भुम्लु गाउँपालिका अनिवार्य तथा निःशुल्क शिक्षायुक्त गाउँपालिका घोषणा « Khabarhub

भुम्लु गाउँपालिका अनिवार्य तथा निःशुल्क शिक्षायुक्त गाउँपालिका घोषणा


२३ असार २०८२, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


72
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – काभ्रेपलाञ्चोकको भुम्लु गाउँपालिकामा आधारभूत तहको शिक्षा ‘अनिवार्य तथा निःशुल्क’ सुनिश्चित गरिएको छ । सोमबार गाउँपालिकाले एक कार्यक्रम गरेर पालिकालाई अनिवार्य तथा निःशुल्क शिक्षायुक्त गाउँपालिका घोषणा गरेको हो ।

आधारभूत तहको शिक्षा अनिवार्य र निशुल्क गर्ने घोषणापत्रमा हस्ताक्षर गरेर गाउँपालिका अध्यक्ष प्रेमबहादुर भुजेल, उपाध्यक्ष जितेन्द्रमान तामाङ (दावा लामा), प्रमुख प्रशासकीय अधिकृत कृष्णबहादुर खत्रीले घोषणा गरेका हुन् ।

गाउँपालिकाको सबै गाउँ, टोल, बस्ती, क्षेत्र भित्र गरिएको सर्वेक्षणमा ४ वर्षदेखि १३ वर्षसम्मका विद्यालय उमेर समूहका बालबालिका शतप्रतिशत विद्यालयमा भर्ना भएको र सबै वडाहरू अनिवार्य तथा निःशुल्क शिक्षा लागू भएसँगै पालिकालाई अनिवार्य तथा निःशुल्क शिक्षा घोषणा गरिएको गाउँपालिका शिक्षा कर्मचारी रामगोपाल कायस्थले जानकारी दिए ।

घोषणा सभामा गाउँपालिका अध्यक्ष प्रेमबहादुर भुजेलले शिक्षामा लगानी गरेर गाउँपालिकाले परिणाम ल्याउन लागेको भन्दै शिक्षा, स्वास्थ्य, योग लगायतका क्षेत्रमा परिणाम देखिन थालेको बताए । पढ्दै कमाउँदै कार्यक्रममार्फत माध्यमिक तहका विद्यार्थीलाई उत्पादन र आयआर्जनमा लगाउन खोजिएको भन्दै उनले उच्च शिक्षाको लागि विदेश जाने क्रम रोकिनुपर्ने बताए ।

संविधानले सुनिश्चित गरेको शिक्षा सम्बन्धी अधिकारलाई पालिकाले शतप्रतिशत कार्यान्वयन गर्दै अनिवार्य तथा निःशुल्क शिक्षा लागू स्थानीय तह घोषणा गरिएको गाउँपालिकाका उपाध्यक्ष जितेन्द्रमान तामाङले बताए । पालिकाभित्र रहेका बालबालिकालाई विद्यालयमा भर्ना गराई शिक्षाको पहु“चमा पु¥याएर पालिकाले पहिलो दायित्व पूरा गरेको भन्दै उनले यसको कार्यान्वयन र निरन्तरता दिनुपर्ने बताए ।

जिल्ला समन्वय समिति काभ्रेका सदस्य कमलराज गिरीले शिक्षा क्षेत्रमा भुम्लु गाउँपालिकाले गरेको लगानीको प्रशंसा गरे ।प्रमुख प्रशासकीय अधिकृत कृष्णबहादुर खत्रीले गाउँपालिकाले शिक्षामा गरेको लगानीको प्रतिफल देखिदै गएको भन्दै नतिजा क्रमशः देखिदै गएको बताए । गाउँपालिकाको लगानी र सबैको मिहेनतले एस।ई।ई परिक्षामा २५ प्रतिशत उर्तीण प्रतिशतलाई ७२ प्रतिशत पुर्याउन सफल भएको बताए ।

कार्यक्रममा कार्यक्रममा वडा नं ५ का अध्यक्ष एवं सामाजिक विकास समितिका संयोजक अञ्चलकुमार मोक्तान, वडा नं २ का अध्यक्ष सुजन भण्डारी, वडा नं ३ का अध्यक्ष ज्ञानबहादुर तामाङ, वडा नं ४ का अध्यक्ष लोकहादुर कुँवर, वडा नं ९ का अध्यक्ष दलबहादुर तामाङ, कार्यपालिका सदस्य रमिला बानियाँ, गाउँ शिक्षा समिति सदस्य भोजराज उप्रेती, अरुणोदय माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ध्रुवबहादुर भण्डारी, सेतीदेवी माध्यमिक विद्यालयका प्रधानाध्यापक अमरबहादुर प्रधान लगायतले शिक्षा क्षेत्रबारे चर्चा गरे ।

प्रकाशित मिति : २३ असार २०८२, सोमबार  ९ : २१ बजे

कम्बोडियामा थाई सेनाको आक्रमण जारी : रक्षा मन्त्रालय

एजेन्सी – थाई सैन्य बलले मंगलबार सम्म कम्बोडियाका धेरै क्षेत्रहरुमा

चितवन उद्योग वाणिज्य संघको अध्यक्षमा सुवेदीको उम्मेदवारी घोषणा

काठमाडौं– उद्योग वाणिज्य संघ चितवनको आगामी नेतृत्वका लागि वरिष्ठ उपाध्यक्ष

यही चुनावमै बालेलनाई प्रधानमन्त्रीका रूपमा अघि सार्ने रविको योजना, यस्ता छन् मिल्ने तीन विकल्प

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका

कोरला नाका सञ्चालन भएपछि स्थानीयलाई रोजगारी

मुस्ताङ– नेपाल–चीन उत्तरी कोरला नाका पूर्णरुपमा सञ्चालनमा आएपछि विगत दुई

राष्ट्रपतिको पहलमा तीन शीर्ष नेता र प्रधानमन्त्री कार्कीबीच पहिलो पटक प्रत्यक्ष वार्ता

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलको पहलमा तीन दलका शीर्ष नेता शेरबहादुर