मृत्यु संस्कारमा कनकाई नगरले नगद सहयोग गर्ने « Khabarhub

मृत्यु संस्कारमा कनकाई नगरले नगद सहयोग गर्ने


२२ श्रावण २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


84
Shares
  • change font
  • change font
  • change font

झापा– झापाको कनकाई नगरपालिकाले नगरवासीलाई मृत्यु संस्कारमा सहयोग गर्ने उद्देश्यले ‘सरहे कार्यक्रम’ सुरु गरेको छ । चालु आर्थिक वर्ष देखि यो कार्यक्रम कार्यान्वयनमा ल्याएको हो ।

मृत्यु संस्कार मानव जीवनको सबैभन्दा पीडामा गरिने  संस्कार भएकाले सरहे कार्यक्रम सुरु गरिएको नगर प्रमुख राजेन्द्रकुमार पोखरेलले जानकारी दिए । ‘नगरपालिका नगरवासीको अभिभावक संस्था हो’, नगरप्रमुख पोखरेलले भने, ‘परम्परादेखि चलिआएको सरहे प्रथालाई मृत्यु संस्कारमा गरिनुपर्ने कर्मका निमित्त सहज बनाउने उद्देश्यले कार्यक्रम सुरु गरेका हौँ ।’

दुःख र पीडा परेका बेलामा परिवारसँग प्रत्यक्ष भेटेर समवेदना तथा सरहे उपलब्ध गराउँदा दुःखमा थोरै भए पनि सहानुभूति हुने नगर उपप्रमुख आशा शर्मा शिवाकोटीले विश्वास व्यक्त गरिन् । कार्यक्रमअन्तर्गत समवेदनापत्रसहित नगद पाँच हजार आर्थिक सहयोग प्रदान गरिने उनले जानकारी दिइन् ।

नगरपालिकाको यही साउन ११ गते बसेको कार्यपालिका बैठकले ‘मृत्यु संस्कार व्यवस्थापन कार्यविधि– २०८२’ स्वीकृत गरेको थियो ।

त्यसैगरी नगरपालिकाले निर्माण गर्न लागेको कृषि विकास तथा प्रवर्द्धन अनुदानसम्बन्धी कानूनको मस्यौदा– २०८२, कृषि र पशुपक्षी तथा मत्स्य विकासका कार्यक्रम सञ्चालनसम्बन्धी कानूनको मस्यौदा– २०८२, कृषि अनुदानसम्बन्धी कानूनको मस्यौदा– २०८२ सम्बन्धित समितिमा पठाएको छ ।

यस्तै, सुरक्षित आप्रवासन आपतकालीन कोष व्यवस्थापनसम्बन्धी कानूनको मस्यौदा– २०८२ र सुरक्षित आप्रवासन एवं जीविकोपार्जन उत्थानसम्बन्धी कानूनको मस्यौदा– २०८२ लाई छलफलका लागि पठाइएको छ । (रासस)

प्रकाशित मिति : २२ श्रावण २०८२, बिहीबार  ७ : ४४ बजे

देश भ्रमले होइन, श्रमले चल्छ : हर्क साम्पाङ

कर्णाली – श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले देश भ्रमले

संगीतकार नागेन्द्र श्रेष्ठको ‘सुन मायालु’ सार्वजनिक

काठमाडौँ- गायक तथा संगीतकार नागेन्द्र श्रेष्ठको नयाँ गीत ‘सुन मायालु’

सन्दीप आवद्ध राजशाहीले जित्यो बिपिएलको उपाधि

काठमाडाैं – बंगलादेश प्रिमियर लिग (बिपिएल)को उपाधि राजशाही वारियर्सले जितेको

गगनलाई भावी प्रधानमन्त्रीमा अघि सारेपछि पौडेलले भने- परिवर्तनको यात्रामा सहकार्य गरौँ

काठमाडौं- नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले देश परिवर्तनको यात्रामा सहकार्य

देश परिवर्तनको यात्रामा सहकार्य गराैँ : महामन्त्री पौडेल

काठमाडौं – नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले देश परिवर्तनको यात्रामा