तेन्दुलकरले गरे भारतीय खेलाडीको खुलेर प्रशंसा « Khabarhub

तेन्दुलकरले गरे भारतीय खेलाडीको खुलेर प्रशंसा


२२ श्रावण २०८२, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


180
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – भारतीय क्रिकेट लिजेन्ड सचिन तेन्दुलकरले इंग्ल्यान्डसँगको पाँचौँ टेस्टमा २-२ को बराबरी भएपछि आफ्नो देशका खेलाडीको खुलेर प्रशंसा गरेका छन्।

उनले बलर मोहम्मद सिराजको प्रदर्शनलाई अविश्वसनीय बताएका छन्। साथै उनले विकेट किपर केएल राहुलको प्रदर्शनको तारिफ गर्दै यशश्वी जयसवालले शतक प्रहार गर्नेक्रममा धेरै नै परिपक्वता देखाएको बताए। उनले कप्तान शुभमन गिलसमेत तारिफ गरेका छन्।

सनसनीपूर्ण अन्त्य भएको सो टेस्टका अन्य केही विशेषता पनि रहे। क्रिस ओक्स र ऋषभ पन्तले चोटका बाबजुद गरेको प्रदर्शनको उनले प्रशंसा गरे। पन्तले शृङ्खलामा दुई शतक र तीन अर्धशतक प्रहार गरे।

शृङ्खलामा कप्तान गिल र ओपनर राहुलको ब्याटिङ विशेष थियो। गिलले ७५४ तथा राहुलले ५३२ रन प्रहार गरे। दुई मिलेर ६ शतक प्रहार गरे। इंग्ल्यान्डमा कप्तानको रूपमा एउटै शृङ्खलामा सबै भन्दा धेरै रन प्रहार गर्ने गिल ब्रेडम्यान पछि दोस्रो खेलाडी बनेका छन्। ब्रेडम्यानले सन् १९३६ मा ८१० रन प्रहार गरेका थिए।

तेन्दुलकरले गिलको प्रशंसा गर्दै लामो समय विश्व क्रिकेटमा गिलको प्रभाव रहने बताए। यसैगरी उनले राहुलले गरेको मिहिनेतको पनि त्यत्तिकै खुलेर प्रशंसा गरे। राहुलले एउटै शृङ्खलामा एक भन्दा बढी शतक प्रहार गरेको यो नै पहिलो पटक हो।

उनले मोहम्मद सिराजको खेल कौशलको जति प्रशंसा हुनुपर्ने हो त्यो नभएको बताए। सिराजले पाँच वटा टेस्ट नै उसैगरी खेल्नु महत्त्वपूर्ण भएको उनको ठहर छ। सिराजले ११ सय १३ बल फ्याके । उनले कुल २३ विकेट लिए। तेन्दुलकरकै विचारमा सिराज आवश्यक सबै भन्दा उपयोगी बलर हुन्।

इंग्ल्यान्डविरुद्धको ब्याटिङमा भारतका के एल राहुल र कप्तान शुभमन गिल । क्रिकइन्फो

प्रकाशित मिति : २२ श्रावण २०८२, बिहीबार  ८ : ३९ बजे

दक्षिणकालीमा कार पल्टिँदा चालकको मृत्यु

काठमाडौं – काठमाडौं दक्षिणकाली नगरपालिका(८ चुत्राघारी पानीघाटस्थित सडकमा आज एउटा

जेनजी आन्दोलनका क्रममा फरार एक जना कैदी पक्राउ

बैतडी – गत भदौमा भएको जेनजी आन्दोलनका क्रममा कारागारबाट फरार

शंकरको प्रेमको जीतमा अश्विनी र आर्यनको अभिनय

काठमाडौँ- गायक शंकर श्रेष्ठ, विषम आचार्य र गायिका अविज्ञा घिमिरेको

आइतबार पनि ओपीडी सञ्चालन गर्न स्वास्थ्य मन्त्रालयको निर्देशन

काठमाडौं- स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नयाँ कार्यविधि तयार नभएसम्म उपलब्ध

गृहमन्त्री गुरुङद्वारा निर्माणाधीन राजमार्गको स्थलगत अवलोकन

लुम्बिनी – गृहमन्त्री सुधन गुरुङले पूर्वपश्चिम राजमार्गअन्तर्गत निर्माणाधीन बुटवल(गैँडाकोट राजमार्गको