बागमती प्रदेशसभाबाट बजेट पारित « Khabarhub

बागमती प्रदेशसभाबाट बजेट पारित


२३ असार २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


87
Shares
  • change font
  • change font
  • change font

बागमती– बागमती प्रदेश सरकारले प्रस्तुत गरेको आगामी आर्थिक वर्ष २०८२-८३ को बजेट बहुमतले पारित भएको छ । 

आज बसेको प्रदेशसभा बैठकमा प्रदेश सरकारको अर्थसम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको विधेयक र ‘विनियोजन विधेयक, २०८१’ बहुमतले पारित गरेको हो । 

बैठकले प्रदेश सरकारको बजेटको पूरक प्रस्ताव समेत स्वीकृत गरेको छ । उक्त प्रस्तावलाई विनियोजन विधेयकको अङ्ग बनोस् भन्ने प्रस्ताव प्रदेशसभा बैठकले बहुमतले स्वीकृत गरेको हो । बैठकमा आर्थिक मामिला तथा योजनामन्त्री कुन्दनराज काफ्लेले संसद्मा पेस गरेको प्रदेश सरकारको आव २०८२-०८३ को सेवा र कार्यका लागि प्रदेश सञ्चित कोषबाट केही रकम विनियोजन गरियोस् र प्रदेश सरकारको अर्थसम्बन्धी प्रस्तावलाई पारित गरियोस् भन्ने प्रस्तावलाई बहुमतले पारित गरेको हो ।

मन्त्री काफ्लेले पेस गरेको उक्त प्रस्तावलाई सभामुख भुवनकुमार पाठकले निर्णयार्थ पेस गरेका थिए । सभामुख पाठकले निर्णयार्थ पेस गरिएको उक्त प्रस्तावको पक्षमा रहेर सत्तारुढ दलका सांसदहरुले हुन्छ भनेका थिए भने प्रतिपक्षका सांसदहरूले हुन्न भनेका थिए ।

हुन्छ भन्ने प्रस्तावको पक्षमा बढी सांसद रहेकाले सभामुख पाठकले सरकारको विनियोजन विधेयक र अर्थ विधेयक बहुमतले पारित भएको घोषणा गरे ।

बैठकमा प्रदेशसभाका प्रदेशसभा सदस्यहरू देवेन्द्र श्रेष्ठ, प्रेम पुलामी, रुकु चौलागाईँ, सुष्पा भुजेल, उर्मिलाकुमारी लामा र सिर्जना सायजुले खर्च कटौतीको प्रस्ताव दर्ता गराएका थिए । 

त्यसअघि प्रदेशसभामा सरकारको बजेटमाथि सांसदहरूले आइतबार र आज धारणा रमखेका थिए भने विभागीय मन्त्रीहरूले बजेटमाथि उठेका प्रश्नहरूको जवाफ दिएका थिए । बागमती सरकारको आगामी आव २०८२-०८३ को लागि ६७ अर्ब ४७ करोड ७३ लाखको बजेट प्रस्ताव गरेको छ । 
 

प्रकाशित मिति : २३ असार २०८२, सोमबार  ८ : ०६ बजे

चीनको उच्चगतिको रेल नेटवर्कले ५० हजार किलोमिटर पार गर्‍यो

एजेन्सी– जनवादी गणतन्त्र चीनको उच्च गतिको रेल नेटवर्कले शुक्रबार नयाँ

ऐतिहासिक र पुरातात्वक दृष्टिले महत्त्वपूर्ण रहेको मकवानपुर गढी (तस्बिरहरू)

काठमाडौं– ऐतिहासिक र पुरातात्वक दृष्टिले महत्त्वपूर्ण रहेको मकवानपुर गढी मकवानपुर

आमनिर्वाचन कांग्रेसको पहिलो प्राथमिकता हो : सभापति देउवा

काठमाडौं– नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफ्नो पार्टी आगामी फागुन

रायोको सागमा आज पनि भेटियो विषादी 

काठमाडौं– कालीमाटी फलफूल तथा तरकारी बजारमा बिक्रीका लागि राखिएको रायोको

थलापति विजयको ‘जन नायगन’ जनवरी ९ मा प्रदर्शन हुने

 काठमाडौं– दक्षिण भारतीय फिल्म उद्योगका सुपरस्टार थलापति विजयको बहुप्रतीक्षित तमिल राजनीतिक