कर्णाली प्रदेशसभाको छैटौँ अधिवेशन अन्त्य « Khabarhub

कर्णाली प्रदेशसभाको छैटौँ अधिवेशन अन्त्य


२२ श्रावण २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


6
Shares
  • change font
  • change font
  • change font

कर्णाली– कर्णाली प्रदेशसभाको छैटौँ अधिवेशन बुधबार राति १२ बजेबाट अन्त्य भएको छ । कर्णाली प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले प्रदेशसभाको दोस्रो कार्यकालको छैटौँ अधिवेशन अन्त्य गर्न कर्णाली प्रदेश प्रमुखसमक्ष बुधबार बिहान सिफारिस गरेको थियो ।

अधिवेशन अन्त्यका लागि मुख्यमन्त्री कार्यालयबाट प्राप्त सिफारिसअनुसार कर्णाली प्रदेश प्रमुख यज्ञराज जोशीले नेपालको संविधानको धारा १८३ को उपधारा २ बमोजिम कर्णाली प्रदेशसभाको दोस्रो कार्यकालको चालु छैटौँ अधिवेशन बुधबार राति १२ बजेदेखि अन्त्य गरेको सभामुख नन्दा गुरुङले जानकारी दिइन् ।

सभामुख गुरुङले चालु छैटौँ अधिवेशनमा ३४ बैठक बसी ६४ घण्टा ४२ मिनेट ४० सेकेन्ड समय सभामा व्यतित भएको बताइन् ।

उनका अनुसार प्रदेशसभाको दोस्रो कार्यकालको छैटौँ अधिवेशनको ३४औँ बैठकबाट कर्णाली प्रदेश जीवनाशक विषादी व्यवस्थापन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक पारित भएको छ ।

प्रकाशित मिति : २२ श्रावण २०८२, बिहीबार  ७ : २५ बजे

अमेरिकाको चेतावनी : नेपालमा अचानक प्रदर्शन हुन सक्छ, सचेत रहनू

काठमाडाैँ– अमेरिकी विदेश मन्त्रालयले नेपालमा यात्रा गर्ने आफ्ना नागरिकलाई विशेष

मुस्ताङमा छिटो पाक्ने स्याउ टिप्न सुरु

मुस्ताङ– जिल्लाको स्याउ बगैँचामा धमाधम छिटो पाक्ने स्याउको ‘पोस्ट हार्भेस्ट’

म्याग्दीको रघुगङ्गामा व्यावसायिक चौँरीपालन सुरु

म्याग्दी– म्याग्दीको रघुगङ्गा गाउँपालिका–७ चिमखोलाका किसानले व्यावसायिक चौँरीपालन सुरु गरेका

‘डीएनए’ नमूना सङ्कलनपछि २८० शव व्यवस्थापन

चितवन– रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीपछि त्रिशूली र नारायणी

सुदूरपश्चिममा गौरा पर्व सुरु, घरघरमा बिरुडा राखिँदै

डडेल्धुरा– सुदूरपश्चिमको जीवन्त मौलिक पर्व गौरा आजदेखि विधिवत् रूपमा सुरु