जापानको सेयर बजारमा गिरावट, ट्रम्पको भन्सार नीतिले लगानीकर्ता सतर्क | Khabarhub Khabarhub

जापानको सेयर बजारमा गिरावट, ट्रम्पको भन्सार नीतिले लगानीकर्ता सतर्क


२३ असार २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


90
Shares
  • change font
  • change font
  • change font

टोकियो – अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले केही देशहरूलाई नयाँ एकपक्षीय भन्सार शुल्क पठाउने बताएका कारण लगानीकर्ताहरू सतर्क रहँदा टोकियोको सेयर बजार सोमबार ओरालो लागेको छ ।

जापानको मुख्य सेयर सूचकांक सोमबार दुई सय २३ दशमलव २० अङ्कले घटेर ३९ हजार पाँच सय ८७ दशमलव ६८ मा बन्द भएको छ । यो अघिल्लो शुक्रबारको तुलनामा करिब ०.५६ प्रतिशतको गिरावट हो ।

त्यस्तै, अर्को महत्त्वपूर्ण सूचक ‘टोपिक्स’ पनि १६ दशमलव २३ अंकले घटेर दुई हजार आठ सय ११ दशमलव ७२ मा पुगेको छ, जुन ०.५७ प्रतिशतको गिरावट हो ।

बजारमा लगानीकर्ताहरूले सक्रिय रूपमा कारोबार गर्न नचाहेको देखिएको छ, किनभने ट्रम्पले पठाउने भनिएको भन्सार शुल्कको पत्र जापानलाई पनि लागू हुन्छ कि हुँदैन भन्ने विषयमा अनिश्चितता रहेको छ । अहिले चलिरहेको आपसी भन्सार सहमतिको अवधि जुलाई ९ मा सकिँदैछ, जसले थप अन्योलता सिर्जना गरेको छ ।

राष्ट्रपति ट्रम्पले शुक्रबार झन्डै १२ देशलाई पठाइने पत्रहरूमा अमेरिका आयात हुने वस्तुहरूमा लाग्ने नयाँ भन्सार शुल्क उल्लेख गरिएको जानकारी दिएका थिए ।

प्रकाशित मिति : २३ असार २०८२, सोमबार  ९ : ३२ बजे

काभ्रेमा जनजीवन सामान्य बन्दै

काठमाडौं– नयाँ सरकार गठन भएसँगै गत मंगलबारदेखि ठप्प रहेको काभ्रेमा

कृषिजन्य उत्पादन आपूर्ति तथा ढुवानी सहज बनाउन अनुरोध

काठमाडौं– कृषि विभागले कृषिजन्य उत्पादन सहज रूपमा आपूर्ति तथा ढुवानीको

पर्यटन क्षेत्र प्रभावित हुने चिन्ता

गण्डकी– मुख्य पर्यटकीय याम (असोज–कात्तिक) सुरु हुँदैछ । दसैँ, तिहार

कटुवा पेस्तोल र गोलीसहित एक युवक पक्राउ

काभ्रे– काभ्रेपलाञ्चोकको बनेपामा कटुवा पेस्तोल र गोलीसहित एक युवक पक्राउ

एमालेले जनतासँगको सम्बन्ध ब्यापक सुधार गर्नेछ : योगेश भट्टराई

काठमाडौं– नेकपा एमालेका सचिव योगेश भट्टराईले एमालेले जनतासँगको सम्बन्धमा व्यापक