानसहित दाबी नगरेको उनले जिकिर गरेका छन् ।

‘शिवजीले खेलेका ओढारहरूलाई अहिले हामी हलेसी भन्छौँ । शिवजी चाम्लिङ थिए की जस्तो लाग्छ कहिलेकाहीँ । त्यो हलेसी भनेको चाम्लिङहरूको थलो हो,’ ओलीले भने, ‘भगावन् शिवजी चाम्लिङ पनि हुनसक्छन् । म दाबी त गर्दिनँ, अनुमान मात्रै हो ।’

उनले आफूले भनेको जस्तो नभएर अरू पनि हुन सक्ने बताए । उनले माइग्रेशन हुने क्रममा अरू चिजको मिश्रण भएको पनि हुन सक्ने बताए । उनले शिवजीले खेलेको भेग भने त्यही रहेको दाबी गरेका छन् ।

ओलीले वेदव्यास, कपिलमुनी र गौतम बुद्ध नेपालमै जन्मिएको पनि बताइसकेका छन् । उनले यसअघि नै भगवान् राम पनि चितवनको ठोरीमा जन्मेको भनेर नयाँ बहस थालेका थिए ।

प्रकाशित मिति : २३ असार २०८२, सोमबार  ५ : ५६ बजे

उत्तर कोरियाको आणविक पनडुब्बीमा प्रगति

एजेन्सी – उत्तर कोरियाले आणविक–सञ्चालित पनडुब्बी निर्माणमा उल्लेखनीय प्रगति गरेको

राप्रपा नेपालले पुस १५ गते केन्द्रीय समिति बैठक बोलायो

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल (राप्रपा नेपाल) ले आगामी पुस

रवि-बालेन वार्तास्थलमा बाक्लो संख्यामा सञ्चारकर्मी (तस्बिरहरू)

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका

निर्वाचनको वातावरण बनाउनुपर्नेमा ओलीको जोड

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले निर्वाचनको

जनकपुरधाममा ई-रिक्सा व्यवस्थापन लागि अध्ययन समिति गठन

जनकपुरधाम–  जनकपुरधाम उपमहानगरपालिकाभित्र चल्ने ई–रिक्साको व्यवस्थापन, सञ्चालन तथा दर्ताको विषयमा