दशैँअघि बस्ने केन्द्रीय कार्यसमिति बैठकले महाधिवेशनको मिति तोक्छ : गगन थापा  « Khabarhub

दशैँअघि बस्ने केन्द्रीय कार्यसमिति बैठकले महाधिवेशनको मिति तोक्छ : गगन थापा 


२३ असार २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


318
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले बडादसैं अगाडि बस्ने आगामी केन्द्रीय कार्यसमिति बैठकबाट १५ औँ महाधिवेशनको तिथि, मिति तोकिने बताएका छन् । 

कांग्रेस केन्द्रीय कार्यसमितिको सोमबारको बैठकमा धारणा राख्ने क्रममा उनले आगामी असोजतिर बस्ने केन्द्रीय कार्यसमिति बैठकमा महाधिवेशनको तिथि, मिति तोकिने बताएका हुन् । 

‘अब हामी असोज तिर, दशैं अगाडि पनि केन्द्रीय कार्यसमिति बैठक गर्नुपर्ने छ । त्यो बैठकबाट हामी पुरानो क्रियाशील सदस्यता लक (बन्द) गर्छौँ । नयाँ क्रियाशील सदस्यताका बारेमा निर्णय गर्छौँ,’ महामन्त्री थापाले भने, ‘पार्टीको अबको महासमिति वा विधान सम्मलेन जे भन्नुहुन्छ, त्यसका बारेमा हामी केही निर्णय गर्छौँ । पार्टी महाधिवेशनको तिथि, मिति हामीले तोक्नुपर्ने हुन्छ ।’ 

थापाले आगामी असोजमा तिथि, मिति तोकिएपछि कांग्रेस महाधिवेशनको यात्रामा अघि बढ्ने पनि बताए । उनले पार्टीका जिम्मेवार नेताहरूलाई महाधिवेशनबारे केही तयारी नभएको भनेर सार्वजनिक रुपमा गुनासो नगरिदिन पनि आग्रह गरे । 

‘त्यस पछाडि हामी महाधिवेशनको यात्रामा अगाडि बढ्छौँ,’ महामन्त्री थापाले भने, ‘त्यसैले महाधिवेशनको बारेमा काम भएको छैन, महाधिवेशनको बारेमा तयारी भएको छैन, महाधिवेशनको बारेमा केही पनि भएको छैन भन्ने कुरा पार्टीका जिम्मेवार साथीहरूलाई बाहिर नभनी दिन म आग्रह गर्न चाहन्छु ।’

प्रकाशित मिति : २३ असार २०८२, सोमबार  ६ : ५७ बजे

१५औँ महाधिवेशनमा सहभागी हुन कांग्रेस नेता-कार्यकर्ता धमाधम खुलामञ्च पुग्दै

काठमाडौं– नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा सहभागी हुन कांग्रेसका नेता तथा

कांग्रेस महाधिवेशनमा सहभागी हुन खुलामञ्च पुगे प्रचण्ड

काठमाडौं— नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा सहभागी हुन नेपाली कम्युनिस्ट पार्टी

कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन : २९ प्रस्तावमा के छ ?

काठमाडौँ- नेपाली कांग्रेसका सभापति गगन थापाले १५औँ महाधिवेशनमा पेश गर्न

स्वास्थ्य बीमामा राष्ट्रिय परिचयपत्र अनिवार्य, कहिलेदेखि लागू हुन्छ ?

काठमाडौँ – स्वास्थ्य बीमा बोर्डले आगामी २०८३ पुस १ गतेदेखि

एमाले र मसालसँग सहकार्य गर्ने समझदारी भइसक्यो : प्रचण्ड

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टी(नेकपा)का संयोजक पुष्पकमल दाहाल प्रचण्डले एमाले र