एमाले महासचिव पोखरेलले किन उठाए मुख्य दलमा नेतृत्वको प्रसङ्ग ? « Khabarhub

एमाले महासचिव पोखरेलले किन उठाए मुख्य दलमा नेतृत्वको प्रसङ्ग ?


२२ श्रावण २०८२, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


156
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा एमालेका महासचिव शङ्कर पोखरेलले मुलुकमा बहुदलीय व्यवस्था स्थापना पछि कांग्रेस र एमालेमा पटक पटक मुख्य नेतृत्व फेरिए पनि नेकपा माओवादीमा एउटै व्यक्ति हाबी भएको सङ्केत गरेका छन् ।

उनले बिहीबार सामाजिक सञ्जालमार्फत २०४६ सालको राजनीतिक परिवर्तनपछि नेतृत्व निर्माणका दृष्टिले कांग्रेस र एमालेमा फेरबदल भइरहे पनि माओवादी केन्द्रमा भने सुरुको नेतृत्वमा कुनै परिवर्तन नआएको आशय व्यक्त गरेका छन् ।

उनले बहुलदीय व्यवस्था पछि एमालेमा मदन भण्डारी, मनमोहन अधिकारी, माधवकुमार नेपाल, झलनाथ खनाल र केपी शर्मा ओलीले मुख्य नेतृत्व गरेको जनाएका छन् ।

यस्तै, नेपाली कांग्रेसमा कृष्णप्रसाद भट्टराई, गिरिजाप्रसाद कोइराला, सुशील कोइराला र शेरबहादुर देउवाले पार्टीको नेतृत्व गर्दा नेकपा माओवादी केन्द्रमा भने पुष्पकमल दाहाल प्रचण्डको एकल नेतृत्व चलिरहेको उल्लेख गरेका छन् ।

प्रकाशित मिति : २२ श्रावण २०८२, बिहिबार  ८ : ३५ बजे

एनपीएलमा चितवनको विजयी सुरुवात, विराटनगर पराजित

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलमा चितवन राइनोजले विजयी सुरुवात गरेको

भोटेकोशी बाढीका कारण घरपरिवार र व्यवसायमा ७९ अर्बको क्षति : आयोग

काठमाडौँ– रसुवाको भोटेकोशी बाढीका कारण घरपरिवार र व्यवसायरप्रतिष्ठानतर्फ ७९ अर्ब

तिहारमा ५२ लाख माला खपत हुने अनुमान, कति होला कारोबार ? 

काठमाडौँ– आगामी तिहारमा काठमाडौँ उपत्यका करिब ५२ लाख वटा फूलका

कांग्रेसलाई एकढिक्का बनाउन विशेष संवाद अभियान चलाउनुपर्छ : गगन थापा

पोखरा- नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीलाई एकढिक्का बनाउन विशेष

झिनो अंकले बढ्यो नेप्से परिसूचक, कारोबार कति ?

काठमाडौँ– धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज झिनो